७ बैशाख २०८१, शुक्रबार | April 20, 2024

एन्फा बैठक आज पनि बस्दै, यी हुन् एजेण्डा



काठमाडौं । अखिल नेपाल फुटबल संघ ९एन्फा०को पूर्णकालीन कार्यसमितिको बैठक आज शुक्रबार बस्दैछ । पहिलो दिन बिहीबार सबै एजेण्डामाथि छलफल नसकिएपछि बैठक आज बिहान ९ बजे बस्न लागेको हो ।

बरिष्ठ उपाध्यक्ष पंकजविक्रम नेम्बाङसहित सात सदस्यले १ पुसमा कार्यकारी समितिको बैठक माग गरेपछि अध्यक्ष कर्मा छिरिङ शेर्पाले कार्यसमितिको बैठक बोलाएका हुन् ।

पंकज विक्रम, उपाध्यक्षद्वय वीरबहादुर खड्का, कृष्ण थापा तथा सदस्य किरण राई, दावा लामा, दिनेश ब्यञ्जनकार, निरोज खड्गीले लिखित माग गरेपछि एन्फाले बैठक तय गरेको थियो ।

एन्फाले १५ पुसमा १९ एजेन्डा बनाएर बैठक बस्ने आफ्ना सदस्यलाई पत्र पठाएको थियो ।

त्यसपछि विधान अनुसार उपाध्यक्ष पंकज र वीरबहादुरले ६ एजेन्डा थप गर्न माग गर्दा दावाले ४ तथा राईले ३ एजेन्डा थप माग गरेका थिए । एन्फा सचिवालयले राईको मात्रै एजेण्डा थप गरेको थियो ।

२० पुसमा एन्फा पूर्वअध्यक्ष गणेश थापाले व्यक्तिगत धारणा राख्न पठाएको पत्रले कार्यसमितिमा स्थान पाएन । फिफा प्रतिबन्धपछि पहिलो पटक औपचारिक रुपमा एन्फामा पत्र दर्ता गराएका थापाको पत्रलाई स्थान नदिने एन्फाले निर्णय गरेको हो ।

प्रकाशित मिति : २३ पुस २०७८, शुक्रबार  ९ : ०४ बजे

कार्यकक्षमा नभेटिने कर्मचारीलाई कारवाही गर्ने स्वास्थ्य मन्त्रालयको चेतावनी

काठमाडौं । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले कार्यालय समयमा आफ्नो कार्यकक्षमा

इलाममा करेन्ट लागेर एक जनाको मृत्यु

इलाम । इलाममा करेन्ट लागेर एक जनाको मृत्यू भएको छ

धरौटी बुझाउन नसकेपछि दिपेश पुन जेल चलान

बुटवल । सुप्रिम सहकारी ठगी प्रकरणमा पक्राउ परेका दिपेश पुन

काठमाडौं महानगरमा ३३ जनाको निःशुल्क उपचार, कसरी लिने सेवा ?

काठमाडौं । २ जना वेवारिसे र ३१ जना विपन्न गरी

अंग्रेज हराएको खुशीयालीमा बुटवलमा मनाइयो जितगढी विजय उत्सव (फोटो फिचरसहित)

बुटवल । नेपाल-अंग्रेज (इष्ट इण्डिया कम्पनी) सँगको युद्धमा जित हासिल