१४ चैत्र २०८२, शनिबार | March 29, 2026

नेपाली रैथाने खाना प्रवर्द्धन गर्दै पौवा, पुस मसान्तमा लुम्बिनी प्रदेश राजधानीमा ‘माघी ईभ २०७८’



बुटवल । नेपालमा पहिलो नेपाली हस्पिटालिटीको थालनी गरेको दाबी गर्दै आएको होटल पौवाले माघीको अवसरमा विशेष कार्यक्रम गर्ने भएको छ।

नेपाली परम्परागत नाम र नेपालीपन सहितको सेवा दिने उद्देश्यसहित स्थापना भएको होटलले माघ १ गते माघीको अवसर पारेर माघी स्वादउत्सव सहित सांगितिक कार्यक्रम गरेर मनाउने भएको हो ।

‘माघी इभ’को सन्दर्भमा शुक्रबार पत्रकार सम्मेलन गरि नेपाली परम्परागत खाना पस्कने गरी विशेष पर्वका रुपमा माघी मनाउने तयारी गरिएको होटल पौवाले जानकारी दिएको छ ।

माघे संक्रान्तिको पूर्व सन्ध्यामा माघी पर्वको स्वादउत्सवसहित विशेष सांस्कृतिक कार्यक्रम गरेर माघीलाई स्वागत गर्न थालिएको पौवाका प्रबन्धक निर्देशक विष्णु ज्ञवालीले बताए।

लुम्बिनी प्रदेशको स्थायी राजधानी दाङको भालुवाङमा पुस मसान्तको साँझ आयोजना हुने माघी इभमा भुमिपुत्र थारु समुदायको परिकारहरु चखाउनुका सार्थ विशेष सांस्कृतिक कार्यक्रम हुने प्रवन्ध निर्देशक ज्ञवालीले बताए ।

कार्यक्रममा दाङका थारु कलाकारको परम्परागत साास्कृतिक कार्यक्रमहरुसहित चर्चित लाकगायक पशुपति शर्मा र राधिका हमालको समेत प्रस्तुती रहने पौवाका ब्राण्ड विभागका प्रमुख विष्णु भण्डारीले बताए ।

भण्डारीका अनुसार माघ १ गतेका दिन मगर समुदायको बाहुल्यता रहेको पाल्पाको तानसेन र रुपन्देहीको तिलोत्तमामा रहेका पौवाका शाखाहरुमा मगर परिकारहरु सहित पाहुनालाई स्वागत गरिने छ । मगर पहिरनमा सहजिएका पौवाका कर्मचारीहरुले आदीवासी जनजातीका सांस्कृतिक पहिचान प्रदर्शन गर्नेछन् ।

माघ १ गतेकै अवसरमा रुपन्देहीको भैरहवा, कपिलवस्तुको गोरुसिङ्गे, दाङको घोराही र लमही तथा कैलालीको धनगढीमा थारु संस्कृतिमा आधारित परिकारहरुको प्रदर्शनी तथा स्वाद पस्कने कार्यक्रम राखिएको छ । त्यसैगरी कर्णालीको जुम्ला र गुल्मीको रेसुङ्गामा स्थानीय परिकारको स्वाद उत्सव गरेर माघ १ गतेको पर्व मनाउने कार्यक्रम रहेको पौवाले जनाएको छ ।

पत्रकार सम्मेलनमा धारणा राख्दै प्रबन्ध निर्देशक ज्ञवालीले ‘होटल पौवाः जहाँबाट आतिथ्यको शुरुवात हुन्छ’ भन्ने मुल नाराका साथ स्थापना भएको पौवाले चेन विजनेसका रुपमा विकास गरेर नेपाली खानालाई प्रवर्द्धन गर्दै अन्तराष्ट्रियकरण गर्न लागि परेको दाबी गरे। विभिन्न संस्कृतिलाई प्रतिनिधित्व गर्ने २० प्रकारका नेपाली रैथाने खानालाई मेनुमा समावेश गरिएको ज्ञवालीले जानकारी दिए । हालै पौवाले लञ्च गरेको चिकन मरौटी स्वाद पारखीको मनमा बस्न सफल उनले बताए ।

पौवाका अनुसार स्थापनाको ६ वर्षमा लुम्बिनी प्रदेशका भालुवाङ, लमही, घोराही, भैरहवा, बुटवल, गोरुसिङ्गे, तानसेन, रेसुङ्गामा शाखा विस्तार भएको छ भने सुदुरपश्चिमको धनगढी र कर्णाली प्रदेशको जुम्लामा पनि पौवाले सेवा दिँदै आएको छ। यसैगरी गण्डकी प्रदेशको राजधानी पोखरा र बागमती प्रदेशको चितवन टाँडीमा सेवा विस्तारको तयारि भैरहेको पौवाले जनाएको छ ।

पौवाले चिसो मौसममा ग्राहलाई न्यानो आतिथ्यता प्रदान गर्न पुस १५ देखि फागुन १ गतेसम्म चल्ने गरी निशुल्क कफी अफर समेत सञ्चालन गरेको पत्रकार सम्मेलनमा जानकारी दिईएको थियो ।

पत्रकारहरुको प्रश्नको जवाफ दिँदै लगानीका हिसाबले ३ मोडलमा रहेर अहिलेसम्म ५० करोड रुपैयाँभन्दा बढि लगानी भएको ज्ञवालीले बताए। उनले थोरैथोरै पुँजीबाट लगानी गरेर आफै रोजगार सिर्जना गर्ने काम भएको बताए। कामदारहरुलाई आफै मालिक बनाउने अभियानस्वरुप पौवामा रहेका श्रमिकहरु आफै शेयर धनी बनाउने लक्ष्य अनुरुप धेरै कर्मचारी पौवाको लगानीकर्ता बन्दै गएको ज्ञवालीले बताए । पौवामा अहिलेसम्म ३ सय जना जनशक्तिले राजगारी पाएका छन् ।

नेपालमा १० वटा संचालनमा रहेको र २ वटा विस्तारको चरणमा रहेको पौवाले ‘मिसन हन्ड्रेड’ कार्यक्रम अन्तर्गत शाखा विस्तार गर्दै लैजाने ज्ञवालीले बताए ।

बुटवल शाखा प्रबन्धक निशान खरेलले पौवाले गुणस्तरीय सेवा दिएर छोटो समयमा सेवाग्राहीको मन जित्न सफल भएको बताए।

प्रकाशित मिति : २३ पुस २०७८, शुक्रबार  ४ : ०९ बजे

पन्ध्र दिनभित्र अधिकारसम्पन्न सम्पत्ति छानबिन समिति गठन गरिने

काठमाडौँ । सरकारले मुलुकमा व्याप्त भ्रष्टाचार, सम्पत्ति लुकाउने प्रवृत्ति तथा

सरकारद्वारा शासकीय प्रबन्ध लागू गर्ने एक सय कार्यसूची सार्वजनिक (पूर्णपाठसहित)

काठमाडौँ । सरकारले समग्र कार्यसम्पादनलाई नतिजामुखी, प्रभावकारी, मापनयोग्य र जवाफदेही

भदौ २४ को घटना छानबिन गर्न एक साताभित्र उच्चस्तरीय छानबिन समिति गठन गरिने

काठमाडौँ । सरकारले जेनजी आन्दोलनका क्रममा गत भदौ २४ गते

ज्ञानोदय मावि व्यवस्थापन समितिमा तीनदलीय गठबन्धनलाई पराजित गर्दै रास्वपा निकट उम्मेदवार विजयी

खजुरा । बाँकेको खजुरा स्थित ज्ञानोदय नमुना माद्यामिक विद्यालय व्यवस्थापन

एमाले अध्यक्ष ओलीको स्वास्थ्य अवस्था सामान्य

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एमाले)का अध्यक्ष केपी शर्मा ओलीको