१४ श्रावण २०८३, बिहिबार | July 30, 2026

आजको मौसम : लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा वर्षाको सम्भावना, आज हिमपात पनि हुने



काठमाडौं । देशमा पश्चिमी न्यून चापीय प्रणालीको आंशिक प्रभाव रहेको छ । बिहान सुदूरपश्चिम र गण्डकीमा सामान्य बदली रही बाँकी प्रदेशमा आँशिक बदली छ । सुदूरपश्चिमका एक/दुई स्थानमा हल्का वर्षा भएको छ ।

दिउँसो देशभर आंशिकदेखि सामान्यतया बदली रहने मौसम पूर्वानुमान महाशाखाले जानकारी दिएको छ । सुदूरपश्चिम, कर्णाली र लुम्बिनी प्रदेशका थोरै स्थान र बाँकी प्रदेशका एक/दुई स्थानमा हल्का वर्षाको सम्भावना छ ।

देशका उच्च पहाडी तथा हिमाली भू-भागका केही स्थानमा हल्का हिमपातको आँकलन गरिएको छ । राति पहाडी भू-भागका थोरै स्थानमा हल्का वर्षा हुनेछ । उच्च पहाडी तथा हिमाली भू-भागका थोरै स्थानमा हल्का हिमपातको सम्भावना छ ।

बिहीबार प्रदेश १, बागमती तथा गण्डकी प्रदेशका पहाडी भू-भागमा आंशिक देखि सामान्यतया बदली हुनेछ । पहाडी भू-भागका थोरै स्थानमा हल्का वर्षाको आँकलन मौसमविदले गरेका छन् ।

 

प्रकाशित मिति : १२ माघ २०७८, बुधबार  ७ : २९ बजे

देवानगञ्ज गोलीकाण्ड : उपचाररत अर्का युवाको पनि मृत्यु, मृतक संख्या दुई पुग्यो

विराटनगर । सुनसरीको देवानगञ्ज गाउँपालिका-३ कप्तानगञ्जमा आइतबार राति भएको गोलीकाण्डमा

जनकपुरधाममा अनिश्चितकालीन कर्फ्यु

जनकपुरधाम । जिल्ला प्रशासन कार्यालय धनुषाले जनकपुरधामसहित आसपासका क्षेत्रमा अनिश्चितकालीन

लुम्बिनीको मुख्यमन्त्रीमा चेतनारायण आचार्यलाई नै निरन्तरता

बुटवल । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले पदमै निरन्तरता पाउने

सिरहाको गोलबजार क्षेत्रमा अनिश्चितकालीन कर्फ्यु आदेश जारी

जनकपुरधाम । सिरहा जिल्लाको गोलबजार नगरपालिकाका केही क्षेत्रमा सुरक्षा अवस्था

सुनसरी जस्ता घटना हुन नदिन प्रभावकारी कार्य गर्ने राष्ट्रिय सुरक्षा परिषद्को निर्णय

काठमाडौं । राष्ट्रिय सुरक्षा परिषद्को ४३औँ बैठकले देशको समग्र सुरक्षा