१३ बैशाख २०८१, बिहिबार | April 26, 2024

बुटवलमा ईही तथा क्येटा पूजा सम्पन्न



बुटवल । नेवाः समुदायमा अनिवार्य मानिएको कन्याहरुको बेल विवाह (ईही यज्ञ)र कुमारहरुको ब्रतबन्ध – क्येटा पूजा) बुटवलमा सम्पन्न भएको छ । कोभिड संक्रमण बढेसंगै पुर्वनिर्धारिक कार्यक्रमलाई संकचन गर्दै स्वास्थ्य सावधानी अपनाएर दुबै पूजा सम्पन्न भएको हो ।

शुक्रबारबाट देबीनगर स्थित भुपुसैनिक सभा हलमा सुरु भएको ईही दुई दिन लगाएर आज सम्पन्न भएको छ भने कुमारहरुको क्येटा पुजा पनि आजै सम्पन्न भएको छ । नेवाः सेवा समितिको आयोजनामा सम्पन्न भएको ईही यज्ञका लागि काठमाडौंका नेवारी पंडित हरिशरण राजोपाध्यायबाट नेवारी संस्कृति अनुसार विधिपुर्वक पुजा सम्पन्न भएको समितिका अध्यक्ष तिरिन्जिवी श्रेष्ठले जानकारी दिए । ईही यज्ञसंगै नेवारी कुमारहरुको सामुहिक क्येटा पुजा(ब्रतबन्ध) भने श्रीराजोपाध्यायबाट गरिएको थियो ।

‘यो वर्ष ५१ जना कन्याको ईहि यज्ञ र २० जना बालकको ब्रतबन्ध सम्पन्न भएको छ ।’–अध्यक्ष श्रेष्ठले बताए । बिबाह उत्सवमै जस्तो नातेदार र आफन्तहरुलाई निम्ता गरेर भोज खुवाउने गरिएपनि कोरोना महामारीले बिकराल रुप दिँदै गएका कारण पुजालाई आवश्यक नाता बाहेकका अन्यलाई सहभागी नगराईएको उनले बताए । इही पुजामा कन्याका बुवा, आमा तथा फुपु र मामाको अनिवार्य उपस्थिती हुनुपर्ने नेवाः परम्परा रहँदै आएको छ ।

नेवारी भाषा र संस्कृति जगेर्ना गर्ने रुपमा आफुहरु लागेको संयोजक सीता ध्वजुले बताए । महिला समितिका उपाध्यक्ष सरस्वती श्रेष्ठ, सल्लाहकार मन्जु श्रेष्ठले नेवार समुदायमा कन्याको पहिलो बिबाहका रुपमा इही (बेलबिबाह)मा बैबाहिक रितीलाई पूर्णता दिइने बताए ।

प्रकाशित मिति : ८ माघ २०७८, शनिबार  ४ : ४७ बजे

टोपबहादुर रायमाझीलाई धरौटीमा छोड्न सर्वोच्च अदालतबाट अस्वीकार

काठमाडौं । सर्वोच्च अदालतले एमालेका नेता टोपबहादुर रायमाझीलाई धरौटीमा छोड्न

बजारमा निम्न गुणस्तरको वाईवाई चाउचाउ, चौधरी ग्रुपलाई २ लाख जरिवाना

काठमाडौं । काठमाडौँ महानगरपालिकाले चौधरी ग्रुपलाई २ लाख रुपैयाँ जरिवाना

पूर्वमन्त्री आलमलाई जन्मकैदको सजाय

काठमाडौं । पूर्वमन्त्री मोहम्मद अफताब आलमलाई जन्मकैदको सजाय भएको छ

एएचजेड यूके युनिभर्सिटी रिप्रेजेन्टेटिभको नयाँ शाखा बुटवलमा सञ्चालन

बुटवल । अध्ययनका लागि बेलायत जाने विद्यार्थीहरुलाई लक्षित गरि बुटवलमा

भीम रावलले गरे एमाले छोड्ने संकेत !

काठमाडौं । नेकपा एमालेका नेता एवं पूर्व उपप्रधानमन्त्री डा. भीम