११ बैशाख २०८१, मंगलबार | April 24, 2024

जन्ती बोकेको रथ दुर्घटना हुँदा दुईको मृत्यु, १३ घाइते



बारा । बाराको आदर्श कोटवाल गाउँपालिका ३ बतरा ब्रह्मस्थानमा जन्ती बोकेको रथ दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ भने १३ जना घाइते भएका छन् ।

गएराति ब्रह्मस्थानमा पूजा गरी फर्कने क्रममा रथ पल्टिएको हो । रथ पल्टिँदा आदर्श कोटवाल ३ बतराकी १६ वर्षीया निलमकुमारी राम र बाराको सिम्रौनगढ नगरपालिका ७ जानकीनगरकी २५ वर्षीया बालकुमारी रामको मृत्यु भएको प्रहरीले जनाएको छ ।

उनीहरुको घटनास्थलमै मृत्यु भएको पर्साका प्रहरी नायब उपरीक्षक राजेश थापाले बताए । बतराका सियाराम महरको विवाहमा गएराति ८ बजेतिर रथ पल्टिएको उनले बताए ।

ब्रह्माबाबा भन्ने स्थानमा पूजा गरी फर्कने क्रममा जन्ती बोकेको रथ अनियन्त्रित भई रुखमा ठोक्किएको स्थानीय बासिन्दाको भनाइ छ । बेहुला भने सकुशल रहेका छन् ।

दुर्घटनामा १३ जना जन्ती घाइते भएका छन् । उनीहरुको कलैया अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : ११ माघ २०७८, मंगलबार  ८ : १२ बजे

सुदूरपश्चिममा मन्त्रिपरिषद् विस्तार अन्योलमा

धनगढी । सुदूरपश्चिम प्रदेश मन्त्रिपरिषद् विस्तारमा अन्योल देखिएको छ ।

सूर्य नेपाल काठमाडौं ओपनको पहिलो दिन भुवन शीर्षस्थानमा

काठमाडौं । सूर्य नेपाल गल्फ टुर २०२३-२४ अन्तर्गतको सातौं प्रतियोगिता,

राष्ट्रपतिद्वारा कतारका अमिरको सम्मानमा रात्रिभोज आयोजना

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले नेपालको दुई दिने राजकीय भ्रमणमा

विपिन जोशीको रिहाईको पहल गरिदिन राष्ट्रपति पौडेलको कतारी अमिरलाई आग्रह

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले इजरायलमा हमासको आक्रमणपश्चात् बेपत्ता भएका

गगन थापा भन्छन्- लोकतन्त्रको विकल्प समुन्नत लोकतन्त्र नै हो

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले लोकतन्त्र दिवसको शुभकामना