२० मंसिर २०८२, शनिबार | December 7, 2025

‘गोप्य सहमतिको एकप्रति मसँग छ, अर्को प्रचण्डसँग’ : ओली



काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी ओलीले तत्कालीन नेकपामा पुष्पकमल दाहाल प्रचण्डले आफूसँग गोप्य सम्झौता गरेको र त्यसको ‘एक कपी’ आफूसँग सुरक्षित रहेको खुलासा गरेका छन् ।

तत्कालीन पार्टीमा विवाद बढ्दै गएको बेला माधवकुमार नेपाल, झलनाथ खनाल र वामदेव गौतमलाई झुक्याएर प्रचण्डले आफूसँग सम्झौता गरेको ओलीले खुलाएका हुन् । ‘पार्टी विवादबारेको मुद्दा अदालतबाट के हुन्छ, के हुन्छ ?’ भन्ने भएपछि प्रचण्डले मसँग सम्झौता गरेका थिए’, ओलीले भने, ‘त्यो सम्झौताको उनले पनि चर्चा गरेका छैनन्, मैले पनि अहिलेसम्म गर्या छैन । तर, अहिले म भन्छु, उनले मसँग सम्झौता गरेका थिए ।’ सम्झौताको एक, एकप्रति आफू र प्रचण्डसँग रहेको ओलीले बताए। ‘त्यसको एकप्रति प्रचण्डसँग छ, एकप्रति कागज मसँग छ’, ओलीले भने ।

सम्झौताको विषय र उद्देश्य भने प्रचण्डले नै सार्वजनिक गर्नुपर्ने ओलीले बताए। प्रचण्डले सार्वजनिक नगरे सम्झौता गर्दाका साक्षी ‘गोप्य’ व्यक्तिले सम्झौता सार्वजनिक गर्न सक्ने ओलीले बताए। पाँचदलीय गठबन्धनले ‘नियन्त्रित अस्थिरता’ चाहनेको पोल्टोमा राजनीति हालिदिएको उनले आरोप लगाए । प्रचण्ड, नेपाललाई कम्युनिस्ट आन्दोलनको भविष्य, देश र जनताप्रति कुनै मतलव नभएको ओलीले दाबी गरे । ‘कम्युनिस्ट आन्दोलन सिध्याउनुपर्छ भनेर उनीहरूका बोसहरूले ह्विप जारी गरेका थिए’, ओलीले भने, ‘बञ्चरो काँधमा बोकेर उनीहरू कम्युनिस्ट पार्टीका टाउकोमा हान्न कुदे ।’ आफूले अघि सारेको ‘समृद्ध नेपालः सुखी नेपाली’ केही मान्छेका लागि असह्य भएको उनले बताए । ‘डार्बिन र आइन्स्टाइन पनि नेपाली भएका भए उनीहरूको सिद्धान्त नेपालीले मान्दैनथे’, ओलीले भने । सरकारको ६ महिनाको गतिले देश दुई वर्षपछि धकेलिएको ओलीले दाबी गरे ।

प्रचण्डसँग केही पाउने आशले मात्र केही नेताहरू उनीसँग रहेको ओलीको तर्क थियो । ‘प्रचण्डजीबाट अलिअलि दूध आउञ्जेल केही मान्छेले छोड्दैनन्’, ओलीले भने । प्रचण्ड र नेपालले ‘चोइटा’ लिएर गए पनि एमालेलाई कुनै असर नगर्ने ओलीको दाबी थियो । माधव नेपालले एमाले पूरै ध्वस्त पार्न खोजे पनि नसकेको उनले आरोप लगाए । ‘प्रचण्डले देश आफूले चलाइराख्या छु’ भन्दै हिँडेको उल्लेख गर्दै उनले प्रश्न गरे, ‘उनको हातमा कसरी शक्ति गयो ?’। ‘यो सबैको निर्माता को हो  ?

ओलीले प्रतिप्रश्न गरे, ‘यिनीहरूको परमप्रभु र निर्माता (जो अदृश्य छ, आकारविहीन छ) कहाँ छ ? को हो ? कुन शक्ति हो यो ? ‘क्रिएटर’ को हो ? कसले ‘क्रिएसन’ गरिराख्या छ ?’

प्रधानमन्त्री शेरबहादुर देउवाले कुनै पनि हालतमा प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणामाथि महाभियोग नलगाउने ओलीले तर्क गरे । ‘प्रधानन्यायाधीशमाथि शेरबहादुरले लगाउँछन् महाभियोग ?’ ओलीले प्रतिप्रश्न गर्दै भने, ‘मलाई हटाएर यिनीहरूको सरकार बनाइदिएको छ । अनि यत्रो काम गर्ने अदालतमाथि महाभियोग कसरी लगाउँछन् ?’ अदालतले असंवैधानिक र अवैधानिक रूपमा आफूलाई प्रधानमन्त्रीबाट हटाएको उनले दाबी गरे । सत्ता गठबन्धनले अमेरिकी मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) संसद्बाट अनुमोदन गर्नेमा उनले आशंका व्यक्त गरे । ठूलो दल एमालेको अवरोधलाई संसदमा अस्वीकार गरिएको भन्दै ओलीले असन्तुष्टि जनाए । आजको अन्नपूर्ण पोस्ट दैनिकमा यो समाचार प्रकाशित छ ।

प्रकाशित मिति : २४ पुस २०७८, शनिबार  ७ : १३ बजे

‘कामरेड जलजला उपन्यासको विवेचना’ पुस्तक विमोचन

काठमाडौँ । ‘कामरेड जलजला उपन्यासको विवेचना’ पुस्तक विमोचन गरिएको छ

एउटा निर्वाचन क्षेत्रबाट २ पटक भन्दा बढी लड्न नपाउने व्यवस्था गर्नु पर्छ : सहमहामन्त्री राठौर

खजुरा । नेपाली काँग्रेसका सहमहामन्त्री किशोरसिंह राठौरले केन्द्रीय तहका नेता

प्रधानमन्त्री कार्कीद्वारा बर्दिया घटनाबारे अध्ययन गर्न गृहमन्त्रीलाई निर्देशन

काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीले बर्दियामा नागरिकता नपाउँदा एक युवतीले

काठमाडौं उपत्यकाका नदीलाई सफा राख्न सरकारले आवश्यक काम गरिरहेको छ : मन्त्री घिसिङ

काठमाडौं । सरकारले काठमाडौं उपत्यकाभित्र रहेका नदी सफा गर्न आवश्यक

आगामी चुनावपछि एमालेकै नेतृत्वमा सरकार बन्छ : ओली

काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले पुराना दल