१९ बैशाख २०८३, शनिबार | May 2, 2026

ललिता निवास जग्गा प्रकरण : थप अनुसन्धान गर्दै सीआईबी



काठमाडौं । सरकारी वकिलको कार्यालय काठमाडौंबाट आफ्नो रायसहितको प्रतिवेदन फिर्ता आएपछि प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले बालुवाटारस्थित ललितानिवासको जग्गाको किर्ते लिखतका सम्बन्धमा थप अनुसन्धान थालेको छ ।

सीआईबीले ३०० भन्दा बढीलाई अभियुक्त बनाएर आफ्नो अनुसन्धान सकी यही २२ गते सरकारी वकिलको कार्यालयमा रायसहितको प्रतिवेदन बुझाएको थियो ।

सोमबार सरकारी वकिलको कार्यालयले थप अनुसन्धान आवश्यक भएको भनी प्रतिवेदन फिर्ता पठाएपछि सीआईबीले तथ्य तथा कागजातको विश्लेषण तथा थप अनुसन्धानमा थालेको हो ।

सीआईबीका प्रवक्ता प्रहरी उपरीक्षक श्यामकुमार महताेले भने, ‘सरकारी वकिलको कार्यालयबाट थप निर्देशन प्राप्त भएको छ, सोहीअनुसार कार्यान्वयन गरेर फेरि पठाइन्छ ।’ उनका अनुसार ब्युरोले विगत दुई वर्षदेखिको अनुसन्धान सकेर सरकारी वकिललाई छुट्टाछुट्टै चारवटा मुद्दाको प्रतिवेदन बुझाएको थियो ।

मुलुकी अपराध (संहिता) ऐन, २०७४ को दफा-२७६ अनुसार लिखत किर्तेसम्बन्धी मुद्दाको हदम्याद दुई वर्षको भए पनि उक्त मुद्दा मुलुकी ऐन आकर्षित हुने भएकाले सोहीअनुसारको हदम्याद हुने जनाइएको छ ।

सीआईबीका प्रहरी उपरीक्षकको नेतृत्वमा गठित छानबिन समितिले जग्गामा सरकारी लिखत किर्ते भएको निष्कर्षसहित प्रतिवेदन दिएको थियो । सोही आधारमा सीआईबीले अनुसन्धान थालेको थियो ।

अहिलेसम्म उक्त घटनाका आरोपी रामकुमार सुवेदी र उनकी पत्नी माधवी सुवेदी मात्रै पक्राउ परेका छन् । विसं २०४९ देखि २०६९ सम्ममा ललितानिवासको जग्गा लिखत किर्ते गरी हिनामिना भएको सार्वजनिक भएको छ ।

उता अख्तियार दुरुपयोग अनुसन्धान आयोगले समेत ललितानिवास प्रकरणमा १७५ जनाविरुद्ध उच्च अदालतमा मुद्दा दायर गरिसकेको छ । मन्त्रिपरिषद् बैठकको निर्णयअनुसार उक्त मुद्दा सीआईबी र अख्तियारले हेरिरहेको छ ।

प्रकाशित मिति : १ माघ २०७८, शनिबार  ९ : ११ बजे

राष्ट्रपतिद्वारा थप तीनवटा अध्यादेश जारी

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले नेपालको संविधानको धारा ११४ को

अमेरिकासँग कुनैपनि समय पुनः युद्ध सुरु हुनसक्ने ईरानको चेतावनी

तेहरान । ईरानले कुनै पनि समय पुनः अमेरिकासँग युद्ध सुरु

धोबीखोला ‘करिडोर’का पक्की घर भत्काउन थालियो

काठमाडौं । काठमाडौं महानगरपालिका-१० धोबीखोला क्षेत्रमा रहेको देवीनगरमा अतिक्रमण गरी

रोल्पा जीप दुर्घटनाको ३ दिनपछि सरकार – सडक सुरक्षा प्रणाली सुधार्ने प्रतिबद्धता

काठमाडौं । सरकारले देशभरका सडक सुरक्षा प्रणालीमा नीतिगत एवं संरचनागत

नेकपाले आगामी मङ्सिर ११ देखि १५ गतेसम्म काठमाडौँमा महाधिवेशन गर्ने

काठमाडौँ । नेपाली कम्युनिष्ट पार्टीले आगामी मङ्सिरमा एकता राष्ट्रिय महाधिवेशन