१३ बैशाख २०८१, बिहिबार | April 25, 2024

बाइडेनप्रति मस्कको टिप्पणीः राष्ट्रपतिले अमेरिकी जनतालाई मूर्खजस्तो व्यवहार गरिरहेका छन्



न्युयोर्क । अमेरिकामा विद्युतीय सवारी साधनहरुको भविष्यबारे गरिएको एउटा पोस्टमा टेस्लाको नाम छुटाएपछि अमरिकी अर्बपति तथा विद्युतीय गाडी निर्माण कम्पनी टेस्लाका मालिक एलन मस्कले अमेरिकी राष्ट्रपति जोन बाइडेनको कडा आलोचना गरेका छन् ।

एउटा ट्विटर पोस्टमा राष्ट्रपतिले विद्युती सवारी निर्माता टेस्लाको नाम उल्लेख नगरेपछि मस्क उनीसँग रिसाएका हुन् । ‘जीएम र फोर्ड जस्ता कम्पनीले स्वदेशमा यसअघि भन्दा धेरै विद्युतीय सवारी निर्माण गरिरहेका छन्,’ बाइडेनले भनेका थिए ।

अमेरिकामा भविष्यमा विद्युतीय गाडीबारे बाइडेनको ट्विटलाई जबाफ दिने क्रममा मस्कले टेस्ला अक्षरलाई क्यापिटल लेटरमा लेखेका छन् । अर्को एउटा ट्विटमा मस्कले लेखेका छन्, ‘बाइडेन मानवको रुपमा एउटा कठपुतली हुन् ।’

मस्कले यो पनि भनेका छन्, ‘बाइडेनले अमेरिकी जनतालाई मूर्खजस्तो व्यवहार गरेका छन् ।

आफ्ना प्रतिद्वन्द्वी कार कम्पनी जनरल मोटर्स र फोर्ड मोटर्सका कार्यकारीलाई बाइडेनले भेटेपछि मस्कका भनाई आएका हुन् । बाइडेन प्रशासनको बिल्ड ब्याक बेटर विद्येयकमा छलफल गर्न यसअघि राष्ट्रपति बाइडेनले जनरल मोटर्स र फोर्डका सीइओहरुलाई राष्ट्रपति निवास ह्वाइटहाउसमा बोलाएका थिए ।

प्रकाशित मिति : १४ माघ २०७८, शुक्रबार  १ : ५७ बजे

१६ औँ योजनाले एकीकृत पूर्वाधार र सूचना प्रविधिको विस्तारलाई जोड दिएको छ : प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले १६ औँ योजनामा एकीकृत

वेस्ट इन्डिज ए विरुद्ध खेल्ने नेपाली टिमको घोषणा

काठमाडौं । नेपालले वेस्ट इन्डिज ए विरुद्ध खेल्ने टिमको घोषणा

आज सुन तोलाको १ लाख ३५ हजार ८०० रुपैयाँ

काठमाडौं । नेपाली बजारमा सुनचाँदीको मुल्य घटेको छ । नेपाल

बसको ठक्करबाट भरतपुरमा तीर्थयात्रीको मृत्यु

भरतपुर । पूर्वी चितवनको राप्ती नगरपालिकामा बसको ठक्करबाट एक जना

विदेश उत्तम, स्वदेश खत्तम’ भन्ने बुझाई गलत छ : अशोक राई

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) नेपाल, सङ्घीय परिषद् अध्यक्ष