६ पुस २०८२, आइतबार | December 21, 2025

गुल्मी उद्योग वाणिज्य संघमा नयाँ नेतृत्व



गुल्मी । ईश्वरीप्रसाद पौडेलको अध्यक्षतामा १८ सदस्यीय गुल्मी उद्योग वाणिज्य संघको सर्वसम्मत नयाँ नेतृत्व चयन भएको छ । संघको ३०औं अधिवेशनबाट नयाँ नेतृत्व चयन भएको हो । समितिको वरिष्ठ उपाध्यक्षमा रामप्रसाद पन्थी, मृगेन्द्रप्रसाद श्रेष्ठ र ताराप्रसाद भुसाल निर्वाचित भएका छन् ।

संघको महासचिवमा ईश्वरी बेल्वासे, सचिवमा चेत नारायण पाण्डे, कोषाध्यक्षमा विष्णु अधिकारी र सहकोषाध्यक्षमा ईश्वरी कँडेल निर्वाचित भएका छन् । अधिवेशनको उद्घाटन उद्योग वाणिज्य महासंघ लुम्बिनी प्रदेशमा अध्यक्ष कृष्ण शर्माले गरेका थिए ।

उद्योग वाणिज्य संघले अक्सिजन प्लाण्ट सञ्चालनको लागि भौतिक संरचना निर्माण गरेको छ । कोभिड महामारीकै सन्दर्भमा स्वास्थ्य सामग्री वितरण, विपद्, दुर्घटना र कृषि पर्यटन लगायतका सामाजिक क्षेत्रमा पनि सहयोग गर्दै आएको उद्योग वाणिज्य संघका नवनिर्वाचित अध्यक्ष पौडेलले बताए ।

उनले अघिल्ला कार्यसमितिबाट तम्घासमा सिसि क्यामेरा राख्ने, सडक बालबालिकालाई लत्ताकपडा वितरण गर्ने, पर्यटक विकासको लागि होमस्टे सञ्चालन तथा रेसुङ्गा सिडी तथा धारा निर्माणमा सहयोग गरिएको पौडेलले बताए ।

उनले तम्घासको सरसफाइ, खेल क्षेत्र, सांस्कृतिक मेला महोत्सव र व्यावसायिहरूको व्यावसायिक क्षमता विकासका कार्यक्रमहरू गर्दै आएकोले अब पनि अझै रचनात्मक काम गरिने बताए ।

प्रकाशित मिति : २५ पुस २०७८, आइतबार  ९ : ०४ बजे

पशुपति क्षेत्रका सम्पदा सफाइ अभियान सुरु

काठमाडौँ । विश्वसम्पदा सूचीमा सूचीकृत पशुपति क्षेत्रमा नियमित सफाइ अभियान

राष्ट्रिय सहमति भए विद्युतीय मतदानको व्यवस्था गर्न सकिन्छः मन्त्री खरेल

ललितपुर । सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले आगामी फागुन

दार्चुलामा भूकम्पको धक्का

दार्चुला । दार्चुलामा आज साँझ ८ बजेर ३६ मिनेटमा भूकम्पको

नेपालगन्जका सात वडा कार्यालय भवनविहीन

नेपालगन्ज । नेपालगन्ज उपमहानगरपालिकाका सात वडा कार्यालय भवनविहीन अवस्थामा सेवा

नेपालगन्जमा सुरु भयो ‘क्रस बोर्डर टुरिजम कन्क्लेभ’, ४० बढी भारतीय टुर अपरेटर सहभागी

नेपालगन्ज ‌। नेपालगन्जमा शनिबारदेखि तीन दिने क्रस बोर्डर टुरिजम कन्क्लेभ