१२ बैशाख २०८१, बुधबार | April 24, 2024

सभामुखसँग एमालेको छलफल हुँदैन : सुवास नेम्वाङ



इलाम । नेकपा एमालेका उपाध्यक्ष तथा संसदीय दलका नेता सुवास नेम्वाङले एमालेले सभामुखसँग छलफल नगर्ने बताएका छन् । इलाममा सञ्चारकर्मीसँग कुरा गर्दै नेम्वाङले सभामुखको भूमिकामाथि प्रश्न उठाउँदै संसद् अवरोधको विषयमा सभामुखसँग छलफल नहुने बताएका हुन् ।

‘सभामुखले रेफ्रिको भूमिका निष्पक्ष रूपमा निभाउनु भएन । अरूको हकमा एउटा निर्णय गर्ने, हामीले गरेको निर्णयको सूचना नटाँस्ने रु दुई दलको बिचमा फरक व्यवहार गर्न पाइँदैन’, नेम्वाङले थपे, ‘जसको विषयमा प्रश्न उठेको छ उहाँसँग के छलफल गर्ने रु’

सभामुख नेम्वाङ सत्तापक्षले उठाएको माग सम्बोधनको लागि प्रधानमन्त्रीसँग छलफल गर्न एमाले तयार रहेको बताएका छन् । ‘हामी प्रधानमन्त्रीसँग छलफल गर्न तयार छौं’, नेम्वाङले भने,‘तर छलफललाई औपचारिकतामा सीमित गर्ने कोसिस नहोस् ।’ नेम्वाङले प्रधानमन्त्री शेरबहादुर देउवा र एमाले अध्यक्ष केपी ओलीबीचमा लामो समयपछिको भेटवार्तालाई सकारात्मक भनेका छन् ।

‘हामीले भेटवार्तालाई सकारात्मक रूपमानै लिएका छौं । तर छलफल औपचारिक मात्रै भएको छ’, नेम्वाङले भने । एमाले नेता नेम्वाङले एक मिनेट पनि सदन अवरुद्ध हुनु सरकारको लागि इज्जतको कुरा नभएको टिप्पणी गरेका छन् । एमालेले आफ्नो पार्टीले कारबाही गरेको सूचनालाई टाँस गर्दै उनीहरूलाई संसद्मा उपस्थित हुन दिनु नहुने माग गर्दै नियमित रूपमा सदन अवरोध गर्दै आएको छ । तर, निर्वाचन आयोगले उनीहरूलाई छुट्टै पार्टीको मान्यता दिइसकेकाले केही गर्न आवश्यक नभएको सभामुखको निर्णय छ । पूर्वसभामुख समेत रहेका नेम्वाङले केही नगरी बस्न नपाइने दाबी गरे ।

नेकपा एमालेका उपाध्यक्ष नेम्वाङले पार्टीभित्रको गुटबन्दीको अन्त्य भएको बताएका छन् । दसौं जिल्ला अधिवेशनबाट निर्वाचित भएका पदाधिकारी र सदस्यहरूको शपथ ग्रहण कार्यक्रममा नेम्वाङले भने, ‘पार्टीमा अब गुट छैन, गुट हुनु पनि हुँदैन’, नेम्वाङले भने, ुगुटगत गतिविधि इन्कार गर्नुपर्छ, नेतृत्वले सबैलाई समेट्नुपर्छ ।’

नेम्वाङले दूषित काम कारबाही गरेर एमाले सरकारमा नजाने बताएका छन् । उनले निर्वाचनमा मार्फतै एमाले सरकारमा पुग्ने दाबी गरे ।

उनले तागत भए एक्लै हराएर देखाउन चुनौती दिए । एमालेलाई हराउने क्षमता भए प्रतिनिधिसभाको उपनिर्वाचन किन नगराएको भनेर प्रश्न गरेका छन् । ‘कुनै पनि पद खालि भएको छ महिना भन्दा बढी समय भए उपनिर्वाचन गराउनुपर्छ’, नेम्वाङले भने, ‘एमालेलाई हराउने आँट भए उपनिर्वाचन किन नगरेको रु’ नेम्वाङले अहिलेको सरकारमा निर्वाचन सार्ने बानी परेकाहरू भएकाहरूले समयमा निर्वाचन हुनेमा समेत शङ्का व्यक्त गरे ।

 

प्रकाशित मिति : २६ पुस २०७८, सोमबार  ६ : २३ बजे

सूर्य नेपाल काठमाडौं ओपन – दोस्रो दिन दिनेश र भुवन शीर्षस्थानमा

काठमाडौं । सूर्य नेपाल गल्फ टुर २०२३-२४ अन्तर्गतको सातौं प्रतियोगिता,

बुटवलमा रहेको सिद्धबाबा हस्पिटल एण्ड रिसर्च सेन्टर प्रालि ७ औं वर्षमा प्रवेश

बुटवल । युवा विशेषज्ञ चिकित्सकहरुको लगानीमा स्थापना भएको बुटवलमा सञ्चालित

महोत्तरीको मटिहानीमा सयौ घर जलेर नष्ट, आगो अझैँ नियन्त्रण बाहिर

महोत्तरी । महोत्तरीको मटिहानी नगरपालिकाको वडा नं.६ स्थित जरलहवा गाछीमा

रविको दाबी – हरेक महिना ठूलो भ्रष्टाचारीलाई पक्रन्छु भनेको छु, सप्राइज कुरेर बस्नु होला

इलाम । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति एवं गृहमन्त्री रवि

तिलोत्तमाको जंगलमा डढेलो निभाउन गएको दमकल आफै जलेर ध्वस्त

बुटवल । रुपन्देहीमा डढेलो निभाउन गएको एक दमकल आफै डढेलोको