४ पुस २०८२, शुक्रबार | December 19, 2025

नेपालमा थपिए १० हजार २५४ नयाँ संक्रमित, १६ जनाको मृत्यु



काठमाडौं । पछिल्लो २४ घण्टामा नेपालमा थप १० हजार २५४ जनालाई कोरोना भाइरसको संक्रमण देखिएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार २० हजार १८७ जनामा गरिएको परीक्षणमा १० हजार २५४ जनामा संक्रमण पुष्टि भएको हो ।

संक्रमण दर बढेर ५६ दशमलव ८ प्रतिशत पुगेको छ । बुधबार ५२ दशमलव ६ रहेको संक्रमण दर पुगेकोमा बिहीबार र शुक्रबार भने घटेर क्रमशः ४७ दशमलव ९ र ४७ दशमलव ३ प्रतिशत थियो ।

कोरोनाका कारण लामो समयपछि एकै दिनमा धेरै जनाको मृत्यु पनि भएको छ । मन्त्रालयका अनुसार २४ घण्टाको बीचमा १६ जनाको मृत्यु भएको छ ।

संक्रमितमध्ये सबैभन्दा धेरै काठमाडौं उपत्यकामा रहेका छन् । उपत्यकामा ५ हजार ३०६ जना संक्रमित थपिएका छन्। जसमध्ये काठमाडौंमा ३ हजार ७६२, ललितपुरमा १ हजार ११० र भक्तपुरमा ४३४ जना संक्रमित थपिएका हुन् । १७ जिल्लामा संक्रिय संक्रमितको संख्या २०० भन्दा बढी भइसकेको छ ।

मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ७०८ जना संक्रमणमुक्त भएका छन् । आज देशभर सक्रिय संक्रमितको संख्या ७२ हजार ८६२ पुगेको छ ।

मन्त्रालयका अनुसार हालसम्म देशमा ११ हजार ६ सय ५१ जना सङ्क्रमितले ज्यान गुमाइसकेका छन् ।

नेपालमा कूल सङ्क्रमितमध्ये ८ लाख २० हजार २८३ जना सङ्क्रमणमुक्त भइसकेका छन् । देशभर हाल ७२ हजार ८६२ जना सक्रिय सङ्क्रमित रहेका छन् ।मन्त्रालयका अनुसार थप १ लाख ९६ हजार ८५७ जनाले कोरोनाभाइरस विरुद्धको खोप लगाएका छन् ।

प्रकाशित मिति : ८ माघ २०७८, शनिबार  ४ : ५९ बजे

रवि लामिछाने आज रिहा हुँदै

काठमाडौं । सहकारी ठगी प्रकरणमा थुनामा परेका राष्ट्रिय स्वतन्त्र पार्टी

शुक्लाफाँटाका कुखुरा फार्ममा ‘फाउल पोक्स’को सङ्क्रमण

कञ्चनपुर । यहाँको शुक्लाफाँटा नगरपालिकाका स्थानीय किसानले फार्ममा पालेका कुखुरामा

जेनजी आन्दोलनका घाइतेहरूको वर्गीकरण गरिँदै

काठमाडौं । सरकारले गत भदौ २३ र २४ गतेको युवापुस्ता

निर्वाचन केन्द्रित सुरक्षा चुस्त पार्दै नेपाल प्रहरी

काठमाडौं । आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचन, २०८२ लाई स्वतन्त्र, निष्पक्ष,

एकता सन्देश सभामा सहभागी हुन पार्टी मातहतका कमिटीलाई आह्वान

काठमाडौं । नेपाली कम्युनिष्ट पार्टीले यही पुस ५ गते भृकुटीमण्डपमा