११ बैशाख २०८३, शुक्रबार | April 24, 2026

बौद्ध विश्वविद्यालय र बेइजिङ विश्वविद्यालय बीच सहकार्य सम्झौता



लुम्बिनी । लुम्बिनी बौद्ध विश्वविद्यालय र चीनको बेइजिङ ल्याङग्वेज एण्ड कल्चर विश्वविद्यालयबीच आपसी सहकार्य सम्झौता सम्पन्न भएको छ । मिति २०७८ पुस २३ गते भर्चुअल रुपमा आयोजित कार्यक्रमकाबीच दुई विश्वविद्यालयबीच सहकार्य सम्झौतामा हस्ताक्षर भएको हो ।

सम्झौता पत्रमा लुम्बिनी बौद्ध विश्वविद्यालयका उपकुलपति प्रा.डा. हृदयरत्न बज्राचार्य र बेइजिङ विश्वविद्यालयका अध्यक्ष प्रा. लिउ लिले हस्ताक्षर गरेका छन् । दुई विश्वविद्यालयबीच प्राज्ञिक उन्नयन, प्रवद्र्धन र शैक्षिक क्रियाकलापमा सहकार्य रहने सम्झौतापत्रमा उल्लेख छ ।

दुई विश्वविद्यालयबीच अनुसन्धान पुस्तकहरुको भाषन्तरण योजना, शैक्षिक सेमिनार तथा गोष्ठीहरु सहकार्यमा सम्पन्न गर्ने, अनुसन्धानकर्ता र शिक्षकहरु आदानप्रदान, विद्यार्थीहरु आदान प्रदान र पाठयपुस्तकहरु आदान प्रदान गर्ने सैद्धान्तिक सहमति रहेको छ ।

पहिलो चरणमा लुम्बिनी बौद्ध विश्वविद्यालयका १२० जना विद्यार्थीले चाइनिज भाषा बृजकोर्षको छात्रबृत्ति प्राप्त गरेका छन् । यो कोर्ष गरेका विद्यार्थीहरुमध्ये केहीले बेइजिङ विश्वविद्यालयमा स्नातकोत्तर तह अध्ययनका लागि छात्रवृत्ति पाउनेछन् । वेइजिङ विश्वविद्यालयका अध्यक्ष लिले सम्झौता पत्र हस्ताक्षर कार्यक्रममा बोल्दै एक जना विद्यार्थीलाई छात्रवृत्ति दिने घोषणा गरे । उनले यो सम्झौतापछि नेपाल चीनको आपसी मित्रता अझ प्रगाढ हुने र शैक्षिक उन्नयनमा सहकार्यमा अघि बढ्न सकिने बताए ।

लुम्बिनी बौद्ध विश्वविद्यालयका उपकुलपति बज्राचार्यले बौद्ध दर्शनको प्रर्वद्धन, नेपाली र चिनिया संस्कृति र शिक्षाको विकासमा दुबै विश्वविद्यालयले मिलेर काम गर्ने बताए । लुम्बिनी र नेपालको बौद्ध दर्शन प्रवद्र्धनमा चिनिया भिक्षुहरुले महत्वपूर्ण भूमिका निभाएको स्मरण गर्दै उपकुलपति बज्राचार्यले अव दुई शैक्षिक संस्थाको सहकार्यले दुई देशबीचको सम्बन्ध अझै बलियो हुने बताए ।

सम्झौता हस्ताक्षर कार्यक्रममा लुम्बिनी बौद्ध विश्वविद्यालयका उपकुलपति डा. तिलकराम आचार्य, अनुसन्धान निर्देशक प्रा.डा. गितु गिरी, प्राध्यापक डा. भिक्षु संकिच्च, निमित्त परीक्षा नियन्त्रक इन्द्र काफ्लेको सहभागिता रहेको थियो ।

बौद्ध विश्वविद्यालयका अन्र्तराष्ट्रिय सम्बन्ध केन्द्रका संयोजक डा. सन्जिव हुमागाईंले विश्वविद्यालयबीचको सम्झौता पत्रमा हस्ताक्षरसंगै बौद्ध विश्वविद्यालयका विद्यार्थीले बेइजिङ विश्वविद्यालयमा भाषा अध्ययन शुरु गर्ने बताए । पहिलो चरणमा १२० जना विद्यार्थीले सो कक्षा भर्चुअल रुपमा लिनेछन् । कार्यक्रममा उपप्राध्यापक कुमार खड्काले सहजीकरण गरेका थिए ।

प्रकाशित मिति : २३ पुस २०७८, शुक्रबार  ९ : ४७ बजे

निजामती विधेयकको मस्यौदा : दुई वर्ष ‘कुलिङ पिरियड’, राजनीतिक संलग्नता देखिए सेवाबाट बर्खास्ती

काठमाडौँ । सरकारले सङ्घीय निजामती सेवा विधेयकको मस्यौदाका सम्बन्धमा सुझाव

तत्कालीन किष्ट बैङ्क घोटालामा फरार श्रेष्ठ पक्राउ

काठमाडौँ । केन्द्रीय अनुसन्धान ब्यूरोले तत्कालीन किष्ट बैङ्क घोटाला प्रकरणमा

सेवालाई नवीनतम् प्रविधिमैत्री बनाउने विद्युत् प्राधिकरणको पहल

काठमाडौँ । नेपाल विद्युत् प्राधिकरणले पुराना कार्यशैली र उपकरणहरूले मात्र

दोस्रो लखन कप फुटबल : उद्घाटन खेलमा शिवनगरको शानदार जित

बुटवल । दोस्रो लखन कप नकआउट फुटबल प्रतियोगिता २०८३ को

राप्रपा नेता विक्रम पाण्डे पक्राउ

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का नेता तथा पूर्वमन्त्री विक्रम