१३ बैशाख २०८३, आइतबार | April 26, 2026

गैंडा मर्दा पक्राउ पुर्जी जारी गर्नु कानुनविपरीत : निर्माण व्यवसायी महासंघ



काठमाडौं । सडक विस्तारको क्रममा खनेको खाल्डोमा परेर एक सिंगे गैंडा मरेको सन्दर्भमा चितवन राष्ट्रिय निकुञ्जले निर्माण व्यवसायीलाई पक्राउ पुर्जी जारी गरेपछि नेपाल निर्माण व्यवसायी महासंघले आपत्ति जनाएको छ। निर्माण व्यवसायी महासंघ महासचिव रोशन दाहालले विज्ञप्ति निकालेर पक्राउ पुर्जी जारी गर्ने र पक्राउ गर्ने काम तत्काल रोक्न सरकारसँग माग गरेका छन् ।

सडक विस्तारको काम भइरहेको महेन्द्र राजमार्गको नारायणगढ पुल्चोकदेखि गोन्द्राङसम्मको खण्डमा आइतबार खाल्डोमा परेर गैंडा मरेको थियो । सो खण्डको काम गरिरहेको इन्डो सगुन जेभीका सञ्चालक सहदेव खड्काविरुद्ध चितवन निकुञ्ज कार्यालयले बुधबार पक्राउ पुर्जी जारी गरेको थियो । पुर्जी जारी भएको भए पनि अझै कोही पक्राउ परेका छैनन् ।

सडक विस्तार गर्दा राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण ऐन नियमविपरीतका कुनै पनि कामकारबाही नभएको महासंघको विज्ञप्तिमा उल्लेख छ । निर्माण सम्झौताबमोजिम नै निर्माण कम्पनीले सम्पूर्ण सुरक्षाका मापदण्ड अपनाइएको पनि महासंघले दाबी गरेको छ ।

गैंडा मरेको घटना प्राकृतिक भएको विज्ञप्तिमा उल्लेख गर्दै तथ्यहरु तोडमरोड गरेको महासंघको आरोप छ । निर्माणस्थलमा कंक्रिटको नाली बनाइसकेपछि पूर्णरूपमा सेट हुनका लागि प्राविधिक रूपमा केही दिन खुल्लै राख्नुपर्ने प्रावधान रहेकोले नाली नपुरिएको र सम्झौताबमोजिम कम्पनीले साइट सुरक्षाका मापदण्ड र उपायहरू पालना गरेको पनि महासंघले दाबी गरेको छ ।

‘गैंडाको निधन भएको पाईएको विषयलाई लिएर निर्माण व्यवसायीको तर्फबाट राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण ऐन नियम विपरित हुने कुनै पनि कामकारवही नभएको र निर्माण सम्झौता बमोजिम निर्माण कम्पनीले अनुसरण गर्नुपर्ने सम्पूर्ण सुरक्षाका मापदण्ड, उपायहरु सूचना र जानकारी समेतको प्रबन्ध र अनुसरण गरी आयोजनाको नियमीत सुपरिवेक्षण र निर्देशनमा निर्माण कार्य भईरहेकोमा उक्त गैंडाको निधनको विषयलाई लिएर निर्माण व्यवसायीलाई समेत आरोपित गरी गैर कानूनी रुपमा सम्बन्धीत निकायबाट कारबाही अगाडी बढाईरहको प्रति यस महासंघको गम्भीर ध्यानाकर्षण भएको छ,’ विज्ञप्तिमा भनिएको छ ।

निर्माण व्यवसायीलाई नियोजित रुपमा सो घटनामा आरोपित गरी झुठा लान्छना लगाई व्यवसायीहरूलाई मुछेर मानमर्दन गरिएको कार्य प्रति महासंघको गम्भीर आपत्ती रहेको जनाइएको छ । ‘वन मन्त्रालयले गठन गरेको छानबिन समितिमा नेपाल निर्माण व्यवसायी महासंघका प्रतिनिधि र भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयको समेत संलग्नता हुने गरी एक निष्पक्ष एवं स्वतन्त्र छानबिन समिति गठन गरी यस घटनाको बिना कुनै पूर्वाग्रह सत्य(तथ्य सार्वजनिक गर्न महासंघले जोडदार माग गर्दछ’, विज्ञप्तिमा भनिएको छ ।

प्रकाशित मिति : १४ माघ २०७८, शुक्रबार  ८ : २७ बजे

पूर्वीनाका काँकडभिट्टाबाट सात हजार ६४२ पर्यटक भित्रिए

झापा । पूर्वीनाका काँकडभिट्टाबाट विभिन्न देशका सात हजार ६४२ पर्यटक

गैरीगाउँ-सिनामङ्गलमा घरटहरा हटाउने कार्य निरन्तर

काठमाडौं । काठमाडौं महानगरपालिका-९ अन्तर्गत गैरीगाउँ-सिनामङ्गल क्षेत्रमा अतिक्रमण गरी निर्माण

बुटवलको ट्राफिकचोकमा कुसुम अर्गानिक कोशेली घर सञ्चालन

बुटवल । पहाडका अर्गानिक उत्पादन शहरबासीलाई खुवाउने उद्देश्यसहित बुटवलको ट्राफिकचोकमा

उपभोक्ता सचेतना तथा अभिमुखीकरण कार्यक्रम

बुटवल । उपभोक्ता हित संरक्षण मञ्च, रुपन्देहीको आयोजनामा आइतबार बुटवलमा

सुकुम्बासी बस्तीका घरपालुवा तथा बेवारिसे जनावरको संरक्षणमा संघसंस्थाको सक्रियता

काठमाडौं । सुकुम्बासी बस्तीमा रहेका घरपालुवा तथा बेवारिसे जनावरहरूको संरक्षण