१४ बैशाख २०८१, शुक्रबार | April 26, 2024

आइटम गीतमा कति पारिश्रमिक लिन्छन् अभिनेत्री ?



काठमाडौं । फिल्ममा आइटम गीत निकै रुचाइने गरिएको छ । एक आइटम नम्बरका लागि अभिनेत्रीहरु करोडौं रुपैंयाँ पारिश्रमिक लिन्छन् । आइटम गर्ल बन्नका लागि सामन्था रुथ प्रभुदेखि लिएर ज्याकलिन फर्नान्डिजसम्मका अभिनेत्रीले लाखौंदेखि करोड रुपैयाँसम्म पारिश्रमिक लिने गरेका छन् ।

दक्षिण भारतीय अभिनेत्री सामन्था रुथ प्रभु आइटम गीतमा महंगो पारिश्रमिक लिने अभिनेत्रीमा पहिलो नम्बरमा पर्छिन् । उनी एक आइटम गीतका लागि पाँच करोड पारिश्रमिक लिन्छिन् ।

बलिउड अभिनेत्री ज्याकलिन फर्नान्डिजले कैयौं आइटम गीतमा कम्मर मर्काइसकेकी छन् । तर, कमैलाई मात्र थाहा होला कि उनी एक आइटम गीतका लागि तीन करोड पारिश्रमिक थाप्छिन् ।

अभिनेत्री सनी लियोनी आफ्नो करियरको सुरुवाती दिनमा एक आइटम गीतका लागि २५ लाख रुपैंयाँ लिन्थिइन् । तर, अहिले भने उनको पारिश्रमिक बढेर तीन करोड पुगेको छ ।

अभिनेत्री चित्रांगदा सिंहले केही आइटम गीतमा ठुम्का लगाएकी छन् । यद्यपि, उनले जुन गीतहरूमा नृत्य गरिन्, ती गीत सुपरहिट साबित भए । उनी एक गीतका लागि ६० लाख रुपैंयाँ चार्ज लिन्छिन् ।

अभिनेत्री कटरीना कैफले ‘चिकनी चमेली’ र ‘शीला’ जस्ता गीतका लागि ५० लाख पारिश्रमिक लिएकी छन् । उनले फिल्म ‘धुम ३’ पछि आफ्नो आइटम पारिश्रमिक बढाएकी छन् ।

‘दिलबर’ देखि ‘साकी-साकी’सम्म नोरा फतेहीले कयौं आइटम नम्बर गरिसकेकी छन् । उनी एक आइटम गीतका लागि ५० लाख पारिश्रमिक लिन्छिन् ।

प्रकाशित मिति : ९ माघ २०७८, आइतबार  ३ : २४ बजे

लगानी सम्मेलनमा एक सय ५१ परियोजना प्रस्तुत गरिँदै

काठमाडौं । मुलुकमा प्रत्यक्ष वैदेशिक लगानी भित्र्याएर कलकारखाना, उद्योगधन्दा स्थापनालगायत

फ्राइडे रिलिज : आजबाट चलचित्र ‘बोक्सीको घर’ प्रदर्शन

काठमाडौं । नेपाली कथानक चलचित्र ‘बोक्सीको घर’ आजबाट प्रदर्शन भएको

हैदरावादमाथि बेंगलोरको ३५ रनले बिजयी

काठमाडौं । भारतमा जारी इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत गएराति

विकास, आर्थिक मामिला तथा सुशासन समितिको बैठक बस्दै

काठमाडौं । संसदीय समितिको बैठक बस्दै छ । आज विकास,

मेचीनगरमा तीन खानेपानी आयोजना सम्पन्न

झापा । मेचीनगर नगरपालिका क्षेत्रभित्र तीनवटा ठूला खानेपानी आयोजना निर्माण