२५ माघ २०८२, आइतबार | February 8, 2026

चितवनमा कोरोना सक्रमण बढदो



चितवन । जिल्लामा पछिल्लो समय कोरोना सङ्क्रमितको सङ्ख्या बढ्दो क्रममा रहेको छ । कात्तिकदेखि घट्दै गएको कोरोना सङ्क्रमण पुसको अन्तिम साता आएर बढ्न थालेको हो । स्वास्थ्य कार्यालय चितवनका जनस्वास्थ्य अधिकृत गीताञ्जली ढकालका अनुसार जिल्लामा रहेका चार वटा पिसिआर ल्याबमा गरिएको परीक्षणका क्रममा पुस २५ गते चितवनका ४० जनामा कोरोना देखिएको थियो । जिल्लाका ४५८ जनाको परीक्षणका क्रममा सो सङ्ख्यामा कोरोना सङ्क्रमण देखिएको हो ।

पुसको तेस्रो सातासम्म ५ देखि १२ जना सम्ममा कोरोना देखिएकोमा २५ गतेको परीक्षणमा बढेर ४० पुगेको हो । यस्तै एन्टिजेन परीक्षणका क्रममा एक जनामा कोरोना सङ्क्रमण देखिएको उनले जानकारी दिए । उनका अनुसार सङ्क्रमण देखिनेमा भरतपुर महानगरपालिकाका– २९, रत्ननगर नगरपालिकामा ५, माडी र राप्ती नगरपालिकामा ३/३ र खैरहनी नगरपालिकाका १ जनामा कोरोना सङ्क्रमण देखिएको हो । जिल्लामा अहिले सक्रिय सङ्क्रमितको सङ्ख्या ११९ जना रहेको छ । जसमध्ये सातजना होम आइसोलेशनमा र ११२ जना होम आइसोलेशनमा रहेका छन् ।

यसअघिका दिनमा सङ्क्रमितको सङ्ख्या कम थियो । पुस २४ गते एक जनामा सङ्क्रमण देखिएको थियो । २३ गते ११, २२ गते ९, १८ गते १२, १२ गते ६, पुस १ गते ५ जनामा सङ्क्रमण देखिएको थियो । एकाएक यो सङ्ख्या बढेको हो ।

चालू आर्थिक वर्षको तथ्याङ्क हेर्ने हो भने जिल्लामा साउन ७ गते २५५ जनामा कोरोना सङ्क्रमण देखिएको थियो । साउनको महिना दैनिक २०० हाराहारीमा कोरोना सङ्क्रमण देखिएकोमा भदौमा यो सङ्ख्या घटेर एक सयको हाराहारीमा आएको थियो ।

यस्तै असोज/कात्तिकमा ५० को हाराहारीमा रहेको कोरोना सङ्क्रमण मङ्सिरमा २० देखि ३० जनामा देखिन थालेको थियो । यसरी घट्दै गएको सङ्क्रमणको अनुपात अहिले आएर फेरि बढ्न थालेको ढकालले बताए । उनले भने, “एक सातापछि कोरोना सङ्क्रमण दर उच्च बन्ने खतरा छ ।” सबैलाई स्वास्थ्य मापदण्डको पालना गरी काम गर्न कार्यालयले आग्रह गरेको छ ।

प्रकाशित मिति : २६ पुस २०७८, सोमबार  २ : ४८ बजे

कांग्रेस अनुशासन समितिको संयोजकमा गुरुङ

काठमाडौं । नेपाली कांग्रेसले केन्द्रीय सदस्य तारामान गुरुङको संयोजकत्वमा केन्द्रीय

पाकिस्तान-नेपाल मैत्री टी-२० क्रिकेट प्रतियोगिता २०२६ सुरु, १२ टोलीको सहभागिता

काठमाडौं । पाकिस्तान–नेपाल मैत्री सम्बन्धलाई थप सुदृढ बनाउने उद्देश्यसहित आयोजित

इंग्ल्याण्डविरुद्ध नेपाल दबाबमा, कुशल भुर्तेल दोस्रो विकेटका रूपमा आउट

काठमाडौं । आईसीसी टी-२० विश्वकप अन्तर्गत जारी खेलमा नेपालले अहिले

सर्वोच्चले अन्तरिम आदेश नदिँदा रेशम चौधरी फागुन २१ को चुनावबाट बाहिर

काठमाडौं । नागरिक उन्मुक्ति पार्टी (नाउपा) नेपालका संरक्षक रेशम चौधरीको

यस्तो छ जुम्लाको चुनावी गणित

जुम्ला । आगामी फागुन २१ गते हुन गइरहेको प्रतिनिधिसभा सदस्य