१४ भदौ २०८३, आइतबार | August 30, 2026

सुरक्षा समिति बैठकमा स्थानीय तहको निर्वाचनका विषयमा छलफल



काठमाडौं । केन्द्रीय सुरक्षा समितिको बैठकमा स्थानीय तहको निर्वाचनको विषयमा छलफल भएको छ । गृहमन्त्री बालकृष्ण खाँणको आह्वानमा बुधबार बसेको बैठकमा स्थानीय तहको निर्वाचनमा आवश्यक पर्ने शान्ति सुरक्षाको विषयमा छलफल भएको हो ।

प्रधानमन्त्री शेरबहादुर देउवा र निर्वाचन आयोगका पदाधिकारीबीच ४ जेठमा स्थानीय तहको निर्वाचन गर्ने विषयमा छलफल भएको भोलिपल्ट बुधबार गृहमन्त्री खाँणले सुरक्षा समितिको बैठक बसेको हो ।

गृहसचिव टेकनारायण पाण्डे, प्रधानसेनापति प्रभुराम शर्मा, प्रहरी महानिरीक्षक शैलेश थापा क्षेत्री, सशस्त्र प्रहरीका महानिरीक्षक शैलेन्द्र खनाल र राष्ट्रिय अनुसन्धानका प्रमुख सहभागी बैठकमा गृहमन्त्री खाँणले आसन्न निर्वाचनलाई लिएर सुरक्षा योजना पेस गर्न निर्देशन दिएका छन् ।

सोही बैठकमा वर्तमान शान्ति सुरक्षाको अवस्थाकाबारेमा पनि छलफल भएको छ । एमसीसीको विषयलाई लिएर हुन सक्ने सुरक्षा चुनौतीका विषयमा पनि छलफल भएको छ ।

प्रकाशित मिति : १९ माघ २०७८, बुधबार  ४ : २५ बजे

सप्तकोशीमा पानीको बहाव बढ्यो, ब्यारेजका २२ ढोका खोलिए

सुनसरी । सप्तकोशी नदीमा जलसतह निरन्तर बढेपछि कोशी ब्यारेजका २२

अन्तहीन पर्खाइ : शवगृहका ढोकाहरूमा आफन्तको शव खोज्दै बाढीपीडित परिवार

चितवन । “त्यो बिहान ८ः४४ मिनेट जाँदा फोनमा कुरा हुँदै

भारतको सुरुङ उद्धार टोलीद्वारा चिलिमे र लाङटाङ क्षेत्रमा खोज कार्य सञ्चालन

काठमाडौँ । भारतीय सुरुङ उद्धार टोलीले आज चिलिमे र लाङटाङ

प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा पाँच अर्ब २४ करोड सङ्कलन

काठमाडौँ । बाढी प्रभावितका लागि सरकारले सञ्चालन गरेको प्रधानमन्त्री दैवी

नेपालगन्ज उद्योग वाणिज्य संघको नवनिर्वाचित कार्यसमितिको शपथ तथा पदभार

नेपालगन्ज । नेपालगन्ज उद्योग वाणिज्य संघका नवनिर्वाचित पदाधिकारी र कार्यसमिति