८ बैशाख २०८१, शनिबार | April 20, 2024

विश्व इतिहासमा आजः दुई लाख मानिसको मृत्यु भएको हेईटीको त्यो विनाशकारी भूकम्प



काठमाडौं । आज १२ जनवरी । आज विश्व इतिहासमा विभिन्न सामाजिक तथा राजनीतिक घटनाक्रम विकसित भएका थिए । प्रस्तुत छ इतिहासमा आज भएका केही घटनाः

हेईटीको विनाशकारी भूकम्प

सन् २०१० मा हेईटीमा विनाशकारी भूकम्प गएको थियो । ७ दशमलव म्याग्निच्युडको सो भूकम्पका कारण राजधानी पोर्ट अउ प्रिन्स ध्वस्त भएको थियो । भूकम्पका कारण दुई लाख जनाको मृत्यु हुनुका साथै १० लाख मानिस विस्थापित भएका थिए । भूकम्पपछि भत्किएका संरचना निर्माणका लागि हेईटीले दातृ राष्ट्रलाई करोडौं डलर सहयोग गरेका थिए ।

इराकविरुद्ध अमेरिकी युद्ध

सन् १९९१ मा इराकविरुद्ध युद्ध गर्ने विषयमा अमेरिकामा बहमुत सदस्यले मतदान गरेका थिए । कुवेतबाट इराकी सेनलाई खेद्न र सैन्य फौज तैनाथ गर्न तत्कालिन राष्ट्रपति जर्ज डब्लू बुसलाई संसदले विशेष अधिकार दिइएको थियो ।

इफेल टावरबाट रेडियो प्रसारण

आजकै दिन अर्थात सन् १९०८ को १२ जनवरीमा पेरिसको इफेल टावरबाट पहिलो पटक लामो दूरीको रेडियो सन्देश प्रसारण भएको थियो । वैज्ञानिक ली डी फरेस्टले गरेको सो प्रसारणलाई ५० भन्दाबढी श्रोताले सुनेका थिए ।

जेफ बेजोसको जन्मदिन

विद्युतीय कारोवार गर्ने प्रसिद्ध कम्पनी अमेजन डटकमका मालिक, अमेरिकी उद्यमी तथा विश्वकै धनाढ्य जेफ बेजोसको जन्म पनि आज अर्थात सन् १९६४ को १२ जनवरीमा परेको छ ।

प्रकाशित मिति : २८ पुस २०७८, बुधबार  ७ : १५ बजे

संवादका माध्यमबाट मुलुकमा देखिएका समस्या समाधान गर्नुपर्छ : अध्यक्ष ओली

काठमाडौं । नेपाल (एमाले)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले

नीति र नेतृत्वमा एमालेभित्र विवाद छैन : अध्यक्ष ओली

काठमाडौं । नेपाल ९एमाले०का अध्यक्ष केपी शर्मा ओलीले नीति र

वीरगञ्ज भन्सारद्वारा आठमहिनामा एक खर्ब १४ अर्ब राजस्व सङ्कलन

पर्सा । वीरगञ्ज भन्सार कार्यालयले चालु आर्थिक वर्षको हालसम्ममा रु

एमालेको महाधिवेशन प्रतिनिधि परिषद् बैठक सुरु

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एमाले)को राष्ट्रिय महाधिवेशन प्रतिनिधि परिषद्को

‘टेस्ला दायित्व’ का कारण मस्कद्वारा भारत भ्रमण स्थगित

नयाँदिल्ली । अर्बपति एलोन मस्कले आफ्नो भारत भ्रमण स्थगित गरेको