१३ बैशाख २०८१, बिहिबार | April 25, 2024

अस्ट्रेलियामा १६ देखि १७ वर्षका व्यक्तिलाई पनि बुस्टर डोज दिने तयारी



सिड्नी । अस्ट्रेलियाको औषधि नियामक निकायले १६ र १७ वर्ष उमेर समूहका व्यक्तिलाई पनि कोभिडविरुद्ध बुस्टर डोज दिन अनुमति दिएको छ ।

कोभिडको नयाँ भेरियन्ट ओमिक्रोनका कारण संक्रमितहरुको संख्या बढिरहेका बेला थेरापेउटिक गुड्स एडमिनिस्ट्रेसन (टीजीए) ले १६ देखि १७ वर्षका व्यक्तिलाई फाइजरको बुस्टर डोजका लागि अनुमति दिएको हो ।

अमेरिका, इजरायल र बेलायतले पनि सो उमेर समूहका व्यक्तिलाई बुस्टर डोज दिइरहेका छन् ।

विश्वमा कोभिडविरुद्ध खोप लगाउने देशहरुको सूचीमा अस्ट्रेलिया अग्रपंक्तिमा पर्छ । अहिलेसम्म ९३ प्रतिशत वयस्कले पूर्ण खोप लगाएका छन् भने १८ वर्षमाथिका ३५ प्रतिशले बुस्टर डोज लगाएका छन् ।

सरकारले यसै महिनाको सुरुदेखि पाँचदेखि ११ वर्षका बालबालिकालाई खोप लगाउन सुरु गरिसकेको छ ।

 

प्रकाशित मिति : १४ माघ २०७८, शुक्रबार  ८ : ३५ बजे

टोपबहादुर रायमाझीलाई धरौटीमा छोड्न सर्वोच्च अदालतबाट अस्वीकार

काठमाडौं । सर्वोच्च अदालतले एमालेका नेता टोपबहादुर रायमाझीलाई धरौटीमा छोड्न

बजारमा निम्न गुणस्तरको वाईवाई चाउचाउ, चौधरी ग्रुपलाई २ लाख जरिवाना

काठमाडौं । काठमाडौँ महानगरपालिकाले चौधरी ग्रुपलाई २ लाख रुपैयाँ जरिवाना

पूर्वमन्त्री आलमलाई जन्मकैदको सजाय

काठमाडौं । पूर्वमन्त्री मोहम्मद अफताब आलमलाई जन्मकैदको सजाय भएको छ

एएचजेड यूके युनिभर्सिटी रिप्रेजेन्टेटिभको नयाँ शाखा बुटवलमा सञ्चालन

बुटवल । अध्ययनका लागि बेलायत जाने विद्यार्थीहरुलाई लक्षित गरि बुटवलमा

भीम रावलले गरे एमाले छोड्ने संकेत !

काठमाडौं । नेकपा एमालेका नेता एवं पूर्व उपप्रधानमन्त्री डा. भीम