४ पुस २०८२, शुक्रबार | December 19, 2025

भारतीय एसएसबीले दशगजामा बनाएको सुरक्षा पोष्ट सशस्त्रको पहलमा हट्यो



विराटनगर । भारतीय सीमा सुरक्षा बल एसएसबीले दशगजा क्षेत्रमा अन्तराष्ट्रिय सीमा मिचेर बनाएको सुरक्षा पोष्ट सशस्त्र प्रहरीले हटाइदिएको छ ।

नेपाल–भारत सीमा क्षेत्रअन्तर्गत विराटनगर महानगरपालिका–१६ दरैया र भारत जोगवनीको टिकुलिया बस्तीबीचको दसगजामा एसएसबीले सुरक्षा पोष्ट बनाएको थियो । त्यहाँ २४सै घण्टा हतियार सहितका एसएसबी तैनाथ थिए । नेपालमा त्यसको निकै विरोध भएको थियो ।

जिल्ला सुरक्षा समिति मोरङको बैठकमा पनि दशजगा अतिक्रमणबारे कुरा उठेको थियो। त्यसपछि सशस्त्र प्रहरीले सो पोष्ट हटाउन पहल गरेको थियो । सशस्त्रलाई मोरङका प्रमुख जिल्ला अधिकारी काशीराज दाहाल र सशस्त्रका उच्च अधिकारीले एसएसबीले बनाएको पोस्ट् हटाउन निर्देशन दिएका थिए । सीमा सुरक्षामा खटिएको सशस्त्रले भारतीय एसएसबीका अधिकारीसँग दशगजाबाट पोष्ट हटाउन बारम्बार आग्रह गरेपछि एसएसबी पछि हटेको हो । लगभग एकमहिना अघि पोष्ट बनाएको एसएसबीले अहिले भारतीय भूमिभित्रै पोष्ट लैजान सहमत भएको छ ।

दुई देशीय सिमानाको दसगजामा कुनै पनि भौतिक संरचना निर्माण गर्न पाईँदैन ।

 

प्रकाशित मिति : ११ माघ २०७८, मंगलबार  १ : ४३ बजे

हजुरआमाको हत्या अभियोगमा नाति पक्राउ

कास्की । पोखरामा आफ्नै हजुरआमाको हत्या अभियोगमा प्रहरीले नातिलाई पक्राउ

मधेश प्रदेशका मुख्यमन्त्री यादवले पाए विश्वासको मत, पक्षमा ९२, विपक्षमा शुन्य

जनकपुरधाम । मधेस प्रदेश सरकारका मुख्यमन्त्री कृष्णप्रसाद यादवले विश्वासको मत

झुटो शेयर कारोबार गरेको आरोपमा अग्रवाल पक्राउ

काठमाडौँ । झुटो शेयर कारोबार गरेको आरोपमा आज प्रहरीको केन्द्रीय

६० सहसचिवको सरुवा को कहाँ ? (सूचीसहित)

काठमाडौँ । सरकारले ६० जना सहसचिवको सरुवा गरेको छ ।

गुल्मीमा १३ दिनपछि शवको पहिचान खुल्यो

गुल्मी । गुल्मीमा बेवारिसे भेटिएको शवको १३ दिनपछि पहिचान खुलेको