५ पुस २०८२, शनिबार | December 20, 2025

कोरोना संक्रमण बढेपछि पनौतीको त्रिवेणीघाटमा लाग्ने १२ वर्षे मकर मेला स्थगित



काठमाडौं । काभ्रेको पनौती नगरपालिका क्षेत्रको त्रिवेणी घाटमा हुने १२ वर्षे मकर मेला स्थगित भएको छ ।

कोभिड-१९ को संक्रमण तीव्र रुपमा बढ्न थालेपछि मेला स्थगित गरिएको पनौती नगरपालिकाले जनाएको छ । नगरपालिकाले सूचना जारी गरी अर्को सूचना प्रकाशित नभएसम्मका लागि मेला स्थगित गरिएको जनाएको छ ।

कोरोना संक्रमण बढ्न थालेपछि जिल्ला प्रशासन कार्यालय, काभ्रेले पुस २७ गते आदेश जारी गरी मेलामा २५ जना भन्दाभन्दा कम र भिडभाड नहुने गरि स्वास्थ्य सम्बन्धी सम्पूर्ण मापदण्ड अपनाई भक्तजनहरूले मकर स्नान मात्र गराउने सक्ने जनाएको थियो ।

त्यसअनुसार, २५ जना भन्दा कम संख्यामा स्थान गर्न सकिने भए पनि मेलाका अन्य कार्यक्रम रोकिएको मकर मेला मूल व्यवस्थापन समितिका संयोजक प्रेमकुमार सोनामले बताए । माघ महिनाभरी मेला लगाउने तयारी थियो ।

प्रकाशित मिति : २८ पुस २०७८, बुधबार  ८ : १९ बजे

बागमती प्रदेशसभाको बैठक पुस तेस्रो साता बोलाउने तयारीमा सरकार

बागमती । बागमती प्रदेशसभाको बैठक यही पुसको तेस्रो साता बोलाउने

राहुघाट जलविद्युत् आयोजना – ९० प्रतिशत बढी भौतिक प्रगति

म्याग्दी । नेपाल विद्युत् प्राधिकरणको सहायक कम्पनी रघुगङ्गा हाइड्रोपावर प्रवर्द्धक

जेनजी सहिदकी आमाको सन्देश – ‘सरकारले जनताको भलो गरोस्’

काठमाडौं । जेनजी आन्दोलनका क्रममा सिन्धुपाल्चोक चौतारा साँगाचोकगढी–८ का उमेश

देउवाले पार्टी उपसभापति र महामन्त्रीहरूसँग कुरा गर्दै

काठमाडौं। नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आज पार्टीका उपसभापति तथा

काठमाडौंमा आज नेकपाको एकता सन्देश सभा

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी (नेकपा)ले आज शनिबार काठमाडौंमा एकता