२२ मंसिर २०८२, सोमबार | December 8, 2025

भारतमा कोरोना बढेपछि नेपाल फर्केको संख्या बढ्दै, कोरोना संक्रमण पनि उच्च



धनगढी । छिमेकी राष्ट्र भारतमा कोरोना भाइरसको ओमिक्रोन भेरियन्ट तीव्र रूपमा फैलिँदै जाँदा भारत बाट नेपाल आउनेको संख्या बढ्न थालेको छ ।

भारतमा कोरोना संक्रमण दर बढेपछि भारतबाट आउने नेपालीहरूको संख्या बढेको गौरिफण्टा नाका स्थित स्वास्थ्य परीक्षण डेस्कका इन्चार्ज गणेश साउँदले बताए । उनका अनुसार अहिले दैनिक एक हजारको अनुपातमा भारतका विभिन्न स्थानबाट नेपालीहरू स्वदेश फर्किरहेका छन् ।

‘भारतबाट नेपाल आउनेको संख्या दैनिक रूपमा बढिरहेको छ,’ इन्चार्ज साउँदले भने, ‘भारतबाट आउने नागरिकको स्वास्थ्य परीक्षण गर्दा पछिल्लो समय कोरोना संक्रमण दर पनि बढेको छ ।,’ भारतमा संक्रमण दर ह्वात्तै बढेपछि त्रिनगर–गौरीफन्टा र गड्डाचौकी नाका भएर स्वदेश फर्कने नेपालीको संख्या बढेको हो । पश्चिमी नाका गड्डाचौकी र गौरीफन्टा भएर दैनिक डेढ/दुई हजार नागरिक स्वदेश फर्किरहेका छन् । भारतबाट फर्कनेको संख्या बढेसँगै यहाँ संक्रमण दर पनि बढेको उनले बताए ।

भारतबाट फर्कने नेपालीको सीमा क्षेत्रमै कोरोना परीक्षण भइरहेको र स्वास्थ्य सामाग्री पर्याप्त रहेको उनी बताउँछन् । अहिले खोप नलगाएका व्यक्तिलाई सीमामै खोप समेत प्रदान गरिँदै आएको छ ।

स्वास्थ्य संयोजक साउँदका अनुसार भारतबाट आउने नेपालीमा कोरोना संक्रमण देखिने दर पनि उच्च हुन थालेको छ । उनका अनुसार भारतबाट आउने नेपाली मध्य पुस २२ गते ४८ जनामा, पुस २३ गते ६७ जनामा र आज (शनिबार) ७१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

भारतबाट आउने नेपालीले कोरोना बढेसँगै बोरोजगार हुने डरले नेपाल आएको बताएका छन् । ‘भारतमा कोरोना बढेपछि धेरै व्यवसायी सचेत बनेका छन्,’ धनगढी–१३ का रामसिंह बोहराले भने, ‘अझै कोरोना बढेमा बेरोजगार हुने र लकडाउनमा फसिने सम्भावना बढेका कारण समयमै स्वदेश आएका हौं ।’ भारतमा कोरोना संक्रमण बढ्नथालेपछि त्यहाँ रहेका नेपाली मजदुर धमाधम नेपाल आउन थालेका उनले बताए ।

भारतको दिल्लीबाट फर्केका बझाङका दिनेश नेपालीले पनि कोरोना त्रास पछि नेपाल फर्किएको बताए । दुई सातामै भारतमा कोरोना संक्रमण तीव्र रूपमा फैलिएको छ,’ उनले भने, ‘आगामी दिनमा संक्रमण दर झनै बढ्न सक्ने देखिएपछि म नेपाल फर्केको हु ।’ सीमा नाकामा स्वास्थ्य परीक्षण गर्दा रिपोर्ट नेगेटिभ आएको भन्दै उनले अव ढुक्कसँग घर जाने बताए ।

सुदूरपश्चिमका विभिन्न नाका हुँदै भारतमा रहेका नेपाली स्वदेश आउने गरेकोमा कञ्चनपुरको गड्डाचौकी नाका र गौरीफन्टा नाकामा मात्रै भारतबाट फर्किएका नेपालीको कोरोना परीक्षण हुँदै आएको छ । बैतडी, दार्चुला लगायत कैलालीको खक्क्रौला नाकाबाट नेपाल आउने नेपाली नागरिक भने कोरोना परीक्षण विना नै नेपाल आउने गरेका छन् ।

 

प्रकाशित मिति : २४ पुस २०७८, शनिबार  ७ : ५५ बजे

पहिलोपटक खलङ्गा बजारमा ‘फायर हाइड्रेन्ट’ जडान भएपछि…

जुम्ला । चन्दननाथ नगरपालिका-५ स्थित खलङ्गा बजारको एक ‘मोबाइल’ पसलमा

सार्वजनिक संस्थानमा गरेको करिब ४७ अर्ब लगानीको हिसाब गडबड

काठमाडौं । सार्वजनिक संस्थानमा गरिएको करिब रू ४७ अर्ब सरकारी

नेपालगञ्ज-दिल्ली सिधा हवाई उडानका लागि सरकारको ध्यानाकर्षण

नेपालगञ्ज । निजी क्षेत्रले नेपालगञ्ज-दिल्ली सिधा हवाई उडानका लागि सरकारको

जेनजी पुस्ताको कथामा ‘झरीपछिको इन्द्रेणी’

काठमाडौं । हाँस्य कलाकारका रुपमा स्थापित अर्जुन घिमिरे ‘पाँडे’ले निर्देशन

मुस्ताङमा हिउँ चितुवा अध्ययन गर्न ‘क्यामेरा ट्यापिङ’ गरिँदै

मुस्ताङ । हिमाली जिल्ला मुस्ताङमा दुर्लभ हिउँ चितुवाको सङ्ख्या पत्ता