११ बैशाख २०८३, शुक्रबार | April 24, 2026

लुम्बिनी प्रदेश पूर्वाधार विकास प्राधिकरणको प्रमुख कार्यकारी अधिकृत अनन्त घिमिरेको नियुक्ति सर्वोच्चबाट बदर



बुटवल । लुम्बिनी प्रदेशका मुख्यमन्त्री कुलप्रसाद केसीले नियुक्त गरेका प्रदेश पूर्वाधार विकास प्राधिकरणको प्रमुख कार्यकारी अधिकृत अनन्त घिमिरेको नियुक्ति सर्वोच्च अदालतले बदर गरिदिएको छ ।

सर्बोच्च अदालतका न्यायाधीश कुमार रेग्मीको इजलासले लुम्बिनी प्रदेश सरकारको नाममा घिमिरेलाई प्रदेश पूर्वाधार बिकास प्राधिकरणको प्रमुख कार्यकारी अधिकृत (सिईओ) पदमा गरिएको नियुक्ति कार्यान्वयन नगर्न अन्तरिम आदेश जारी गर्दै मुख्यमन्त्री केसीको रोजाईमा परेका भिमिरेको नियुक्तिलाई बदर गरिदिएको हो ।

गठबन्धनको सरकार बनेपनि कतिपय नियुक्तिमा एकल निर्णय गरेको भन्दै आलोचना खेप्दै आएका मुख्यमन्त्रीको नियुक्तिलाई सर्वोच्चले अँकुश लगाईदिएपछि मुख्यमन्त्रीलाई झड्का लागेको छ ।

गठबन्धनका दलहरुका बिचमा आधाआधा अवधि सरकारको नेतृत्व गर्ने भद्र सहमति भए अनुसार मुख्यमन्त्री केसीको अवधि डेढ महिना मात्र बाँकी रहँदा अदालतले मुख्यमन्त्रीको नियुक्तिलाई बदर गरिदिएको हो ।

लुम्बिनी प्रदेश सरकारमा पूर्ववर्ती एमालेको एकल सरकारलाई हटाएर कुलप्रसाद केसीको नेतृत्वमा सरकार बने लगत्तै मुख्यमन्त्री केसीले शंकर पोखरेल नेतृत्वको सरकारले नियुक्त ध्रुव मजगैयाँलाई हटाएर घिमिरेलाई नियुक्त गरेका थिए ।

केसी नेतृत्वको सरकारबाट बर्खास्तमा परेका सिईओ मजगैयाँले आफ्नो कार्यकाल बाँकी हुँदाहुँदै आफूलाई हटाएर सरकारले घिमिरेलाई नियुक्त गरेको भन्दै सर्बोच्च गएका थिए ।

पूर्ववर्ती शंकर पोखरेल नेतृत्वको सरकारले २०७६ माघ १३ मा मजगैयाँलाई चारवर्षे कार्यकालको लागि प्राधिकरणको सिईओमा नियुक्त गरेको भएपनि केसीको नेतृत्वको सरकारले गत असोज १२ गतेको मन्त्रिपरिषद बैठकको निर्णयबाट मजगैयाँको ठाउँमा घिमिरेलाई नियुक्त गरेको थियो ।

अदालतको निर्णयले आफुलाई अदालतबाट न्याय मिलेको प्राधिकरण प्रमुख ध्रुव मजगैयाँले प्रतिक्रिया दिए।

 

प्रकाशित मिति : २२ पुस २०७८, बिहिबार  ९ : ०९ बजे

चौँथो जिल्लास्तरीय मेयर कप खुला तेक्वाण्डो शुरु

बुटवल । चौँथो जिल्लास्तरीय मेयर कप खुला तेक्वाण्डो प्रतियोगिता २०८३

तनहुँमा बस दुर्घटना : दुई जनाको मृत्यु, नौ जना गम्भीर घाइते

तनहुँ । पृथ्वीराजमार्गअन्तर्गत तनहुँको शुक्लागण्डकी नगरपालिका–७ शेरामा आज दिउँसो भएको

सुकुमवासी बस्तीका समस्या आफू नेतृत्वको सरकारले नै समाधान गर्ने प्रधानमन्त्रीको दाबी

काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाहले वास्तविक सुकुमवासीहरुलाई ढुक्क भएर बस्न

साँखुमा गोली चल्यो, तीन जना लागुऔषध कारोबारी प्रहरीको नियन्त्रणमा

काठमाडौँ । काठमाडौँको साँखुमा प्रहरीले गोली चलाएर तीन जनालाई नियन्त्रणमा

अस्पताल परिसरको सरसफाईमा ध्यान दिन अनुगमन टोलीको निर्देशन

खजुरा । वालेन्द्र सरकारको शासकीय सुधारका १०० दिने कार्यसूची अन्तर्गत