८ बैशाख २०८१, शनिबार | April 20, 2024

माइतीघर मण्डलामा भएको रुबी खान नेतृत्वको धर्ना र अनशन ४१ दिनपछि स्थगित



काठमाडौँ । गृहमन्त्रालयले गठन गरेको छानविन समितिको प्रतिवेदनमाथि अनुसन्धान गर्ने सहमति भएसँगै बाँकेकी नन्कुन्नी धोबीको मृत्यु र निर्मला कुर्मी बेपत्ता घटनाका दोषीमाथि कारबाहीको माग गर्दै माइतीघर मण्डलामा ४१ दिनदेखि जारी रहेको धर्ना र अनशन स्थगित भएको छ ।

सरकारसँग मंगलबार साँझ ४ बुँदे सहमति गर्दै प्रतिवेदनका आधारमा अनुसन्धान गर्ने विषयमा सरकार तयार भएपछि धर्ना र अनशन स्थगित भएको हो ।

वार्तापछि गृह मन्त्रालयका उच्च कर्मचारीहरू र आन्दोलनरत पक्षले मंगलबार साँझ संयुक्त रुपमा सहमतिपत्रमा हस्ताक्षर गर्दै माइतीघरबाट आन्दोलन स्थगित भएको घोषणा गरेका थिए ।

यसअघिको सहमति कार्यान्वयन नभएको भन्दै नागरिक अगुवा रुबी खान सहित बाँकेका अधिकारकर्मी महिलाहरूले दोस्रो चरणको आन्दोलन थाल्दै ४१ दिनदेखि धर्ना र रिले अनशन तथा मंगलबार बिहानदेखि आमरण अनशन सुरु गरेपछि सरकार दवावमा परेको थियो । उनीहरूको आन्दोलनमा स्वास्थ्य सुधारका अभियन्ता डा गोविन्द केसी, पत्रकार तथा नागरिक अगुवा नारायण वाग्ले, मानवअधिकारकर्मी मोहना अन्सारी, सञ्जीव उप्रेतीसहितको साथ रहेको थियो। दुईपक्षबीच भएको वार्ताको क्रममा छानविन समितिको प्रतिवेदन कार्यान्वयन गर्दै घटनाको अनुसन्धान गर्न प्रहरीको केन्द्रीय ब्यूरोलाई पत्राचार गर्ने सहमति भएपछि आन्दोलनका कार्यक्रम स्थगित गरिएको आन्दोलनकी अगुवा रुबी खानले बताइन् ।

सहमतिमा गृह मन्त्रालयको तर्फबाट सहसचिव मुकुन्दप्रसाद निरौला, सहसचिव प्रदीपकुमार कोइराला, सहसचिव भीष्मकुमार भुसाल, सुरक्षा तथा प्रशासन विज्ञ सुनिल खनाल, उपसचिव दिलकुमार तामाङ र उपसचिव बसन्त भट्टराईले हस्ताक्षर गरेका छन् भने आन्दोलनरत पक्षको तर्फबाट रुबी खान, डा.केसी, अधिकारकर्मी अन्सारी, अधिवक्ता ओमप्रकाश अर्याल, बिमल अर्याल, मनकुमार भुर्तेल, कौशिला वागवान, गीता चमार र बसन्त रन्जितकारले हस्ताक्षर गरेका छन् ।

यस्तो छ चार बुँदे सहमति :

१) निर्मला कुर्मीको अपहरण तथा शरीर बन्धक र कर्तव्य ज्यानसम्बन्धी जाहेरीमा औंल्याइएका विषयमा केन्द्रीय अनुसन्धान ब्यूरोमार्फत अनुसन्धान गर्ने गरी प्रहरी प्रधान कार्यालय नक्साल काठमाडौंमा पत्राचार गर्ने सहमति गरियो ।

२) यस विषयमा निर्मला कुर्मीको अपहरण तथा शरीर बन्धक र कर्तव्य ज्यान सम्बन्धमा जाहेरवाला, साक्षी आन्दोलनरत व्यक्तिहरू समेतलाई अभियुक्तहरूको तर्फबाट धाकधम्की, प्रलोभन आएको भन्ने विषयहरू छलफलमा उठान भएकोले निजहरूको सुरक्षामा विशेष ध्यान दिन सुरक्षा निकायहरूलाई गृह मन्त्रालयले निर्देशन दिने सहमति गरियो ।

३) यस सम्बन्धमा भएको छानबिन प्रतिवेदनमा औंल्याइएका विषयहरू कार्यान्वयन गर्न सम्बन्धित निकायहरूमा पत्राचार गर्ने, यसअघि भएका पत्राचार, कारबाहीका विषयमा प्रगति विवरण प्राप्त गर्ने, कार्यान्वयनका लागि ुफलोअपु गर्ने सहमति गरियो ।

४) उल्लेखित विषयलाई लिएर आमरण अनशनमा रहेकी रुबी खानले आजकै मितिबाट अनशन तोड्ने, निजसहितका आन्दोलनरत व्यक्तिहरूले धर्नासहितका सम्पूर्ण कार्यक्रमहरू स्थगित गर्ने सहमति गरियो ।

यस अघिनै गृह मन्त्रालयका सह–सचिव हिरालाल रेग्मी नेतृत्वको छानविन समितिले गत १४ कात्तिकमा गृहमन्त्री बालकृष्ण खाणलाई बुझाएको प्रतिवेदनमा पूर्वसभासद् बादशाह कुर्मीको भूमिका शंकास्पद रहेको निष्कर्ष निकाल्दै अनुसन्धान गर्न सिफारिस गरेको थियो । साथै किटानी जाहेरीमा उल्लेखित अन्य ७ जनालाई पनि पक्राउ गरेर अनुसन्धान गर्न समितिले सुझाएको थियो ।

किटानी जाहेरी र प्रतिवेदन दुवैमा उल्लेखित रमेश थापा, पार्वती विष्ट, कृष्णमुरारी सिंह, उर्मिला कनोजिया, अमरलाल कुर्मी, धीरेन्द्र सिंह र कुँवर बबन सिंह पक्राउ परेका थिए । तीमध्ये बबन सिंह ८० वर्ष पुग्न लागेकाले हाजिरी जमानीमा छुटेका थिए । अन्य पछि छुटेका थिए। घटनाका मुख्य योजनाकार मानिएका पूर्वसभासद् बादशाह कुर्मीलाई भने गृहमन्त्री निकट भएकै कारण प्रहरीले पक्राउ नै गरेन।

छानविन समितिले नेपालगञ्ज उपमहानगरपालिका–१७ को साबिक परस्पुर गाविस–९ मा रहेको निर्मलाको ४ विघा १० कठ्ठा जग्गा हडपिएको निष्कर्ष निकालेको थियो । त्यसबारे अनुसन्धान गर्न विज्ञको टोली बनाउन समेत उल्लेख गरेको थियो।

प्रकाशित मिति : २१ पुस २०७८, बुधबार  १० : ०८ बजे

झुलाघाट नाका पुनः सञ्चालनमा

बैतडी । भारतसँग सीमा जोडिएको बैतडीको झुलाघाट नाका पुनः सञ्चालनमा

तिलोत्तमाको जानकीनगरमा डाँफे इलेक्ट्रोनिक्स हाउस

बुटवल । उपभोक्तालाई एउटै छानोमुनी सम्पूर्ण इलेक्ट्रोनिक्सका सामान उपलब्ध गराउने

नेपालले हङकङलाई दियो १४० रनको मध्यम लक्ष्य 

काठमाडौं । नेपालले हङकङलाई १४० रनको लक्ष्य दिएको छ ।

बुटवलको मिलनचोकमा रहेको बागेश्वरी कला तथा संगित एकेडेमीले मनायो रजत जयन्ती

बुटवल । बुटवल मिलनचोकमा रहेको बागेश्वरी कला तथा संगित एकेडेमीले

सुनकोसी मरिण डाइभर्सन : सुरुङ खन्न ११० मिटर बाँकी, १८ दिनपछि ‘ब्रेक थ्रु’

काठमाडौं । राष्ट्रिय गौरवको आयोजनाका रुपमा रहेको सुनकोसी मरिण डाइभर्सन