२२ बैशाख २०८१, शनिबार | May 4, 2024

चितवनमा संक्रमितको संख्या उच्च, असर सामान्य



चितवन । कोभिड–१९ को तेस्रो लहर सुरुभएपछि चितवनमा संक्रमणदर ह्वात्तै बढेको छ । सोमबार सर्वाधिक संख्यामा संक्रमित थपिएका छन् । संक्रमणदर उच्च भए पनि मृत्युदर र निको हुने दर भने न्यून छ । गम्भिर प्रकृतिका बिरामी पनि संक्रमणदरका अनुपातमा बढेका छैनन् ।

स्वास्थ्य कार्यालय चितवनकाअनुसार पछिल्लो २४ घण्टामा ५८३ नयाँ संक्रमित थपिए । ८१ जना मात्रै संक्रमणमुक्त भए । मृत्यु भने कसैको भएको छैन । पछिल्लो दुई सातामा तीन हजार ५०१ संक्रमित थपिँदा २२९ संक्रमित मात्रै संक्रमणमुक्त भए । एक जना संक्रमितको मृत्यु भयो ।

जिल्लामा सोमबार तीन हजार ३९० सक्रिय संक्रमित छन् । तीमध्ये तीन हजार ३४९ संक्रमित होम आइसोलेसनमा छन् भने ४१ संक्रमित मात्रै अस्पताल आइसोलेसनमा छन् । तेस्रो लहर सुरुभएपछि जिल्लामा स्वास्थ्यकर्मी नै संक्रमित हुने क्रम बढेको छ ।

सोमबारसम्म ५३७ जना स्वास्थ्यकर्मीमा संक्रमण पुष्टि भएको स्वास्थ्य कार्यालय चितवनकी सूचना अधिकारी गिताञ्जली ढकालले बताइन् । तीमध्ये करिब २५० संक्रमित अझै पनि आइसोलेसनमा छन् । हालसम्म भरतपुर अस्पतालका ८३, क्यान्सर अस्पतालका १४४, चितवन मेडिकल कलेजका ११४ र पुरानो मेडिकल कलेजका ३४ स्वास्थ्यकर्मीमा संक्रमण देखिएको छ ।

‘संक्रमण देखिएको पाँच दिनसम्ममा संक्रमितमा कुनै लक्षण देखिएन भने काममा फिर्ता आउनुपर्ने भनिएको छ । त्यस हिसाबले आधा भन्दा बढी स्वास्थ्यकर्मी काममा आइसक्नुभएको छ’, उनले भनिन् ।

यसअघि संक्रमण देखिएको १४ दिनसम्म आइसोलेसनमा बस्नुपर्ने मापदण्ड थियो । अहिले लक्षण देखिएका व्यक्ति बढीमा सात दिनसम्म आइसोलेसनमा बस्न सक्ने उनले बताइन् । लक्षण नदेखिएका स्वास्थ्यकर्मी काममा फिर्ता आइसकेकाले खोप अभियान प्रभावित नभएको उनी बताउँछिन् ।

अस्पतालमा ४७ जना मात्रै

तेस्रो लहरको कोरोनाले संक्रमितमा गम्भिर असर गरेको देखिँदैन । जुन हिसाबले संक्रमित थपिएका छन्, अस्पतालमा भर्ना हुने विरामीको संख्या भने न्युन छ । यहाँका अस्पतालमा चितवनलगायत विभिन्न जिल्लाका गरि ४७ जना संक्रमित मात्रै उपचाररत छन् ।

चितवनका ४१ र अन्य जिल्लाका छ जना संक्रमित अस्पतालमा रहेका छन् । अस्पतालमा उपचाररत ४७ जनामध्ये भरतपुर अस्पतालमा ३९ जना र चितवन मेडिकल कलेज र पुरानो मेडिकल कलेजमा चाररचार जना संक्रमित छन् ।

११ संक्रमित आइसियूमा र ३६ संक्रमित एचडियूमा छन् । भेन्टिलेटरमा कुनै पनि संक्रमितले उपचार गराउनु परेको छैन । अधिकांश संक्रमितहरु होम आइसोलेसनमा छन् ।

प्रकाशित मिति : १० माघ २०७८, सोमबार  ७ : ३० बजे

सुदूरपश्चिमको प्रदेश सभा बैठक आजपनि स्थगित

धनगढी । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री दीर्घबहादुर सोडारीले विश्वासको मत लिनका लागि

कप्तान रोहित बने ‘प्लेयर अफ द सिरिज’

काठमाडौं । नेपाली कप्तान रोहित पौडेल वेस्ट इन्डिज ए विरुद्धको

नेपालले वेस्ट इन्डिज ‘ए’लाई ६ विकेटले हरायो

काठमाडौं । टी-२० क्रिकेट सिरिजको अन्तिम खेलमा नेपालले वेस्ट इन्डिज

नेपालको तेस्रो विकेट गुम्यो, अनिल साह ५८ रन बनाएर आउट

काठमाडौं । टी-२० क्रिकेट सिरिजको अन्तिम खेलमा वेस्ट इन्डिज ‘ए’

तातो हावा ‘लु’बाट जोगाउन घरदैलो अभियान

नेपालगन्ज । नेपालगन्ज उपमहानगरपालिका क्षेत्रअन्तर्गतका स्थानीयलाई तातो हावा ‘लु’बाट जोगाउन