२ बैशाख २०८३, बुधबार | April 15, 2026

बिहारमा रेलमा आगजनी



पटना । पूर्वी भारतको बिहार प्रदेशमा आक्रोशित भीडले बुधबार रेल सेवाका लागि लिइएको परीक्षमा अनियमितता भएको भन्दै विरोधमा उत्रिएका प्रदर्शनकारीले रेलमा आगो लगाएका छन् । आगजनीपछि प्रहरीले भीडलाई अश्रु ग्यास र लाठी चार्ज गरी नियन्त्रणमा लिनुपरेको बताइएको छ ।

सरकारद्वारा सञ्चालित रेल क्षेत्रका लागि प्रवेश परीक्षा अनुचित तरिकाले सञ्चालन भइरहेको छ भन्ने युवा जागिर आवेदकहरूको दाबीमाथि बिहार राज्यमा हप्ताको सुरुदेखि नै विरोध भइरहेको थियो । सोमबारको दिन सानो परिमाणमा विरोध प्रदर्शन सुरु भए तापनि प्रहरी र प्रदर्शनकारीबीच तनाब बढ्दै जाँदा ठूलो भीड जम्मा भएको थियो ।

भीडले रेलका गाडीहरूमा ढुंगा हान्ने, रेल मार्ग अवरुद्ध गर्ने र प्रधानमन्त्री नरेन्द्र मोदीका पुत्ला जलाउनेजस्ता कार्य गरेको बताइएको छ । प्रदर्शनमा सहभागी भएको आरोपमा एक दर्जनभन्दा बढीलाई पक्राउ गरिएको छ । बिहार र छिमेकी उत्तर प्रदेशका रेलवे स्टेशनहरूमा प्रदर्शन भएको छ ।

प्रहरीले व्यापक दमन गरेको भन्दै आलोचना गरिएको छ । सामाजिक सञ्जालहरूमार्फत् सार्वजनिक दृष्यहरूमा प्रहरीहरू शंकास्पद प्रदर्शनकारीको घरमा घुसेको र उनीहरुलाई लठ्ठीले हिर्काएको देखाइएको छ ।

यस आक्रमणको निन्दा गर्दै विपक्षी दलकी विधायिक प्रियंका गान्धीले ट्विटर पोस्ट भनेका छन, “युवाहरूलाई बेरोजगारीको विषयमा कुरा गर्ने अधिकार छ ।”

रोजगारी लामो समयदेखि भारतीय अर्थतन्त्रका लागि घाँटीमा जाँतोको ढुङ्गा सरह बनेको छ । सन् १९७० को दशकदेखि भारतीय रोजगारी दरमा समस्या रहँदै आएको र यो कोभिड-१९ महामारीका कारण थप सङ्कटको अवस्थामा पुगेको सरकारी तथ्याङ्कहरूले देखाएको छ ।

स्थानीय सञ्चार माध्यमका अनुसार हालको रेलवे सेवामा रोजगारीका लागि लिइएको परीक्षामा १० लाखभन्दा बढी मानिसहरूले ३५ हजार खाली स्थानका लागि प्रतिस्पर्धाका लागि निवेदन दिएका छन् ।

प्रकाशित मिति : १२ माघ २०७८, बुधबार  ८ : १४ बजे

बुटवलमा वैशाख ५ मा रैथाने सीप-कला प्रदर्शनी हुने

बुटवल । पुराना सीप कलाको संरक्षण र जर्गेना गर्न बुटवलमा

शुक्रबार संसदीय समितिका सभापतिको निर्वाचन

काठमाडौँ । प्रतिनिधिसभाअन्तर्गतका विषयगत समितिको सभापतिको निर्वाचन यही वैशाख ४

कांग्रेसले पूर्णबहादुर खड्कालाई ७ दिने स्पष्टीकरण सोध्ने

काठमाडौं । नेपाली कांग्रेसले पार्टीका नेता पूर्णबहादुर खड्कासँग सात दिने

सैनिक मञ्‍चमा मनाइयो प्रथम अन्तर्राष्ट्रिय आरोग्य दिवस, ‘नेपाल आरोग्य वर्ष २०२७’ घोषणा

काठमाडौं । संयुक्त राष्ट्रसंघले ‘आरोग्य दिवस’ को मान्यता दिएपछि बुधबार

सवारी नियम उल्लघंन गर्ने सभामुख अर्यालले प्रयोग गर्ने गाडीलाई ट्राफिक प्रहरीको चिट

काठमाडौं । सभामुख डीपी अर्यालले प्रयोग गर्ने गाडीलाई ट्राफिक प्रहरीले