३१ श्रावण २०८३, आइतबार | August 16, 2026

राष्ट्रिय एकता कायम गर्न मौलिक संस्कृतिको योगदान : प्रदेश प्रमुख परियार



सुर्खेत । कर्णाली प्रदेशका प्रमुख तिलक परियारले राष्ट्रिय एकता कायम गर्न मौलिक संस्कृतिको ठूलो योगदान भएको बताएका छन् ।

तामाङ समुदायले नयाँ वर्षका रुपमा मनाउँदै आएको पर्व ‘सोनाम ल्होसार, २०७८’ का अवसरमा आज एक शुभकामना सन्देश जारी गर्दै प्रदेश प्रमुख परियारले विविधतापूर्ण संस्कृति हाम्रा सम्पदा र मौलिक पहिचान भएको बताए । परियारले साँस्कृतिक महत्व र मौलिक पहिचान बोकेको ‘सोनाम ल्होसार, २०७८’ को पावन अवसरमा कर्णालीसहित देश, विदेशमा रहेका सम्पूर्ण तामाङ समुदायका दाजुभाइ दिदीबहिनीहरुमा दीर्घजीवन र उत्तरोत्तर प्रगतिको कामना गरेका छन् ।

“सोनाम ल्होसार, २०७८ ले मुलुकको राष्ट्रिय एकता सुदृढ, सांस्कृतिक पहिचान कायम राख्न र सामाजिक सद्भाव अभिवृद्धि गर्न सहयोग पु-याउने विश्वास लिएको छु”, जारी सन्देशमा उनले भनेका छन्, “नेपालीहरुबीच आपसी सद्भाव, माया, बन्धुत्व कायम हुन गई सामाजिक न्यायसहितको समाजवादी देश निर्माणमा लाग्न मुलुकवासी सम्पूर्णलाई यस पर्वले उत्प्रेरणा दिनेछ ।”

प्रकाशित मिति : १९ माघ २०७८, बुधबार  १२ : ०० बजे

विदेशी उपाधिको समकक्षता निर्धारणको जिम्मेवारी अनुदान आयोगलाई

काठमाडौँ । विश्वविद्यालय अनुदान आयोगले विदेशी विश्वविद्यालय वा सोसरहका शैक्षिक

उद्योग र विभिन्न केन्द्रमार्फत निगमको आफै ग्यास बेच्ने निर्णयले अभाव थप जटिल

काठमाडौं । ग्यास विक्रेता महासंघ नेपालले उद्योग र विभिन्न नामका

भारतका प्रधानसेनापति सेठ अपराह्न काठमाडौँ आउँदै

काठमाडौँ । प्रधानसेनापति अशोकराज सिग्देलको निमन्त्रणामा भारतका प्रधानसेनापति धीरज सेठ

‘आवाराहरुको अध्यक्षलाई चाँही के भन्ने ?’ झपट रावलको ओलीलाई कडा प्रश्न

काठमाडौं । नेकपा एमालेका नेता झपट रावलले आफ्नै पार्टीका अध्यक्ष

उत्पादनमुखी वृक्षरोपणले बदलिँदै कैलालीका सामुदायिक वन

धनगढी । कैलालीका सामुदायिक वनमा खाली तथा कम उपयोग भएका