११ बैशाख २०८१, मंगलबार | April 24, 2024

शीतलहर र हुस्सुमा दुर्घटना रोक्न ट्राफिक प्रहरीको ‘एक मिनेट अभियान’



भैरहवा । तराईमा पछिल्लो केही दिनयता निरन्तर रुपमा शीलहर र हुस्सु लागिरहेको छ । यस्तो अवस्थामा हुनसक्ने सम्भावित सवारी दुर्घटनाना रोक्न ट्राफिक प्रहरीले विभिन्न अभियान चलाएको छ ।

ट्राफिक व्यवस्थापनलाई थप प्रभावकारी बनाउन र सवारी दुर्घटना न्यूनीकरण गर्न ‘चालकसँग ट्राफिक प्रहरी, चालकसँग एक मिनेट, अन द स्पट कारवाही, आफु बचौँ, अरुलाई बचाऔँ’ लगायतका अभियान ट्राफिक प्रहरी, रुपन्देहीले चलाएको छ ।

नियमित काम र अभियानसँगै कार्यालयले रिफ्लेक्टिभ स्टिकर टाँस्ने, बढी दुर्घटना हुने स्थान पहिचान गरी न्यूनिकरणका उपाय, ट्राफिक लाइट सचेतना र लेन अनुशासन तथा डिभाइडर राख्ने कामलाई पनि निरन्तरता दिँदै आएको छ ।

हुस्सु र रातिको बेला भिजीबिलिटी कम हुने भएकाले सवारीसाधनलाई टाढैबाट चिन्न सकियोस् भनेर ट्राफिक प्रहरीले साइकल, ट्रयाक्टर र अटो रिक्सालगायत सवारीसाधनमा स्टिकर टाँस्न थालेको छ । जिल्ला ट्राफिक प्रहरी कार्यालय रुपन्देही र मातहतका अस्थायी ट्राफिक पोष्टले ब्याक लाइट नहुने सवारीसाधनमा रिफ्लेक्टिभ स्टिकर टाँस्ने अभियान चलाएको छ । जसले दुर्घटनामा कमी ल्याउन सक्ने रुपन्देही ट्राफिक प्रहरी प्रमुख प्रहरी निरीक्षक केशव केसीले बताए ।

केसीसहितको टोलीले चालकहरूलाई आफू बचाँै र अरुलाई बचाऔँ भन्ने अभियानअन्तर्गत मोटरसाइकल चालकहरूलाई समेत सवारी चलाउँदा ध्यानदिनु पर्ने कुराहरू, सवारी दुर्घटनाबाट बच्ने उपाय, ट्राफिक नियमसम्बन्धी फिल्डमै प्रशिक्षण दिँदै आएका छन् । जाडोको समयमा हुस्सु कुहिरो लागेको बेला सवारीसाधन चलाउँदा अपनाउनु पर्ने सजकताका साथै बढी दुर्घटना हुने क्षेत्र भैरहवाको बर्मोली टोल र बुद्ध चोकमा डिभाइडर राखेर आवगमनलाई सहज बनाइएको छ । बेथरीमा पनि डिभाइडर राख्ने प्रक्रिया अघि बढेको छ, यस्तै रुपन्देहीको बढी भिडभाड र सम्भावित दुर्घटना स्थलमा पालिकाको सहकार्य ट्राफिक लाइट जडान भएको गरिएको छ । यहाँ पनि अनुशासन र सचेतनाको काम ट्राफिक प्रहरीले गरिरहेको ट्राफिक प्रमुख केसीले बताए ।

लुम्बिनी प्रदेश ट्राफिक प्रहरी कार्यालयको पहलमा र जिल्ला ट्राफिक प्रहरी कार्यालयको समन्वयमा लुम्बिनी प्रदेश स्तरीय सचेतना कार्यक्रम अन्तर्गत चालकसँग ट्राफिक प्रहरी अभियान विगत एक महिनादेखि संचालनमा छ । महिनाको चार साता फरक फरक कार्यक्रम भइरहेको छ । जसअन्तर्गत पहिलो साता मोटरसाइकल, दोस्रो साता हलुका सवारीसाधन तेस्रो साता ठूला सवारीसाधन र चौथो साता साइकल, रिक्सालगायतका सवारी साधनहरूलाई दुर्घटनाबाट बच्ने उपाय, सडक प्रयोग गर्दा अपनाउनु पर्ने सावधानी, ओभरटेक कसरी गर्ने भनेर सिकाउने, लेनसम्बन्धी प्रशिक्षण भइरहेको प्रमुख केसीले बताए ।

यसअघि ट्राफिक प्रहरीले सचेतना जगाउन चालकसँग एक मिनेट अभियान पनि चलाएको थियो, जुन अहिले पनि कार्यान्वयनमा छ । बढ्दो सवारी दुर्घटना न्यूनिकरणका लागि ट्राफिकसम्बन्धी जानकारी गराउने उद्देश्यले सवारी चालकहरूलाई सम्मान गर्दैै कोभिडबाट बच्न स्वास्थ्य मापदण्डको पालना गर्न, सामाजिक दुरी कायम गरी अनिवार्य रुपमा मास्क प्रयोग, सवारीसाधन चलाउँदा अनिवार्य रुपमा सिट बेल्टको प्रयोग, हेल्मेटको अनिवार्य प्रयोग, मादक पदार्थ तथा नसाजन्य वस्तुहरू सेवन गरी सवारीसाधन नचलाउन, तीव्र गतिमा सवारीसाधन नचलाउन भन्दै चालकलाई एक मिनेट सचेतनामूलक सन्देश दिइरहेको छ ।

 

दुर्घटना दर उस्तै
जिल्ला ट्राफिक कार्यालय रुपन्देहीले सार्वजनिक गरेको चार वर्षे सवारी दुर्घटनाको तथ्यांकअनुसार आर्थिक वर्ष २०७४/०७५ देखि २०७७/०७८ सम्ममा एक हजार एक सय ९४ वटा सवारी दुर्घटनामा तीन सय ९० जनाले ज्यान गुमाएका छ । जसबाट ६ सय ४९ जना गम्भीर घाइते र चार सय १० जना घाइते भएका छन् । आव २०७८र०७९ को मंसिरसम्म मात्रै ६६ सवारी दुर्घटनामा ३८ जनाको मृत्यु भएको र ४५ जना गम्भीर घाइते र २३ जना घाइते भएका थिए ।

अधिकांस दुर्घटनामा मोटरसाइकल मुछिएका छन् । त्यस्तै, हलुका सवारीसाधान कार, जीप र ट्रयाक्टर तथा ट्रक पनि रहेको जिल्ला ट्राफिक प्रहरी कार्यालय रुपन्देहीले जानकारी दिएको छ ।

दुर्घटना भएकोमा सबैभन्दा बढी सवारी दुर्घटना चालकको लापरबाहीबाट हुने गरेको कार्यालयको तथ्यांक छ । आव २०७४/०७५ देखि २०७७/०७८ सम्म चालकको लापरबाहीबाट पाँच सय २१ वटा दुर्घटना भएका छन् । यस्तै, यात्रुको गल्तीबाट १४९ र तीव्र गतिबाट १५७ दुर्घटना भएको छ । ओभरटेक, मादकपदार्थ सेवन, यान्त्रिक गडबडी, चौपाया, सडकको अवस्था, मौसमको अवस्थाका कारण पनि दुर्घटना हुने गरेको छ ।

प्रकाशित मिति : २२ पुस २०७८, बिहिबार  १२ : ४५ बजे

सुदूरपश्चिममा मन्त्रिपरिषद् विस्तार अन्योलमा

धनगढी । सुदूरपश्चिम प्रदेश मन्त्रिपरिषद् विस्तारमा अन्योल देखिएको छ ।

सूर्य नेपाल काठमाडौं ओपनको पहिलो दिन भुवन शीर्षस्थानमा

काठमाडौं । सूर्य नेपाल गल्फ टुर २०२३-२४ अन्तर्गतको सातौं प्रतियोगिता,

राष्ट्रपतिद्वारा कतारका अमिरको सम्मानमा रात्रिभोज आयोजना

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले नेपालको दुई दिने राजकीय भ्रमणमा

विपिन जोशीको रिहाईको पहल गरिदिन राष्ट्रपति पौडेलको कतारी अमिरलाई आग्रह

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले इजरायलमा हमासको आक्रमणपश्चात् बेपत्ता भएका

गगन थापा भन्छन्- लोकतन्त्रको विकल्प समुन्नत लोकतन्त्र नै हो

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले लोकतन्त्र दिवसको शुभकामना