८ माघ २०८२, बिहिबार | January 22, 2026

सिंहदरबार प्रवेशमा कडाइ, खारेज भए यसअघि जारी भएका सबै पास



काठमाडौं । कोरोना संक्रमितको संख्या दैनिक बढिरहँदा गृह मन्त्रालयले सिंहदरबार प्रवेशमा कडाइ गरेको छ ।

संक्रमणको जोखिमलाई मध्यनजर गर्दै गृह मन्त्रालयले बुधबारदेखि सिंहदरबार प्रवेशमा नयाँ व्यवस्था लागू गरेको जनाएको छ ।

मन्त्रालयका सहसचिव एवं प्रवक्ता प्रदीपकुमार कोइरालाले बुधबार एक सूचना जारी गर्दै देशको प्रमुख प्रशाशनिक निकाय सिंहदरबार प्रवेश गर्न सबै मन्त्रालय, निकाय, सचिवालय, आयोगलगायतबाट हालसम्म जारी भएका सबै प्रकारका पास खारेज गर्ने उल्लेख गरिएको छ ।

साथै अब आवश्यकता बमोजिम गृहमन्त्रालयको पूर्वसहमति लिई सम्बन्धित निकायबाटै पास जारी गर्नेलगायत ६ बुँदे नियम लागू गरिएको छ । पत्रकारलाई भने सूचना विभागबाट जारी भएको परिचयपत्रको आधारमा प्रवेश दिने सूचनामा जनाइएको छ ।

 

 

 

प्रकाशित मिति : २८ पुस २०७८, बुधबार  ८ : ५३ बजे

रेशम चौधरीको उम्मेदवारी खारेज

काठमाडौं । नागरिक उन्मुक्ति पार्टी नेपालका संरक्षक रेशमलाल चौधरीको प्रतिनिधिसभा

पश्चिमी वायुको प्रभावले शुक्रबारदेखि मौसम बदली, वर्षा र हिमपातको सम्भावना

काठमाडौं । पश्चिमी वायुको प्रभावका कारण शुक्रबार अपराह्नदेखि देशका विभिन्न

लायन्स क्लब अफ बुटवल तिलोत्तमाको २६औँ चार्टर नाइट सम्पन्न

बुटवल । लायन्स क्लब अफ बुटवल तिलोत्तमाको २६ औँ चार्टर

गृहमन्त्री अर्याल बने सरकारको प्रवक्ता

काठमाडौं । सरकारले प्रवक्ताको जिम्मेवारी गृहमन्त्री ओमप्रकाश अर्याललाई दिएको छ

जाँचबुझ आयोगको समय २० दिन थप

काठमाडौं । नेपाल सरकारले गत भदौ २३ र २४ गतेको