१३ बैशाख २०८३, आइतबार | April 26, 2026

जन्ती बोकेको रथ दुर्घटना हुँदा दुईको मृत्यु, १३ घाइते



बारा । बाराको आदर्श कोटवाल गाउँपालिका ३ बतरा ब्रह्मस्थानमा जन्ती बोकेको रथ दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ भने १३ जना घाइते भएका छन् ।

गएराति ब्रह्मस्थानमा पूजा गरी फर्कने क्रममा रथ पल्टिएको हो । रथ पल्टिँदा आदर्श कोटवाल ३ बतराकी १६ वर्षीया निलमकुमारी राम र बाराको सिम्रौनगढ नगरपालिका ७ जानकीनगरकी २५ वर्षीया बालकुमारी रामको मृत्यु भएको प्रहरीले जनाएको छ ।

उनीहरुको घटनास्थलमै मृत्यु भएको पर्साका प्रहरी नायब उपरीक्षक राजेश थापाले बताए । बतराका सियाराम महरको विवाहमा गएराति ८ बजेतिर रथ पल्टिएको उनले बताए ।

ब्रह्माबाबा भन्ने स्थानमा पूजा गरी फर्कने क्रममा जन्ती बोकेको रथ अनियन्त्रित भई रुखमा ठोक्किएको स्थानीय बासिन्दाको भनाइ छ । बेहुला भने सकुशल रहेका छन् ।

दुर्घटनामा १३ जना जन्ती घाइते भएका छन् । उनीहरुको कलैया अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : ११ माघ २०७८, मंगलबार  ८ : १२ बजे

अन्तरराष्ट्रिय चेर्नोबिल विपद् स्मरण दिवस : ४० वर्षपछि पनि असर कायम

काठमाडौं । आज अन्तरराष्ट्रिय चेर्नोबिल विपद् स्मरण दिवस हो ।

कपिलवस्तुमा स्कारपियो-ट्रक ठक्कर, दुईको मृत्यु, तीन घाइते

कपिलवस्तु । कपिलवस्तुमा पार्किङ गरिएको ट्रकमा स्कार्पियो ठोक्किँदा दुईजनाको मृत्यु

छोरीबुहारीलाई उच्च शिक्षामा सघाउँदै भीमदत्त नगरपालिका

कञ्चनपुर । भीमदत्त नगरपालिकाले उच्च शिक्षामा महिलाको पहुँच अभिवृद्धि गर्ने

वडाध्यक्षको एउटा जुक्तिले बदलियो गाउँको परिचय

बागलुङ । बसाइँसराइ बढ्न थालेपछि रेशगाउँमा योतीयोग्यसँगै पाखो जमिन झाडीले

बुटवलको सूचनापछि उच्च अदालत अगाडि बसेका घरटहरा धनीले अन्यत्र सार्न थाले आफ्ना सामान

बुटवल । बुटवल उपमहानगरपालिका-४ स्थित उच्च अदालत तुलसीपुर बुटवल इजलास