१ पुस २०८२, मंगलबार | December 16, 2025

बेइजिङको वायुको गुणस्तरमा उल्लेख्य सुधार



बेइजिङ । विश्व स्वास्थ्य स्वास्थ्य संगठनले तोकेको मापदन्डभन्दा निकै तल रहेको बेइजिङको वायु प्रदुषणमा पछिल्लो समयमा केही सुधार आएको छ । हिउँदे ओलम्पिक सुरु हुन एक महिना मात्र बाँकी हुँदा त्यहाँको वातवारणमा नाटकीय सुधार आएको बताइन्छ ।

सन् २०१५ मा चीनमा हिउँदे ओलम्पिक आयोजना गर्ने घोषणा भएपछि बेइजिङले दर्जनौं कोइला खानी बन्द गर्नुका साथै प्रदुषण उत्पन्न गर्ने उद्योगहरुलाई अर्को स्थानमा स्थानान्तरण गरेको थियो ।

खेल कार्यक्रमलाई मध्यनजर राख्दै सरकारले दर्जनौ सोलार फार्म खडा गरेको छ । हावामा धुलोको कण पीएम २.५ को मात्र घटाउन सक्दो प्रयास गरेको बेइजिङको वातावरण व्यूरोले जनाएको छ । यो कणले फोक्सोको क्यान्सर, ह्दयघात र समय नपुगी गर्भपतन गराउँछ । सन् २०२१ को तथ्यांकअनुसार पीएम २.५ को मात्रा ३३ माइक्रोग्राम प्रति क्युविक मिटर रहेको थियो । यो सन् २०१३ को तुलनामा एक तिहाइले गिरावट आएको हो ।

तर, यो मात्रा विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) ले तोकेको मापदन्डभन्दा अझै पनि पाँच गुणा बढी हो । ‘सन् २०१३ पछि बेइजिङको औषत पीएम २.५ रिडिङ ६३ दशमलव १ प्रतिशतले गिरावट आएको छ,’ व्यूरोले भनेको छ ।

वायुको गुणस्तरमा सुधार आए पनि धुँवाको जोखिम उत्तिकै बढेको चीनको वातावरण मन्त्रालयले जनाएको छ ।

प्रकाशित मिति : २२ पुस २०७८, बिहिबार  ७ : ५९ बजे

रुंदै बाहिरिएको भनिएका प्रदीप ज्ञवालीले मागे ओली प्यानलका लागि मत

काठमाडौँ । महासचिव पदमा अध्यक्ष केपी ओलीले टिममा समावेश नगरेपछि

सिँचाइका २२ रुग्ण ठेक्का तोडियो, ठेक्का सम्झौता रकम १४ अर्ब २३ करोड

काठमाडौं । । ठेक्का सम्झौता गर्ने तर काम नगरेर वर्षोंदेखि

रुद्रकली र खगेन्द्रप्रसाद भैरहवा पुगे : भोलि कतार उड्दै

चितवन । नेपाल सरकारले कतार सरकारलाई उपहारस्वरुप पठाउन लागेका दुईवटा

यसरी हुँदै छ विद्युतीय मेसिनमार्फत एमाले महाधिवेशनमा भोटिङ

काठमाडौं । नेकपा (एमाले) को ११ औँ राष्ट्रिय महाधिवेशनअन्तर्गत आज