२० बैशाख २०८१, बिहिबार | May 2, 2024

लुम्बिनी प्रदेशमा राष्ट्रियसभा निर्वाचन सुरु, मुख्यमन्त्री केसीले गरे पहिलो मतदान (फोटो फिचर)



बुटवल । राष्ट्रियसभा सदस्यका लागि लुम्बिनी प्रदेशमा पनि मतदान सुरु भएको छ । लुम्बिनी प्रदेशमा तीन पदका लागि ६ जना मैदानमा उत्रिएका छन ।

बिहान ९ बजे दाङको घोराहीस्थित कर्मचारी मिलन केन्द्रमा मतदान सुरु भएको हो । लुम्बिनी प्रदेशका मुख्यमन्त्री कुलप्रसाद केसीले सुरुमा मतदान गरेका छन् ।

लुम्बिनी प्रदेशबाट महिलातर्फ कोमल ओली, अन्यतर्फ दृगनारायण पाण्डे र दलिततर्फ रामलखन चमारको कार्यकाल सकिन लागेको हो । त्यही तीन सिटका लागि सत्ता गठबन्धन र नेकपा एमालेका उमेदवारबीच प्रतिस्पर्धा हुन लागेको हो ।

निर्वाचनमा गठबन्धनका तर्फबाट बाँकेबाट कांग्रेसका युवराज शर्मा, पाल्पाबाट नेकपा एकीकृत समाजवादीका राज्य लक्ष्मी गैरे र रुपन्देहीबाट राष्ट्रिय जनमोर्चाका तुलप्रसाद बिक (राजेश) चुनावी मैदानमा छन् । एमालेको तर्फबाट दाङ घोराहीका रामदयाल गुप्ता, बाँकेकी भारती खनाल उपाध्याय र गुल्मीका कृष्ण सुनार चुनावी मैदानमा छन् ।

राष्ट्रियसभामा प्रदेश सांसद र स्थानीय तहका प्रमुख र उपप्रमुखले मतदान गर्न पाउनेछन् । प्रदेशका तीन र स्थानीय तहका ३र३ वटा मतपेटिका राखिएको छ । कोभिड संक्रमितलाई स्यानिटाइजर गरेर मतदानको व्यवस्था मिलाइएको प्रदेश निर्वाचन कार्यालय दाङले जनाएको छ ।

लुम्बिनीमा प्रदेश सांसद ८१, स्थानीय तहका प्रमुख तथा उपप्रमुख मतदाताको संख्या २१५ जना गरी कुल मतदाता संख्या २९६ रहेको छ ।

फोटो फिचर

प्रकाशित मिति : १२ माघ २०७८, बुधबार  १० : ०७ बजे

सुदूरपश्चिम विश्वविद्यालयको उपकुलपतिमा पन्त नियुक्त

काठमाडौं । सुदूरपश्चिम विश्वविद्यालयको उपकुलपतिमा प्राडा. हेमराज पन्त नियुक्त भएका

वैशाख २८ गते संघीय संसद्का दुवै सदनको अधिवेशन आह्वान

काठमाडौँ  । राष्ट्रपति रामचन्द्र पौडेलले सङ्घीय संसदको दुबै सदनको अधिवेशन

ब्याण्डविथको रकम भक्तानी नगर्दा इन्टरनेट सेवामा समस्या

काठमाडौं । देशभर इन्टरनेट सेवामा समस्या देखिएको छ । इन्टरनेट

रेसुङ्गा पर्यटनका लागि निकै सम्भावना बोकेको क्षेत्र : प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले रेसुङ्गा धार्मिक तथा प्राकृतिक

वेस्ट इन्डिज ए सँग नेपालको लगातार तेस्रो हार

काठमाडौं । नेपाल वेस्ट इन्डिज ए सँग लगातार तेस्रो खेलमा