१९ मंसिर २०८२, शुक्रबार | December 5, 2025

ध्वनिभन्दा पाँच गुणा द्रुत गतिको विमानको परीक्षण उडान



काठमाडौं । संसारको सबैभन्दा ठूलो विमान आरओसी (रक) को परीक्षण उडान सफल भएको कम्पनीले बताएको छ । गत आइतबार विमानको पहिलोपटक परीक्षण उडान गरिएको हो ।

विमान चार घन्टा २३ मिनेटसम्म आकाशमा उडेको थियो । विमानले उडानका क्रममा अग्लो पहाडी क्षेत्रको चक्कर लगाएको थियो । विमान निर्माता कम्पनी स्ट्रेटोलन्चका अनुसार यो विमान २३,५०० फिटको उचाइसम्म पुगेको थियो ।

हालसम्म गरिएको परीक्षणमध्ये यो सबैभन्दा सफल उडान रहेको कम्पनीको भनाइ छ । विमानको ३५ हजार फिटको उचाइसम्म उड्न सक्नेगरी डिजाइन गरिएको निर्माता कम्पनीले जानकारी दिएको छ ।

यो विमानमा बोइङ ७४७ को ६ वटा इन्जिन प्रयोग गरिएको छ । यसबाट हावामै हाइपरसोनिक एयरक्राफ्टसमेत लन्च गर्न सकिने बताइएको छ । विमानको सफल उडानले यसले भविष्यमा उच्चस्तरीय ढंगमा काम गर्न सक्ने विश्वास बढेको कम्पनीका प्रमुख कार्यकारीले बताएका छन् ।

 

रकेट लन्च गर्न सकिने

यो विमान निर्माणको मुख्य उद्देश्य हावामै स्याटेलाइटलाई सहजै अन्तरिक्षमा लन्च गर्नु रहेको कम्पनीको भनाइ छ । विमानको तेस्रोपटक परीक्षण गरिएको हो । विमानलाई क्यालिफोर्निया राज्यको विमानस्थलबाट उडाइएको थियो ।

स्ट्रेटोलन्च कम्पनीको स्थापना माइक्रोसफ्टका सहसंस्थापक पल एलनले सन् २०११ मा गरेका थिए । यो विमानले सुपरसोनिक वाहनलाई सहजै अन्तरिक्षमा लिएर जान सक्छ । यसमा प्रयोग गरिएको शक्तिशाली ६ वटा इन्जिनले २४९४७५.८०४ किलो तौललाई हावामा ३५ हजार फिटको उचाइसम्म लिएर जान सक्छ । यो एक ‘कन्सेप्ट एयरक्राफ्ट’ हो, जसले अधिक उचाइबाट रकेट लन्चसमेत गर्न सक्छ ।

यसका मालिक एलनको २०१८ मा निधन भएपछि कम्पनी बिक्री गरिएको थियो । यसका नयाँ मालिक अब यो विमानबाट हाइपरसोनिक रकेट लन्च गर्न चाहन्छन्, जसको गति ध्वनिभन्दा पनि पाँच गुना ज्यादा हुन्छ ।

प्रकाशित मिति : ११ माघ २०७८, मंगलबार  १२ : २३ बजे

४० वर्ष मुनिका कांग्रेसी युवाहरुको सुधार अभियानद्वारा ७७ वटै जिल्लामा संयोजक चयन

काठमाडौँ । नेपाली कांग्रेस सुधार अभियान (४० वर्ष मुनि) ले

कारागारमा सुरक्षाकर्मीसँग चिनजान, घरमा गएर विभत्स हत्या, बेलहियाबाट पक्राउ

काठमाडौँ । कारागारमा कैद भुक्तानीका बेला चिनजान भएकी सुरक्षाकर्मीलाई घरमै

आयोगद्वारा निर्वाचनमा समावेशिता र सुशासन सुनिश्चित गर्न दललाई निर्देशन

काठमाडौँ । निर्वाचन आयोगले आगामी माघ ११ गते हुने राष्ट्रियसभा

विदेशमा रहेका नेपालीको मताधिकार सुनिश्चित गर्न माग

काठमाडौँ । उज्यालो नेपाल पार्टीले विदेश तथा आफ्नो निर्वाचन क्षेत्र

जनकपुरलाई चार विकेटले हराउँदै लुम्बिनी लायन्स एनपीएलको प्लेअफमा प्रवेश

काठमाडौं । साविक विजेता जनकपुर बोल्ट्सलाई चार विकेटले हराउँदै लुम्बिनी