२४ असार २०८३, बुधबार | July 8, 2026

वैशाखमा चुनाव नगर्ने गठबन्धनका नेताहरुबीच सहमति !



काठमाडौं । सत्तारुढ गठबन्धनबीच संविधानसँग बाँझिएका कानुनमा संशोधन गरेर नयाँ चुनाव गराउने सहमति भएको छ । यस सहमति सँगै आगामी वैशाखका लागि गरिनुपर्ने भनिएको चुनाव अब असोजपछि मात्र हुने भएको हो ।

आइतबार बालुवाटारमा बसेको गठबन्धनका शीर्ष नेताहरुको बैठकले संविधानसँग बाझिएका कानुन संशोधन गरी स्थानीय निर्वाचन गर्ने सहमति भएको हो ।

जनता समाजवादी पार्टी९जसपा० का संघीय परिषद् अध्यक्ष डा बाबुराम भट्टराईले संविधानसँग बाझिएका कानुनमा सुधार गरेर स्थानीय तहका तीन चरणको चुनावबाट गठित पालिकाहरूको कार्यकाल पूरा हुनासाथ संविधान बमोजिम नयाँ चुनाव गराउने गठबन्धनमा सर्वसम्मत सहमति भएको जानकारी दिए ।

२०७४ सालमा वैशाख ३१, जेठ ३१ र असोज २ गते गरि तीन चरणमा स्थानीय तहको निर्वाचन भएको थियो । तीन तहमा चुनाव भएसँगै कुन मितिलाई आधार मान्ने भन्ने विवाद देखिएको छ ।

निर्वाचन आयोगले स्थानीय तहको आगामी निर्वाचनका लागि मिति तोक्न ढिलाइ भइरहेको बताइरहँदा सत्ता गठबन्धन भने वैशाखमै निर्वाचन नगराउने बारे कानुन व्यवसायीहरुसँग छलफलमा जुटेको हो । कानुन व्यवसायीहरूले सत्तारुढ दलहरुलाई संविधानसँग स्थानीय तह निर्वाचन ऐन बाझिएको भन्दै संशोधन गर्न सुझाव दिएका छन् ।

आइतबार सत्तारुढ पाँचदलीय गठबन्धनका नेताहरुसँग छलफलमा कानुन व्यवसायीहरुले संविधानअनुसार कार्यकाल सकिएको ६ महिनाभित्र स्थानीय तह निर्वाचन गर्ने गरी ऐन संशोधन गर्न सुझाव दिएका हुन् ।

स्थानीय तहको निर्वाचन ऐन २०७३ को दफा ३ र संविधानको धारा २२५ बाझिएको देखिएकाले संविधानको धारा १ अनुसार यस संविधानसँग बाझिएका कानुनहरु बाझिएकोहरुसम्म अमान्य हुने छ भन्ने व्यवस्था भएकाले सो अनुसार कानुन संशोधन गर्ने सुझाव दिएका हुन् ।

 

प्रकाशित मिति : ९ माघ २०७८, आइतबार  ८ : २१ बजे

‘झ्याप्प–झ्याप्प’ बत्ती जाने समस्या समाधान अभियान सुरु

काठमाडौं । पटक-पटक विद्युत् अवरुद्ध (ट्रिपिङ)हुने समस्या देखिएपछि ऊर्जा, जलस्रोत

फिफा विश्वकप फुटबल २०२६ को क्वार्टरफाइनल समीकरण पूरा

काठमाडौं । फिफा विश्वकप फुटबल २०२६ को क्वार्टरफाइनल समीकरण पूरा

उपत्यकामा बर्डफ्लु सङ्क्रमण यथावत्

ललितपुर । बर्डफ्लु सङ्क्रमण देशका अधिकांश जिल्लामा नियन्त्रणमा आए पनि

कोलम्बियालाई हराउँदै स्वीट्जरल्यान्ड ‘क्वार्टरफाइनल’मा प्रवेश

काठमाडौं । कोलम्बियालाई हराउँदै स्वीट्जरल्यान्ड फिफा विश्वकप २०२६ को क्वार्टरफाइनलमा

देशभर मनसुन सक्रिय, आज भारी वर्षा र हुरीबतासको सम्भावना

काठमाडौं । देशभर मनसुनी वायु सक्रिय रहेकाले आज पनि अधिकांश