२७ भदौ २०८३, शनिबार | September 13, 2026

३० ग्राम ब्राउन सुगर र ब्राउन सुगर बेचेको पैसा सहित ३ जना प्रहरी नियन्त्रणमा



नेपालगन्ज । बाँके प्रहरीले नेपालगन्जमा ब्राउन सुगरको कारोबार गर्ने गिरोहका ३ जनालाई पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालयको लागु औषध नियन्त्रण ब्यूरो र वडा प्रहरी कार्यालयको संयुक्त टोलिले नेपालगन्ज १० ट्राफिक चोकबाट ३० ग्राम ब्राउन सुगर र ब्राउन सुगर बेचेको पैसा सहित ३ जनालाई पक्राउ गरेको हो ।

पक्राउ पर्नेहरुमा नेपालगन्ज १० की ३५ वर्षिय स्थानीय मुन्नी जोलाहा, नेपालगन्ज १६ का ३९ वर्षिय कल्लु जोलाहा र सोही स्थानकी ३५ वर्षिया जरिना अन्सारी रहेका छन् । प्रहरीका अनुसार मुन्नीको सुइटरको खोल्टीबाट ३० ग्राम ब्राउन सुगर बरामद भएको छ भने अन्य २ जनाबाट नेपाली ७० हजार ५ सय र ७९ हजार ३५० भारतीय रुपैयाँ गरि १ लाख ८३ हजार साठी रुपैयाँ समेत बरामद भएको छ ।

उनीहरुलाई लागु औषध कारोबार ऐन बमोजिम अनुसन्धान भइरहेको बाँके प्रहरी प्रवक्ता डीएसपी मधुसुदन न्यौपानेले बताए ।

प्रकाशित मिति : १० माघ २०७८, सोमबार  ४ : ३२ बजे

भोटेकोशी बाढी अपडेट : १ हजार ३ सय ८४ जनाको शव फेला

काठमाडौं । रसुवाको भोटेकोशीमा आएको विनाशकारी बाढीका कारण शनिबार राति

अन्नपूर्णले जित्यो नेपाल भलिबल लिगको उपाधि

काठमाडौँ । पहिलो संस्करणको नेपाल भलिबल लिग (एनभिएल) को उपाधि

बाढीले बगाएका गरगहनासहित धादिङमा एक पक्राउ

धादिङ । भोटेकोशी–त्रिशूली नदीमा गएको बाढीले बगाएर ल्याएका गरगहना फेला

प्रेस स्वतन्त्रता सेनानी गुप्ताको ९८ औँ जन्मजयन्ती : पत्रकारको निःशुल्क मिर्गौला परीक्षण

नेपालगन्ज । प्रेस स्वतन्त्रता सेनानी स्वर्गीय पन्नालाल गुप्ता ‘चाचा’को ९८औँ

बुटवलमा ‘बिजनेस ब्रह्मास्त्र’ एकदिने व्यवसायिक प्रशिक्षण हुँदै

बुटवल । व्यवसायमा नयाँ सम्भावना खोजिरहेका उद्यमी तथा व्यवसायीलाई लक्षित