१ पुस २०८२, मंगलबार | December 16, 2025

नाइजेरियामा लुटेराको आक्रमणमा २०० गाउँलेको मृत्यु



एजेन्सी । नाइजेरियामा कम्तिमा २०० जनाको हत्या भएको छ ।

बन्दुकधारी लुटेराहरुको समूहले पछिल्लो एक सातामा उत्तर पश्चिम नाइजेरियाको जामफारा राज्यमा हत्या गरेको स्थानीयले बताएका हुन् । राज्य सरकारले ५८ जनाको हत्या भएको जनाएको छ । मारिएका सबै जनाको सेनाले सामूहिक दाहसंस्कार गरेको छ ।

‘बन्दुकधारी लुटेराको आक्रमणमा मारिएका कम्तिमा १४३ जनाको दाहसंस्कार गरेका छौै,’ एक स्थानीय नेता बलराबे अलहाजीले भने । आक्रमणमा २०० भन्दा बढीको मृत्यु भएको उनले बताए ।

मोटरसाइक चढेर आएका झन्डै ३०० आक्रमणकारीले १० ओटा गाउँमा हमला गरेर लुटपाट गरेको जनाइएको छ । उनीहरुले घरमै गोली प्रहार गरेर लुटपाट मच्चाएका थिए ।

यसैबीच, लुटपाट मच्चाउने १०० जना लुटेरा सेनाको कारबाहीमा मारिएको समाचार विवरणमा जनाइएको छ ।

जामफारा राज्यमा यसअघि पनि लुटेराले दर्जनौं गाउँलेको हत्या गरिसकेका छन् ।

प्रकाशित मिति : २५ पुस २०७८, आइतबार  ८ : ३७ बजे

रुंदै बाहिरिएको भनिएका प्रदीप ज्ञवालीले मागे ओली प्यानलका लागि मत

काठमाडौँ । महासचिव पदमा अध्यक्ष केपी ओलीले टिममा समावेश नगरेपछि

सिँचाइका २२ रुग्ण ठेक्का तोडियो, ठेक्का सम्झौता रकम १४ अर्ब २३ करोड

काठमाडौं । । ठेक्का सम्झौता गर्ने तर काम नगरेर वर्षोंदेखि

रुद्रकली र खगेन्द्रप्रसाद भैरहवा पुगे : भोलि कतार उड्दै

चितवन । नेपाल सरकारले कतार सरकारलाई उपहारस्वरुप पठाउन लागेका दुईवटा

यसरी हुँदै छ विद्युतीय मेसिनमार्फत एमाले महाधिवेशनमा भोटिङ

काठमाडौं । नेकपा (एमाले) को ११ औँ राष्ट्रिय महाधिवेशनअन्तर्गत आज