२८ आश्विन २०८३, बुधबार | October 14, 2026

कोरोना संक्रमण बढेपछि पनौतीको त्रिवेणीघाटमा लाग्ने १२ वर्षे मकर मेला स्थगित



काठमाडौं । काभ्रेको पनौती नगरपालिका क्षेत्रको त्रिवेणी घाटमा हुने १२ वर्षे मकर मेला स्थगित भएको छ ।

कोभिड-१९ को संक्रमण तीव्र रुपमा बढ्न थालेपछि मेला स्थगित गरिएको पनौती नगरपालिकाले जनाएको छ । नगरपालिकाले सूचना जारी गरी अर्को सूचना प्रकाशित नभएसम्मका लागि मेला स्थगित गरिएको जनाएको छ ।

कोरोना संक्रमण बढ्न थालेपछि जिल्ला प्रशासन कार्यालय, काभ्रेले पुस २७ गते आदेश जारी गरी मेलामा २५ जना भन्दाभन्दा कम र भिडभाड नहुने गरि स्वास्थ्य सम्बन्धी सम्पूर्ण मापदण्ड अपनाई भक्तजनहरूले मकर स्नान मात्र गराउने सक्ने जनाएको थियो ।

त्यसअनुसार, २५ जना भन्दा कम संख्यामा स्थान गर्न सकिने भए पनि मेलाका अन्य कार्यक्रम रोकिएको मकर मेला मूल व्यवस्थापन समितिका संयोजक प्रेमकुमार सोनामले बताए । माघ महिनाभरी मेला लगाउने तयारी थियो ।

प्रकाशित मिति : २८ पुस २०७८, बुधबार  ८ : १९ बजे

कोरलानाकाबाट भित्रिएका ‘इभी’लाई गन्तव्यमा पुर्‍याउन सकस

मुस्ताङ । यही असोज ११ गतेको भारी वर्षाका कारण बाढीपहिरो

लालटिन सहकारीको नयाँ सञ्चालक समिति चयन, अध्यक्षमा गैरे

बुटवल । लालटिन बहुउद्देश्यीय सहकारी संस्था, बुटवल-११ को एघारौं वार्षिक

साँझपख झनै चम्कन्छ भानुचोक

सुनसरी । चाडपर्व नजिकिएसँगै गाउँ फर्किने यात्रुको भीडले बिहानैदेखि व्यस्त

उदयपुरको बेलकामा जङ्गली हात्ती मृतावस्थामा फेला

उदयपुर । बेलका नगरपालिका-१ स्थित धानखेतमा वयस्क जङ्गली भाले हात्ती

आजदेखि शुक्र अस्त हुँदै, के गर्नुहुन्छ ? के गर्नु हुँदैन ?

काठमाडौं । आज (बुधबार) दिउँसो १ बजेर ४० मिनेटदेखि शुक्र