१९ मंसिर २०८२, शुक्रबार | December 5, 2025

रोजगार होईन स्वरोजगार हुने प्रयास गरौं : युवा तथा खेलकुद मन्त्री अथक



काठमाडौं । युवा तथा खेलकुद मन्त्री महेश्वर गहतराज (अथक) ले युवाहरु रोजगार मात्र नभएर स्वरोजगार हुनुपर्ने बताएका छन् । मंगलबार राष्ट्रिय युवा परिषद र आईडिया स्टुडियो नेपालको साझेदारीमा संचालित “युवा नवप्रवर्तन/इन्क्युवेसन नीति प्रयोगशालामा आधारित” पाँच दिने तालिमको समापन समारोहमा बोल्दै मन्त्री अथकले युवाहरुले रोजगारीको मात्र उद्धेश्य नराखी स्वरोजगार हुने प्रयास गर्नुपर्ने बताएका हुन् ।

अरुको अधिनमा रहेर रोजगार गर्नुभन्दा आफ्नै क्षमताले स्वरोजगार हुन बढि लाभदायी हुने उल्लेख गर्दै मन्त्री अथकले भने, “रोजगार होईन स्वरोजगार हुने प्रयास गरौं ।”

तालिमको समापन समारोहमा सहभागी हुन ललितपुर पुगेका मन्त्री अथकले देशभित्रै स्वरोजगार हुन सम्भव छ भन्ने मान्यता स्थापित गर्नुपर्ने आवश्यकता रहेको बताए ।

तालिममा सहभागी सातै प्रदेशका युवाहरुलाई सम्बोधन गर्दै मन्त्री अथकले विदेशमा गएर जस्तो सुकै काम गर्न तयार युवा पुस्ता स्वदेशमा श्रम गर्न भने लजाउने गरेको बताए । नेपाल सरकारद्धारा संचालित युवा लक्षित कार्यक्रमको सदुपयोग गर्दै स्वदेशमै आत्मनिर्भर हुन मन्त्री अथकले युवाहरुलाई आग्रह समेत गरे ।

कार्यक्रममा राष्ट्रिय युवा परिषदका प्रशासकीय प्रमुख डा. बाबुराम ढुंगाना, आइडिया स्टुडियो नेपालका कार्यकारी अध्यक्ष डा. छिरिङ लामा लगाएत सातै प्रदेशका युवाहरुको सहभागी रहेको थियो ।

प्रकाशित मिति : २० पुस २०७८, मंगलबार  ९ : ३६ बजे

प्रधानमन्त्री कार्कीको आह्वानमा आज सर्वपक्षीय बैठक बस्दै

काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीबाट आह्वान भएको सर्वपक्षीय बैठक आज

सातवटा विद्युत ग्रिड सबस्टेसन स्वचालित प्रणालीमा सञ्चालन

काठमाडौं । नेपाल विद्युत प्राधिकरणका पुराना सातवटा ग्रिड सबस्टेसन स्वचालित

दुई पटकको सूचनामा पनि उपकुलपतिका लागि परेन निवेदन

काठमाडौँ । सहिद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयको उपकुलपति पदमा

सुनचाँदीको मूल्यमा सामान्य गिरावट

काठमाडौँ । बिहीबारको तुलनामा आज सुनचाँदीको मूल्यमा केही कमी आएको

प्रतिनिधिसभा निर्वाचनको तयारी तीव्र, यस्तो छ कार्यतालिका

काठमाडौं । आगामी फागुन २१ गतेका लागि तय भएको प्रतिनिधिसभा