२५ बैशाख २०८१, मंगलबार | May 7, 2024

हुम्लामा साउनपछि पहिलो पटक कोभिड संक्रमित, एकैदिन आठ जनामा संक्रमण



सिमकोट । हुम्लामा कोरोना भाइरसको तेस्रो लहरको परीक्षण सुरु भएको छ । जिल्ला अस्पता हुम्लामा २८ जनाको एन्टिजेन विधिबाट कोरोना परीक्षण गरिएकामा ८ जनामा संक्रमण पुष्टि भएको हो ।

स्वास्थ्य सेवा कार्यालय हुम्लाका प्रमुख प्रेम सिंहका अनुसार जिल्ला अस्पताल हुम्लामा कार्यरत स्वास्थ्यकर्मी र सिमकोट गाउँपालिका स्वास्थ्य शाखाका स्वास्थ्यसहित अस्पतालको सुरक्षामा खटिएका सुरक्षाकर्मी गरी २८ जनामा परीक्षण गरिएको थियो । जसमा तीन पुरुष र पाँच महिलामा संक्रमण पुष्टि भएको हो ।

नेपालगञ्ज र सुर्खेत हुम्लाको सिमकोट हवाई यातायातबाट सजिलै जोडिने भएकाले विमानस्थलमा खटिने स्वास्थ्यकर्मीको परीक्षण गर्दा संक्रमण पुष्टि भएको हो । संक्रमित आठ जनाको स्वास्थ्य अवस्था सामान्य रहेको जिल्ला अस्पताल हुम्लाले जानकारी दिएको छ ।

कोरोना संक्रमितलाई सिमकोटस्थित आइसोलेसनमा राख्ने वा होम आइसोलेसनमा पठाउनेबारे छलफल भइरहेको स्वास्थ्य सेवा कार्यालय हुम्लाका प्रमुख सिंहले बताए ।

सिमकोटको मुख्य भिडभाड हुने स्थानमा पनि परीक्षण गरिने भएको छ । संक्रमितको सम्पर्कमा आएकालाई समेत कन्ट्याक ट्रेसिङ गरिने भएको छ ।

गत साउनपछि कोरोना संक्रमित शून्य रहेको हुम्लामा तेस्रो लहरको पहिलो कोरोना संक्रमित फेला परेका हुन् । स्वास्थ्यकर्मीले जिल्लामा रुघाखोकीका बिरामी बढेकाले कोरोना भाइरस परीक्षणको दायरा बढाउनुपर्ने देखिएको बताएका छन् ।

कोरोनाको दोस्रो लहरमा तीन हजार १३० जनाको परीक्षण गर्दा ३९९ जनामा संक्रमण देखिएको थियो । सो अवधिमा पाँच जनाको कोरोनाकै कारण मृत्यु भएको थियो ।

प्रकाशित मिति : ८ माघ २०७८, शनिबार  ११ : २२ बजे

रास्वपाको बैठकमा बजेट अधिवेशनबारे छलफल

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) संसदीय दलको बैठक सुरु

एकीकृत समाजवादीको स्थायी समिति बैठक शनिबार

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)को स्थायी समिति बैठक

चट्याङ लागेर बालकको मृत्यु

अछाम । चट्याङ लागेर रामारोशन गाउँपालिका-७ मेलकाटिया निवासी कमल भण्डारीका

उपप्रधानमन्त्री यादव स्वदेश फिर्ता

काठमाडौं । उपप्रधानमन्त्री एवं स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री उपेन्द्र यादव संयुक्त

हमासले स्वीकार गर्यो युद्धविरामको प्रस्ताव

काठमाडौं । हमासले सात महिना लामो युद्ध अन्त्य गर्न युद्धविरामको