६ श्रावण २०८३, बुधबार | July 23, 2026

काठमाडौं उपत्यकाका सिडिओले जोरविजोर प्रणालीको समीक्षा गर्ने



काठमाडौं । काठमाडौं उपत्यकाभित्रका तीन जिल्ला प्रशासन कार्यालयले जोर विजोर प्रणालीबारे पुनर्विचार गर्ने भएका छन् ।

कोरोना भाइरसको महामारीको तेस्रो लहर बढ्न थालेपछि उपत्यकामा केहीदिनयता यातायातमा जोरविजोर प्रणाली लागु गरिएको छ । तर, यसबाट कोरोना संक्रमण रोक्ने भन्दा पनि आम मानिसमा झन संक्रमणको जोखिम बढेको भन्दै तिब्र आलोचना भएको थियो । सबै कामकाज जारी रहेको बेलामा यातायातमा मात्रै जोरविजोर गर्दा चल्ने सवारी साधनको चाप घटेपनि चलेका सवारीमा मानिसहरु कोचिएर यात्रा गर्न बाध्य भएका छन् ।

चौतर्फी आलोचना बढेपछि उपत्यकाका सिडिओहरुले यसबारे समीक्षा गर्न लागेका हुन् । यद्यपी, जोरविजोर लगाउँदा आम मानिस अनावश्यक रुपमा घर बाहिर निस्कने प्रवृत्तिमा कमी आएको कतिपयले विश्लेषण गरेका छन् । मिश्रित प्रतिक्रियाका बीच अब के गर्ने भन्ने बारेमा समीक्षा हुने काठमाडौंका प्रमुख जिल्ला अधिकारी गोविन्दप्रसाद रिजालले बताएका छन् ।

प्रकाशित मिति : १३ माघ २०७८, बिहिबार  १ : १३ बजे

राजनीतिको अन्तिम लक्ष्य समाजसेवा नै हो : सभापति थापा

काठमाडौँ । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले राजनीति र धर्मको

बुटवलबाट रिभल्वर र गोली सहित तुङसिङ मगर पक्राउ

बुटवल । बुटवलबाट रिभल्वर र गोली सहित एकजना पक्राउ परेका

हदबन्दीभन्दा बढी जग्गाको अनुगमन सुरु

काठमाडौँ । भूमि व्यवस्थापन तथा अभिलेख विभागले हदबन्दीभन्दा बढी जग्गा

शंकर ग्रुपका अध्यक्ष अग्रवाल पक्राउ

काठमाडौं । बैंकिङ कसुरसम्बन्धी मुद्दामा फरार रहेका व्यवसायी तथा शंकर

शिक्षा र स्वास्थ्य समता शुल्क पूर्ण रूपमा छुट दिने सरकारको निर्णय

काठमाडौं । सरकारले शिक्षा समता शुल्क र स्वास्थ्य समता शुल्क