४ पुस २०८२, शुक्रबार | December 20, 2025

ट्रंक लाइनको बक्यौता उद्योगीले नतिरे विद्युत् लाइन काटिने



भैरहवा । सार्वजनिक लेखा समिति सभापति भरत शाहले ट्रंक लाइनको शुल्क उद्योगीले तिर्नु पर्ने बताएका छन् ।

भैरहवामा पोर्ट मिडियाले आयोजना गरेको संवाद तथा अन्तरक्रिया कार्यक्रममा बोल्दै शाहले ट्रंक लाइन उपभोग गरेका उद्योगले त्यसवापतको बक्यौता शुल्क नतिरे विद्युत् लाइन काटिने बताए । संसदीय लेखा समितिले आठ अर्ब विद्युत महशुल पनि असुल गर्न विद्युत् प्राधिकरणलाई पत्राचार गरेको शाहले भने ।

नेपालमा विदेशी मुद्राको संचिती घटे पनि डुब्ने स्थिति नरहेको बताउँदै उनले आयात अत्यधिक मात्रामा रहेकाले केही आर्थिक मन्दी आएको बताए । ‘यसको मुख्य कारण अहिले विदेशी मुद्रा बाहिर जानु हो । यसलाई सन्तुलन गर्न राष्ट्र बैंकले प्रतित पत्रमा विलासीका सामान आयात गर्दा केही कडाइ गरेको छ,’ उनले भने, ‘राष्ट्र बैंकले बैंक ग्यारेन्टीवापतको र स्थानीय तहमा पठाउने रकम वाणिज्य बैंकमा राख्यो भने पनि बजारमा पैसाको अभाव देखिदैन त्यसका लागि समिति मार्फत कुरा राखेको छ ।’

स्थानीय तहहरूले पनि अब विकास निर्माणका काम गर्न पुँजीगत खर्च खर्चिने भएकोले छिट्टै नै बजारमा देखिएको तरलता अभाव हट्ने सभापति शाहको विश्वास छ ।

प्रकाशित मिति : १७ माघ २०७८, सोमबार  १२ : १३ बजे

हजुरआमाको हत्या अभियोगमा नाति पक्राउ

कास्की । पोखरामा आफ्नै हजुरआमाको हत्या अभियोगमा प्रहरीले नातिलाई पक्राउ

मधेश प्रदेशका मुख्यमन्त्री यादवले पाए विश्वासको मत, पक्षमा ९२, विपक्षमा शुन्य

जनकपुरधाम । मधेस प्रदेश सरकारका मुख्यमन्त्री कृष्णप्रसाद यादवले विश्वासको मत

झुटो शेयर कारोबार गरेको आरोपमा अग्रवाल पक्राउ

काठमाडौँ । झुटो शेयर कारोबार गरेको आरोपमा आज प्रहरीको केन्द्रीय

६० सहसचिवको सरुवा को कहाँ ? (सूचीसहित)

काठमाडौँ । सरकारले ६० जना सहसचिवको सरुवा गरेको छ ।

गुल्मीमा १३ दिनपछि शवको पहिचान खुल्यो

गुल्मी । गुल्मीमा बेवारिसे भेटिएको शवको १३ दिनपछि पहिचान खुलेको