१४ श्रावण २०८३, बिहिबार | July 30, 2026

संविधान सभा सदस्य दुमनसिंह थापाको निधन



काठमाडौं । संविधानसभाका सदस्य डा. दुमनसिंह थापाको निधन भएको छ । ६० वर्षीय थापाको आइतबार काठमाडौंमा निधन भएको हो ।

अर्घाखाँची क्षेत्र नं. २ बाट संविधानसभामा तत्कालीन नेकपा एमालेबाट उनी निर्वाचित भएका थिए । उनी संविधान सभा २०७० को निर्वाचनमा अर्घाखाँची २ बाट निर्वाचित भएका थिए ।

एमाले विभाजन भएपछि एकीकृत समाजवादीमा लागेका उनी पार्टीको केन्द्रीय निर्वाचन आयोग सदस्य रहेका थिए । उनले मृगौला प्रत्यारोपण गराएका थिए ।

थापाको जन्म अर्घाखाँचीको नरपानी वडा-७ मा सन् १९६२ मा भएको थियो । उनले विकास र समाजशास्त्रमा विद्यावारिधि गरेका थिए ।

उनको निधनप्रति समवेदना प्रकट गर्दै एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले थापाको निधनले पार्टीलाई अपूरणीय क्षति भएको बताएका छन् ।

प्रकाशित मिति : १७ माघ २०७८, सोमबार  ८ : २७ बजे

रवि लामिछाने र मधेश केन्द्रित दलका शीर्ष नेताबीच छलफल

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले मधेशमा

मधेस केन्द्रित चार दलको अपिल : ‘घटनाको निष्पक्ष छानबिन होस्, समाजमा सद्भाव कायम राखौँ’

काठमाडौं । मधेस केन्द्रित चार राजनीतिक दलले पछिल्ला घटनाक्रमप्रति गम्भीर

सद्भाव कायम राख्न बुटवलका १२ राजनीतिक दलको संयुक्त अपिल, दोषीमाथि कारबाहीको माग

बुटवल । सुनसरीलगायत देशका विभिन्न स्थानमा हालै घटेका हिंसात्मक घटनाप्रति

वर्ल्डलिंकद्वारा ११ लाख एफटिटिएच ग्राहकको ऐतिहासिक उपलब्धि

काठमाडौं । नेपालको अग्रणी इन्टरनेट तथा डिजिटल सेवा प्रदायक वर्ल्डलिंक

राष्ट्रपतिद्वारा प्रमुख निर्वाचन आयुक्त र आयुक्त नियुक्त

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले संवैधानिक परिषद्को सिफारिसमा प्रमुख निर्वाचन