७ आश्विन २०८३, बुधबार | September 23, 2026

शरणार्थी पालिरहेका देशलाई सहयोग गर्न अन्तराष्ट्रिय समुदायलाई पाकिस्तानको आग्रह



इस्लामावाद । पाकिस्तानले शरणार्थीहरु पालिरहेका देशहरुलाई अन्तराष्ट्रिय समुदायबाट ठूलो सहयोगको आह्वान गरेको छ ।

इस्लामावादमा युरोपेली देशहरूको प्रतिनिधिमण्डलसँग कुरा गर्दै पाकिस्तानका विदेश सचिव सोहेल महमूदले अन्तर्राष्ट्रिय बोझ र जिम्मेवारी बाँडफाँडको सिद्धान्त अनुसार शरणार्थीलाई पाल्ने गर्ने देशहरूलाई अन्तर्राष्ट्रिय समुदायबाट ठूलो सहयोग हुनुपर्ने बताएका हुन् ।

विदेश सचिव सोहेल महमूदले ४० वर्षभन्दा बढी समयदेखि ३० लाखभन्दा बढी अफगान शरणार्थीहरूलाई बस्न दिएर पाकिस्तानले अटल प्रतिबद्धता र आतिथ्यताको उजागर गरको बताए ।

उनले अफगानिस्तानमा शान्ति र स्थायित्वको सुदृढीकरण र मानवीय संकट र आर्थिक पतनबाट बच्न आफ्नो देशबाट अफगानीहरूको सम्भावित पलायन रोक्न लामो बाटो लाग्ने पनि जिकिर गरे ।

आप्रवासन व्यवस्थापनको क्षेत्रमा सहयोग र सहकार्यका अवसरहरूको मूल्याङ्कन गर्न अन्तर्राष्ट्रिय आप्रवासन नीति विकास केन्द्रले आयोजना गरेको उक्त प्रतिनिधिमण्डल यतिबेला पाकिस्तानको अध्ययन भ्रमणमा छ ।

प्रकाशित मिति : २८ पुस २०७८, बुधबार  १ : ०६ बजे

कान्ति राजमार्ग र भैँसे-भीमफेदी-कुलेखानी सडकमा राति सवारी सञ्चालन रोक

हेटौँडा । भारी वर्षाका कारण बाढी तथा पहिरोको जोखिम बढ्न

मदन भण्डारी कप अन्तर्राष्ट्रिय आमन्त्रित पुरुष भलिबल असोज १२ देखि बुटवलमा हुने

मदन भण्डारी कप अन्तर्राष्ट्रिय आमन्त्रित पुरुष भलिबल असोज १२ देखि

३६ दशमलव २५ अङ्कले घट्यो नेप्से परिसूचक

काठमाडौं । धितोपत्र बजारमा सेयर कारोबार मापक नेप्से परिसूचक आज

प्रधानमन्त्री बालेन्द्रको आग्रह – तीन दिन भारी वर्षाको सम्भावना छ सर्तक बन्नुहोला

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाहले असोज ९ गते शुक्रबारदेखि ११

नागरिक लगानी कोषको लगानीलाई पारदर्शी र प्रतिफलमुखी बनाउँछौं : अर्थमन्त्री वाग्ले

काठमाडौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले नागरिक लगानी कोषको लगानीलाई