५ फाल्गुन २०८२, मंगलबार | February 17, 2026

उकालो लाग्दै कोरोना संक्रमण दर



काठमाडौं । पछिल्लो एक सातामा देशभर १ हजार ९ सय ८७ जना कोरोना संक्रमित थपिएका छन् । छिमेकी मुलुक भारतमा कोरोना संक्रमण बढेसँगै नेपालमा पनि पछिल्लो एक सातादेखि संक्रमित हुने दर बढेको पाइएको छ ।

बुधबार ४ सय ३५ जना संक्रमित भएका थिए भने बिहीबार एकै दिन सो संख्या बढेर ५ सय ४० पुग्यो । संक्रमणको यो दर बढ्ने क्रम जारी छ । १२ हजार ९९ जनामा परीक्षण गर्दा ५ सय ४० जनामा संक्रमण देखिएको छ । ७ हजारको पीसीआर परीक्षणमा ४ सय ७८ जनामा कोभिड-१९ पोजिटिभ देखिएको हो ।

एक सातामा झन्डै दुई हजार संक्रमित थपिए

बिहीबार संक्रमित भएकामध्ये सबैभन्दा बढी २१ देखि ३० वर्ष उमेर समूहका १ सय ३२ जना छन् । त्यस्तै, ३१ देखि ४० वर्ष उमेर समूहका १ सय ७ जना संक्रमित भएका छन् । कोरोना भाइरसको औसत ‘आर- भ्यालु’ १.०४ पुगेको छ ।

आर-भ्यालु एकभन्दा बढी भए संक्रमण उकालो लागिरहेको बुझिन्छ । आर-भ्यालुले कोभिड संक्रमित एक जनाले कति जनालाई भाइरस सारिरहेको छ भन्ने देखाउँछ । आर–भ्यालुसँगै संक्रमितको संख्या पनि उकालो लाग्नुलाई कोभिड-१९ को नयाँ भेरिएन्ट ओमिक्रोनसँग पनि जोडेर हेरिएको छ ।

छिमेकी देश भारत, अमेरिका, युरोपलगायतका देशमा ओमिक्रोन संक्रमण बढेसँगै संक्रमण दर ह्वात्तै बढेको छ । भारतको केन्द्रीय स्वास्थ्य र परिवार कल्याण मन्त्रालयका अनुसार बिहीबार ९० हजार ९ सय २८ नयाँ कोरोना संक्रमित पहिचान भएका छन् । यसअघि भारतमा तीन दिनअघि मात्रै ३७ हजार बढी संक्रमित भएका थिए ।

यस्तै, अमेरिकामा सोमबार एकै दिन संक्रमितको संख्या १० लाख नाघेको छ । जोन हकिन्स विश्वविद्यालयका अनुसार अघिल्लो साता हरेक सय जनामध्ये एक अमेरिकी कोरोना संक्रमित छन् । यस्तै, ल्याटिन अमेरिकाका केही देशमा संक्रमण फैलने क्रम बढिरहेको छ । अर्जेन्टिना, कोलम्बिया, बोलिभिया र पेरुमा संक्रमण बढेको छ । नेपालमा कोरोना संक्रमित हुनेको संख्या बढिरहेको बेला कमजोर रोग प्रतिरोध क्षमता भएकालाई दिने भनिएको अतिरिक्त खोप स्थगित गराइएको छ ।

खुला सीमा रहेको छिमेकी मुलुक भारतमा कोरोनाको नयाँ भेरियन्ट ओमिक्रोन फैलने क्रम बढेसँगै संक्रमित दर बढिरहेको छ । संक्रमित बढेपछि भारतले विभिन्न प्रान्तमा रात्रिकालीन कफ्र्यु घोषणा गरिसकेको छ । भारतमा बढिरहेको कोरोना भाइरसको जोखिम नेपालमा रहे पनि सरकारले भने अहिलेसम्म कुनै तयारी गरेको छैन । आजको राजधानी दैनिकमा निराजन पौडेलले यो समाचार लेखेका छन ।

प्रकाशित मिति : २३ पुस २०७८, शुक्रबार  ७ : ४८ बजे

झापा-५ मा आज ओलीको चुनावी प्रतिबद्धता-पत्र सार्वजनिक हुँदै

झापा । नेकपा एमालेका अध्यक्ष तथा झापा-५ बाट प्रतिनिधिसभा सदस्य

सुनको मूल्य घट्यो, चाँदीको बढ्यो

काठमाडौं । आज स्थानीय बजारमा सुनको मूल्यमा केही कमी आएको

ग्लोबल आइएमई बैंकबाट अन्तर्राष्ट्रिय अनलाइन भुक्तानी गर्दा सेवा शुल्कमा ५० प्रतिशत छुट

काठमाडौं । ग्लोबल आइएमई बैंकबाट अन्तर्राष्ट्रिय अनलाइन भुक्तानी गर्दा सेवा

जितेन्द्र नारायण देव पुनः कांग्रेसमै फर्किए

काठमाडौं । नेकपा एमालेबाट अलग भएर बसेका जितेन्द्र नारायण देवले

पूर्वीतराई जोड्ने दिक्तेल-रेग्मीटार सडकमा घर्तीभिरको चट्टान फुटाउन सुरु

खोटाङ । प्रमुख व्यापारिक केन्द्र दिक्तेल बजारलाई पूर्वी तराईका जिल्लासँग