६ फाल्गुन २०८२, बुधबार | February 18, 2026

नेपालमा थपिए १० हजार २५४ नयाँ संक्रमित, १६ जनाको मृत्यु



काठमाडौं । पछिल्लो २४ घण्टामा नेपालमा थप १० हजार २५४ जनालाई कोरोना भाइरसको संक्रमण देखिएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार २० हजार १८७ जनामा गरिएको परीक्षणमा १० हजार २५४ जनामा संक्रमण पुष्टि भएको हो ।

संक्रमण दर बढेर ५६ दशमलव ८ प्रतिशत पुगेको छ । बुधबार ५२ दशमलव ६ रहेको संक्रमण दर पुगेकोमा बिहीबार र शुक्रबार भने घटेर क्रमशः ४७ दशमलव ९ र ४७ दशमलव ३ प्रतिशत थियो ।

कोरोनाका कारण लामो समयपछि एकै दिनमा धेरै जनाको मृत्यु पनि भएको छ । मन्त्रालयका अनुसार २४ घण्टाको बीचमा १६ जनाको मृत्यु भएको छ ।

संक्रमितमध्ये सबैभन्दा धेरै काठमाडौं उपत्यकामा रहेका छन् । उपत्यकामा ५ हजार ३०६ जना संक्रमित थपिएका छन्। जसमध्ये काठमाडौंमा ३ हजार ७६२, ललितपुरमा १ हजार ११० र भक्तपुरमा ४३४ जना संक्रमित थपिएका हुन् । १७ जिल्लामा संक्रिय संक्रमितको संख्या २०० भन्दा बढी भइसकेको छ ।

मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ७०८ जना संक्रमणमुक्त भएका छन् । आज देशभर सक्रिय संक्रमितको संख्या ७२ हजार ८६२ पुगेको छ ।

मन्त्रालयका अनुसार हालसम्म देशमा ११ हजार ६ सय ५१ जना सङ्क्रमितले ज्यान गुमाइसकेका छन् ।

नेपालमा कूल सङ्क्रमितमध्ये ८ लाख २० हजार २८३ जना सङ्क्रमणमुक्त भइसकेका छन् । देशभर हाल ७२ हजार ८६२ जना सक्रिय सङ्क्रमित रहेका छन् ।मन्त्रालयका अनुसार थप १ लाख ९६ हजार ८५७ जनाले कोरोनाभाइरस विरुद्धको खोप लगाएका छन् ।

प्रकाशित मिति : ८ माघ २०७८, शनिबार  ४ : ५९ बजे

सुनचाँदीको मूल्य घट्यो

काठमाडौँ । आज स्थानीय बजारमा सुनचाँदीको मूल्यमा सामान्य गिरावट आएको

बाँकेका सीमावर्ती पसलमा अवैध भारतीय ‘अण्डा’ फेला

नेपालगन्ज । बाँकेका सीमावर्ती पसलमा नेपाल सरकारले प्रतिबन्ध लगाएको भारतीय

पशुपतिनाथ मन्दिरमा खटिएका प्रहरीमाथि आक्रमण गर्ने युवक पक्राउ

काठमाडौं । महाशिवरात्री पर्वको सुरक्षाका लागि पशुपतिनाथ मन्दिर क्षेत्रमा खटिएका

नेपाली कांग्रेसको ‘प्रतिज्ञापत्र’ सर्वसम्मत पारित

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको भर्चुअल बैठकले आगामी प्रतिनिधिसभा

रास्वपा मधेश प्रदेशकी संस्थापक सभापति ममता शर्माद्वारा पार्टी परित्याग

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) मधेश प्रदेशकी संस्थापक सभापति