१२ बैशाख २०८१, बुधबार | April 24, 2024

निर्णय गर्ने सबै अधिकार प्रचण्डलाई सुम्पँदै सकियो माओवादी पूर्व स्थायी कमिटी सदस्यहरुको बैठक



काठमाडौं । नेकपा (माओवादी केन्द्र) को पूर्व स्थायी कमिटी सदस्यहरुको बैठक पार्टीका प्राय सबै गतिबिधिको निर्णय गर्ने जिम्मा पार्टी अध्यक्ष प्रचण्डलाई सुम्पँदै सकिएको छ । पूर्व स्थायी कमिटी सदस्यहरुको बैठक कोरोनाको महामारी कम नभएसम्म जनपरिचालनका कामहरु देखि बाँकी रहेका संगठनात्मक कामहरु टुंग्याउने जिम्मा पनि पार्टी अध्यक्ष प्रचण्ड लाई दिने निर्णय गर्दै सकिएको हो ।

शनिवार पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा बसेको पूर्व स्थायी कमिटी सदस्यहरुको बैठकले जनपरिचालनको जिम्मेवारी सहित बाँकी रहेका संगठनात्मक कामहरु टुंग्याउने जिम्मा पार्टी अध्यक्ष प्रचण्डलाई दिने निर्णय गरेको माओवादी केन्द्रका नेता कृष्णबहादुर महराले जानकारी दिए।

उनले बैठकमा एमसीसीको बारेमा चर्को बहस भइरहेको उल्लेख गर्दै त्यसलाई समाधान गर्न पार्टीले एउटा कार्यदल बनाएको र कार्यदलले सुझाव दिएपछि मात्रै परिमार्जनसहित अघि बढ्ने कुरामा छलफल भएको पनि बताए ।

महराका अनुसार बैठकमा निर्वाचनका बारेमा पनि छलफल भएको थियो। चुनावमा सकेसम्म कम खर्चमा सकेसम्म तीनवटा चुनाव एकैपटक गर्न पाए राम्रो भन्ने ढंगले बैठकमा छलफल चलेको महराले जानकारी दिए । ‘निर्वाचन आयोग, बुद्धिजीविहरु, पत्रकारहरू, त्यसपछि कानूनविदसँग सल्लाह लिएर यसको निष्कर्षमा पुग्न बाँकी नै छ ।’ उनले भने ।

 

प्रकाशित मिति : ८ माघ २०७८, शनिबार  १२ : ३५ बजे

बुटवलमा रहेको सिद्धबाबा हस्पिटल एण्ड रिसर्च सेन्टर प्रालि ७ औं वर्षमा प्रवेश

बुटवल । युवा विशेषज्ञ चिकित्सकहरुको लगानीमा स्थापना भएको बुटवलमा सञ्चालित

महोत्तरीको मटिहानीमा सयौ घर जलेर नष्ट, आगो अझैँ नियन्त्रण बाहिर

महोत्तरी । महोत्तरीको मटिहानी नगरपालिकाको वडा नं.६ स्थित जरलहवा गाछीमा

रविको दाबी – हरेक महिना ठूलो भ्रष्टाचारीलाई पक्रन्छु भनेको छु, सप्राइज कुरेर बस्नु होला

इलाम । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति एवं गृहमन्त्री रवि

तिलोत्तमाको जंगलमा डढेलो निभाउन गएको दमकल आफै जलेर ध्वस्त

बुटवल । रुपन्देहीमा डढेलो निभाउन गएको एक दमकल आफै डढेलोको

कर्णालीका नवनियुक्त मन्त्री परियारले लिए शपथ

सुर्खेत । कर्णाली प्रदेशका नवनियुक्त मन्त्री रणसिंह परियारले पद तथा