१२ बैशाख २०८३, शनिबार | April 25, 2026

निर्णय गर्ने सबै अधिकार प्रचण्डलाई सुम्पँदै सकियो माओवादी पूर्व स्थायी कमिटी सदस्यहरुको बैठक



काठमाडौं । नेकपा (माओवादी केन्द्र) को पूर्व स्थायी कमिटी सदस्यहरुको बैठक पार्टीका प्राय सबै गतिबिधिको निर्णय गर्ने जिम्मा पार्टी अध्यक्ष प्रचण्डलाई सुम्पँदै सकिएको छ । पूर्व स्थायी कमिटी सदस्यहरुको बैठक कोरोनाको महामारी कम नभएसम्म जनपरिचालनका कामहरु देखि बाँकी रहेका संगठनात्मक कामहरु टुंग्याउने जिम्मा पनि पार्टी अध्यक्ष प्रचण्ड लाई दिने निर्णय गर्दै सकिएको हो ।

शनिवार पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा बसेको पूर्व स्थायी कमिटी सदस्यहरुको बैठकले जनपरिचालनको जिम्मेवारी सहित बाँकी रहेका संगठनात्मक कामहरु टुंग्याउने जिम्मा पार्टी अध्यक्ष प्रचण्डलाई दिने निर्णय गरेको माओवादी केन्द्रका नेता कृष्णबहादुर महराले जानकारी दिए।

उनले बैठकमा एमसीसीको बारेमा चर्को बहस भइरहेको उल्लेख गर्दै त्यसलाई समाधान गर्न पार्टीले एउटा कार्यदल बनाएको र कार्यदलले सुझाव दिएपछि मात्रै परिमार्जनसहित अघि बढ्ने कुरामा छलफल भएको पनि बताए ।

महराका अनुसार बैठकमा निर्वाचनका बारेमा पनि छलफल भएको थियो। चुनावमा सकेसम्म कम खर्चमा सकेसम्म तीनवटा चुनाव एकैपटक गर्न पाए राम्रो भन्ने ढंगले बैठकमा छलफल चलेको महराले जानकारी दिए । ‘निर्वाचन आयोग, बुद्धिजीविहरु, पत्रकारहरू, त्यसपछि कानूनविदसँग सल्लाह लिएर यसको निष्कर्षमा पुग्न बाँकी नै छ ।’ उनले भने ।

 

प्रकाशित मिति : ८ माघ २०७८, शनिबार  १२ : ३५ बजे

आज ५७२ सवारी चालकलाई कारबाही

काठमाडौँ । ट्राफिक प्रहरीको विशेष अभियानअन्तर्गत ‘सप्राइज चेकिङ’का क्रममा आज

विपद्जन्य घटना : १२ दिनमै २३ जनाको मृत्यु, ७३ जना घाइते

काठमाडौँ । विभिन्न विपद्जन्य घटनामा परेर यो महिनाको १२ दिनमै

विभिन्न जिल्लामा भारी वर्षा, अझै बदली हुने

काठमाडौँ । मौसम बदलीसँगै आज देशका विभिन्न जिल्लामा भारी वर्षा

बुटवलमा सरकारी जग्गामा बनेका संरचना हटाइने, उपमहानगरको सूचनापछि डोजर चल्ने सम्भावना

बुटवल । बुटवल उपमहानगरपालिकाले सरकारी स्वामित्वको जग्गामा निर्माण गरिएका घरटहरा

सुकुमवासी क्षेत्रबाट उद्धार गरिएकाहरुलाई होटल व्यवसायी महासंघले अस्थायी आश्रय दिने

काठमाडौं । सरकारले थापाथली, मनोहरा लगायतका स्थानबाट सुकुमवासीहरुलाई हटाउन थालेसँगै