१४ बैशाख २०८१, शुक्रबार | April 27, 2024

ललितपुर महानगरपालिकामा आजदेखि पाँच दिनका लागि अत्यावश्यकबाहेकका सेवा बन्द



काठमाडौं । ललितपुर महानगरपालिका पाँच दिनका लागि बन्द भएको छ । आइतबार महानगरपालिकाले सूचना जारी गर्दै कोरोना संक्रमण तीव्र बनेपछि पाँच दिनका लागि महानगरका सबै सेवा बन्द भएको जानकारी गराएको हो ।

महानगरपालिकाका कर्मचारी र जनप्रतिनिधिलाई संक्रमण पुष्टि भएपछि आजबाट पाँच दिनका लागि महानगरपालिका बन्द भएको हो ।

महानगरपालिकाबाट प्रदान गरिने अत्यावश्यक बाहेकका सेवा बन्द गरिएको महानगरका प्रमुख प्रशासकीय अधिकृत गणेश अर्यालले सार्वजनिक गरेको सूचनामा उल्लेख छ ।

‘धेरै कर्मचारीलाई सङ्क्रमण भएकाले आलोपालो सेवा दिने अवस्थासमेत नरहेकाले सोमबारदेखि शुक्रवारसम्म महानगरपालिका बन्द रहनेछ,’ सार्वजनिक सूचनामा भनिएको छ, ‘महानगरबाट दिइने स्वास्थ्य सेवा, दमकल, शववाहन, एम्बुलेन्स, सरसफाइ र नगर प्रहरीले दिने सेवा भने सञ्चालन हुनेछन् ।’

प्रकाशित मिति : १० माघ २०७८, सोमबार  ८ : ३३ बजे

इलाम र बझाङ उपनिर्वाचनः मतदानमा सहभागी हुन आयोगको अपिल

काठमाडौं । निर्वाचन आयोगले इलाम र बझाङमा भोलि हुन लागेको

पहिलो पटक हुम्ला पुगे दुई टिपर, स्थानीयले गरे फूलमालाले स्वागत

हुम्ला । राष्ट्रिय सडक सञ्जालसँग नजाडिएको हिमाली जिल्ला हुम्लाको सदरमुकाम

बुटवलपछि बागमती प्रदेशका सरकारी कार्यालयमा पनि तीन भाषामा बडापत्र

हेटौंडा । बुटवल उपमहानगरपालिकाले आफ्नो कार्यालय परिषरमा ४ भाषामा बडापत्र

अर्थतन्त्र मिश्रित अवस्थामा छ : गभर्नर अधिकारी

काठमाडौं । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले अहिले मुलुकको

अमेरिकी विदेशमन्त्री ब्लिन्कन र चिनियाँ राष्ट्रपति सीबीच भेटवार्ता

काठमाडौं । अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिन्कनले चिनियाँ राष्ट्रपति सी जिनपिङसँग