१४ श्रावण २०८३, बिहिबार | July 30, 2026

गैँडा मरेको घटनामा निर्माण कम्पनीका सञ्चालकलाई पक्राउ पुर्जी



चितवन । सडक विस्तारका क्रममा निर्माणाधीन नालीको खोँचमा परेर गैँडा मरेको घटनामा ठेकेदार कम्पनीका सञ्चालकलाई पक्राउ पुर्जी जारी गरिएको छ । चितवन राष्ट्रिय निकुञ्जले इन्डो सगुन जेभीका सञ्चालक सहदेव खड्कालाई पक्राउ पुर्जी जारी गरेको हो ।

निकुञ्जका सूचना अधिकारी गणेशप्रसाद तिवारीका अनुसार निकुञ्जले अनुसन्धान अधिकृत तोकेर सो निर्माण कम्पनीका सञ्चालक खड्कालाई पक्राउ पुर्जी जारी गरेको हो । निकुञ्जले सहायक संरक्षण अधिकृत राजु घिमिरेलाई अनुसन्धान अधिकृत तोकेको छ ।

गत आइतबार नालीको खोँचमा परेर गैँडा मरेको थियो । त्यसलगत्तै वन तथा वातावरण मन्त्रालयले वन विभागका उपमहानिर्देशक डा राजेन्द्र केसीको संयोजकत्वमा पाँच सदस्यीय छानबिन समिति गठन गरेको थियो । समितिमा मन्त्रालयका कानुन उपसचिव रामजी दनाई, विभागका योजना अधिकृत दिलबहादुर उर्जापुन, चितवन राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत हरिभद्र आचार्य, डिभिजन वन कार्यालय चितवनका प्रमुख पदमराज नेपाल सदस्य रहेका छन्् ।

समितिले १० दिनभित्र प्रतिवेदन बुझाउनेछ । बिहीबारबाट समितिले घटना भएको चितवन जिल्लामा सरोकारवालाहरुसँग छलफल थालेको छ । निकुञ्जका सूचना अधिकारी तिवारीका अनुसार बिहीबार भरतपुर महानगरपालिका प्रमुख रेनु दाहाल र प्रमुख जिल्ला अधिकारी आस्मान तामाङसँग छुट्टाछुट्टै छलफल गरेको थियो । आज सामुदायिक वनका पदाधिकारी र सरोकारवालाहरुसँग छलफल गर्ने कार्यक्रम रहेको छ ।

डिभिजन सडक कार्यालय चितवनले पुल्चोकदेखि गोन्द्राङसम्म ६ लेन सडकका लागि ठेक्का लगाएको थियो । सोही ठेक्काअन्तर्गत सगुनले काम गरेको हो । सडकले वन्यजन्तु कोरिडोरमा निर्माण गर्दा पालना गर्नुपर्ने ऐन कानुन अवलम्बन नगरी काम गर्दा घटना भएको निकुञ्जले जनाउँदै आएको छ ।

प्रकाशित मिति : १४ माघ २०७८, शुक्रबार  ३ : १४ बजे

वर्ल्डलिंकद्वारा ११ लाख एफटिटिएच ग्राहकको ऐतिहासिक उपलब्धि

काठमाडौं । नेपालको अग्रणी इन्टरनेट तथा डिजिटल सेवा प्रदायक वर्ल्डलिंक

राष्ट्रपतिद्वारा प्रमुख निर्वाचन आयुक्त र आयुक्त नियुक्त

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले संवैधानिक परिषद्को सिफारिसमा प्रमुख निर्वाचन

गृहमन्त्री गुरुङ सुनसरी जाँदै

काठमाडौं । गृहमन्त्री सुधन गुरुङ आज सुनसरी जाने भएका छन्

प्रधानमन्त्री बालेन्द्र शाहले राष्ट्रका नाममा सम्बोधन गर्दै

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाहले बिहीबार साँझ राष्ट्रका नाममा सम्बोधन

आपसी सद्भाव र राष्ट्रिय एकता कायम राख्न राष्ट्रपतिको अपिल

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले सुनसरीको देवानगञ्ज गाउँपालिका–कप्तानगञ्जलगायत क्षेत्रमा हालै