१८ बैशाख २०८१, मंगलबार | April 30, 2024

शरणार्थी पालिरहेका देशलाई सहयोग गर्न अन्तराष्ट्रिय समुदायलाई पाकिस्तानको आग्रह



इस्लामावाद । पाकिस्तानले शरणार्थीहरु पालिरहेका देशहरुलाई अन्तराष्ट्रिय समुदायबाट ठूलो सहयोगको आह्वान गरेको छ ।

इस्लामावादमा युरोपेली देशहरूको प्रतिनिधिमण्डलसँग कुरा गर्दै पाकिस्तानका विदेश सचिव सोहेल महमूदले अन्तर्राष्ट्रिय बोझ र जिम्मेवारी बाँडफाँडको सिद्धान्त अनुसार शरणार्थीलाई पाल्ने गर्ने देशहरूलाई अन्तर्राष्ट्रिय समुदायबाट ठूलो सहयोग हुनुपर्ने बताएका हुन् ।

विदेश सचिव सोहेल महमूदले ४० वर्षभन्दा बढी समयदेखि ३० लाखभन्दा बढी अफगान शरणार्थीहरूलाई बस्न दिएर पाकिस्तानले अटल प्रतिबद्धता र आतिथ्यताको उजागर गरको बताए ।

उनले अफगानिस्तानमा शान्ति र स्थायित्वको सुदृढीकरण र मानवीय संकट र आर्थिक पतनबाट बच्न आफ्नो देशबाट अफगानीहरूको सम्भावित पलायन रोक्न लामो बाटो लाग्ने पनि जिकिर गरे ।

आप्रवासन व्यवस्थापनको क्षेत्रमा सहयोग र सहकार्यका अवसरहरूको मूल्याङ्कन गर्न अन्तर्राष्ट्रिय आप्रवासन नीति विकास केन्द्रले आयोजना गरेको उक्त प्रतिनिधिमण्डल यतिबेला पाकिस्तानको अध्ययन भ्रमणमा छ ।

प्रकाशित मिति : २८ पुस २०७८, बुधबार  १ : ०६ बजे

इलाममा ४३ मत मात्र आएपछि कमल थापाको स्पष्टीकरण- संगठन कमजोर थियो !

काठमाडौं । राप्रपा नेपालका अध्यक्ष कमल थापाले इलाममा पार्टी कमजोर

रुपन्देहीमा पालिका स्तरीय पुरुष भलिबल प्रतियोगिता हुने

बुटवल । जिल्ला भलिबल संघ रुपन्देहीको आयोजनामा अन्तरपालिका पुरुष भलिबल

गुगलको पाइथान टिम बर्खास्त

काठमाडौं । टेक कम्पनी गूगलले पछिल्लो समय आफ्नो पुरा पायथन

उत्तराखण्ड सरकारद्वारा पतञ्जलीका १४ उत्पादनको लाइसेन्स खारेज

काठमाडौं । उत्तराखण्ड सरकारले बाबा रामदेवको पतञ्जलीका १४ उत्पादनको लाइसेन्स

म्याग्दीको अन्नपूर्णमा तीन खानेपानी आयोजना निर्माण

म्याग्दी । गोर्खा वेल्फेयर ट्रष्टको सहयोगमा जिल्लाको अन्नपूर्ण गाउँपालिकामा तीनवटा