३ पुस २०८२, बिहिबार | December 18, 2025

ओलीलाई चिन्ने मौका दिएको भन्दै लेखराजले दिए प्रचण्डलाई धन्यवाद



धनगढी । नेकपा एमालेका सचिव लेखराज भट्टले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई धन्यवाद दिएका छन् । एमाले अध्यक्ष ओलीलाई चिन्ने मौका दिएको भन्दै उनले आफ्ना पूर्व अध्यक्ष प्रचण्डलाई धन्यवाद दिएका हुन् ।

नेकपा एमाले कैलालीको ८औं जिल्ला अधिवेशन उद्घाटन सत्रमा बोल्दै सचिव भट्टले भने, ‘मैले ओलीलाई नजिकबाट चिन्ने मौका पाएको थिएन । उहाँमा भएको देश भक्तिलाई मैले चिन्न सकेको थिएन । तर प्रचण्डले ओलीलाई चिन्ने राम्रो मौका दिनु भयो । उहाँलाई धन्यवाद दिन चाहन्छु ।’

प्रचण्डको स्वार्थका कारण माओवादी र एमालेको पार्टी एकता हुन नसकेको उनको आरोप छ । ओलीले देशलाई संवृद्ध बनाउने योजना बनाएपछि त्यसलाई सफल हुन नदिन प्रचण्डले पार्टी भित्रै गुट गर्दै एकता प्रक्रिया तोडेको भट्टले बताए ।

‘एमाले र माओवादीलाई अदालतले अलग गरेको होइन । अदालतले नेकपा नाम परिवर्तन गर्न मात्रै भनेको हो,’ सचिव भट्टले भने, ‘तर प्रचण्डले पार्टी एकता गर्न चाहेनन्, अदालतको निर्णय पछि ओलीले पार्टीको नाम सोचौं भन्दा भन्दा प्रचण्डले त्यसलाई मजाक बनाए, एकता प्रक्रिया भाड्ने व्यक्ति प्रचण्ड नै हुन् ।’ प्रचण्डले जनआन्दोलनका मुद्दालाई बिर्सेर पुँजीपति बाटो अँगालेपछि आफूहरू ओलीतर्फ लागेको उनले बताए ।

उनले ओली जति देशभक्त र विकास प्रतिको कटिबद्ध नेता नेपालमा अरू कोही नभएको बताए । ‘कांग्रेस पुँजीबादी पार्टी हो,’ उनले भने, ‘माओवादी र अन्य दल अहिले उसैको पछाडि लागेका छन्, ओली बाहेक अरूमा देश विकासको चिन्ता नै छैन ।’

अहिलेको गठबन्धन सरकार आयात मुखी अर्थतन्त्रमा रमाएर कमिसनको चक्करमा फसेको उनले बताए । ‘एमालेको नेतृत्वमा सरकार हुँदा देशमा हुने उत्पादनको निर्यात दर बढेको थियो । जसका कारण डलरको सञ्चित घटेको थियो,’ उनले भने, ‘तर अहिले निर्यात ठप्प छ, गठबन्धनका नेता तथा मन्त्री बढी भन्दा बढी आयतबाट गरेर कसरी कमिसन खाने भन्ने चक्करमा रुमलिएका छन्, जसका कारण डलरको सञ्चित बढेको छ ।’

गठबन्धन सरकार कमिसनको चक्करमा पर्दा देशको अर्थतन्त्र गम्भीर मोडमा पुगेको उनले बताए ।

प्रकाशित मिति : २३ पुस २०७८, शुक्रबार  ६ : १३ बजे

मधेशका मुख्यमन्त्री यादवले शुक्रबार विश्वासको मत लिने, सभामुखको निर्वाचन पुस ६मा

धनुषा । मधेस प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले प्रदेशसभाबाट विश्वासको मत

बागमती प्रदेश सरकारद्वारा पाँच महिनामा १६ अर्ब ११ करोड राजस्व सङ्कलन

बागमती । चालु आर्थिक वर्षको पाँच महिनामा बागमती प्रदेश सरकारले

एमाले महाधिवेशन : मतगणना सुरु

काठमाडौं । नेकपा एमालेको नयाँ नेतृत्व चयनका लागि सम्पन्न निर्वाचनको

झुटो विवरण पेस गरी नागरिकता तथा राहदानी बनाएको अभियोगमा तीन जना पक्राउ

काठमाडौँ । प्रहरीले झुटो विवरण पेस गरी नागरिकता, राष्ट्रिय परिचयपत्र

रवि र छविको मुद्दामा आज पेसी

बुटवल । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र तत्कालिन