१६ जेष्ठ २०८३, शनिबार | May 31, 2026

पाकिस्तानले पायो सर्वोच्चमा पहिलो महिला न्यायाधीश



इस्लामाबाद । पाकिस्तानमा पहिलो पटकमा सर्बोच्च अदालतमा महिला न्यायाधीश नियुक्त भएकी छिन् ।

न्यायाधीश आयसा मलिकले सोमबार सर्वोच्च आदलतको न्यायाधीशको सपथ खाएर इतिहास रचेकी हुन् ।

बिहीबार पाकिस्तानको न्याय सेवा आयोग (जेसीपी)ले मलिकलाई सर्वोच्चको न्यायाधीश नियुक्तिका लागि सिफारिश गरेको थियो । आयोगका पाँच सदस्यमध्ये चार जनाले उनको पक्षमा मतदान गरेका थिए । सर्वोच्चका प्रधान न्यायाधीश गुल्झर अहमेदले सोमबार नै मलिकलाई पद तथा गोपनियताको सपथ खुवाएका छन् ।

मलिकलाई सर्वोच्चको न्यायाधीश हुन त्यति सहज वातावरण भने थिएन। किनकी उनको प्रमोसनमा केही वकिलहरुले विरोध गरेका थिए । वरिष्ठताका हिसावले उनी लाहोर उच्च न्यायालयको चौथो वरियतामा थिइन् ।

सर्वोच्चका १७ न्यायाधीशमध्ये अगस्टमा  एक जना न्यायाधीशले सेवानिवृत्त पाएपछि एउटा सिट रिक्त थियो । -एजेन्सी

प्रकाशित मिति : १० माघ २०७८, सोमबार  १ : ५१ बजे

एमाले सङ्गठन विभागको राष्ट्रिय कार्यशाला तय

काठमाडौँ । नेकपा (एमाले)ले सदस्यता नवीकरण तथा अभिप्रेरणाका लागि यही

हराएको डेढ महिनापछि जङ्गलमा शव भेटियो

म्याग्दी । डेढ महिनाअघि घरबाटै हराएको म्याग्दीको धवलागिरी गाउँपालिका–१ गुर्जाका

ढुक्क हुनुस्, देश बनाउँछौँ : महामन्त्री शाह

भरतपुर । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का महामन्त्री भूपदेव शाहले पार्टी

पर्साको ठोरीमा १९१ मिलिमिटर वर्षा, देशभर तापक्रम घट्यो

काठमाडौँ । पछिल्लो २ दिनदेखि मौसममा थप बदली भई ठाउँठाउँमा

नागरिकको सर्वोच्चता कांग्रेसको पहिलो प्राथमिकता हो : गगन थापा

पाटन । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले नागरिक सर्वोच्चता आफू