४ पुस २०८२, शुक्रबार | December 19, 2025

उजिरसिह रनिङ एकदिवसिय क्रिकेट प्रतियोगिता २०७८ : बेष्ट्रन फाईनलमा



बुटवल । उजिरसिह रनिङ एकदिवसिय क्रिकेट प्रतियोगिता २०७८ अन्तरगत बुधबार भएको दोस्रो फाईनल खेलमा जित निकाल्दै बेष्ट्रन क्रिकेट एकेडेमी फाईनलमा प्रवेश गरेको छ । महाबिर क्रिकेट क्लबमाथि १२ रनको जित निकाल्दै बेष्ट्रन क्रिकेट क्लब फाईनल प्रवेश गरेको हो ।

उपाधिका लागि बाउन्नकोटीसंग बेष्ट्रन क्रिकेट क्लबले फाइनल खेल खेल्ने छ । बुटवल क्रिकेट विकास समितिको आयोजना तथा बुटवल उपमहानगरपालिका, नगर खेलकुद विकास समिति र रुपन्देही क्रिकेट संघको सहयोगमा जारी प्रतियोगिताको बुधबार भएको सेमीफाईनलमा टस जितेर ब्याटिङ रोज्दै मैदान प्रवेश गरेको बेष्ट्रनका ब्याट्सम्यान ३१.२ ओभरमा सबै बिकेट गुमाएर १ सय ६७ रनको लक्ष्य खडा गरेको थियो । यसका लागि प्रज्वल थापाले ३८ रन, भुवन पाण्डेले २४, सन्दिप सुनार १४ रनको योगदान दिएका थिए । महाबिरका दिलसाद अलिले ४, रुपेश कुर्मी जितेन्द्र साहनीले समान २–२ विकेट लिएका थिए । मध्यम लक्ष्य पछ्याएको महाबिरका ब्याट्सम्यानहरु ३०.२ ओभरमा सबै विकेट गुमाएर १ सय ५५ रनमा समेटियो । महाबिरका दुग्रेश गुप्ताले ४४, तिल बहादुर थापाले २६ रनको दोहोरो अंकबाहेक अन्य ब्याट्सम्यान क्रिजमा टिक्न सकेनन ।

सन्दिप सुनारले ३, अभिशेष गौतम र धिरज शाहीले समान २–२ बिकेट लिएका थिए । म्यान अफ द म्याच बेष्ट्रन क्रिकेट क्लबका सन्दिप सुनार भए ।

प्रतियोगितामा बेष्ट्रन क्रिकेट क्लब, बेष्ट्रन क्रिकेट एकेडेमी, बुटवल युथ स्र्पोटस क्लब, जिआर क्रिकेट एकेडेमी, न्यु होराईजन क्रिकेट क्लब, महाबिर क्रिकेट क्लब, बुटवल राईनोज क्रिकेट क्लब, बाउन्न कला क्रिकेट एकेडेमी, गोलर्पाक क्रिकेट क्लब र बुटवल ११ क्रिकेट क्लब गरि १० टिमले भाग लिएको समितिका सचिव पुनित पोखरेलले बताए ।

प्रकाशित मिति : १९ माघ २०७८, बुधबार  ७ : ४९ बजे

जेनजी अगुवा पुरुषोत्तम यादव रास्वपामा आबद्ध

काठमाडौं । ‘जेनजी’ अभियानका अगुवा पुरुषोत्तम यादव राष्ट्रिय स्वतन्त्र पार्टी

देशभर स्थानीय उत्पादनको प्रयोगलाई बढावा दिऔँ : मन्त्री घिसिङ

पाटन । भौतिक पूर्वाधार तथा यातायातमन्त्री कुलमान घिसिङले देशभर स्थानीय

योजना र नतिजा विश्लेषण बिनाको खर्चले राज्यप्रति विश्वास घट्यो : उद्योगमन्त्री सिन्हा

काठमाडौं । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री अनिलकुमार सिन्हाले योजना, प्राथमिकता

शुक्रबार सुनको मूल्य तोलामा २ हजारले घट्यो

काठमाडौं । नेपाली बजारमा शुक्रबार सुनको मूल्य तोलामा २ हजार

रवि लामिछाने रिहाइ प्रक्रियाका लागि रुपन्देही अदालत जाँदै

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने रिहाइको प्रक्रिया