काठमाडौं । पछिल्लो २४ घण्टामा नेपालमा थप २ हजार ५२६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले शुक्रबार दिउँसो सार्वजनिक गरेको तथ्यांकअनुसार ११ हजार ७३ जनाको परीक्षण गर्दा २ हजार ५२६ जनामा संक्रमण पुष्टि भएको हो । यसमध्ये ६ हजार ६५५ पिसिआर परीक्षणबाट १६०२ जनमा र ४ हजार ४१८ एन्टिजेन परीक्षणबाट ९२४ जनामा संक्रमण देखिएको छ ।
काठमाडौं उपत्यकामा ७४५ संक्रमित थपिएका छन्। जसमध्ये काठमाडौंमा मात्रै ५७०, ललितपुरमा १२० जना र भक्तपुरमा ५५ संंक्रमित थपिएका छन् ।
२४ घण्टाको बीचमा ८४२५ जना कोरोना संक्रमित निको भएका छन्। यही अवधिमा १६ जनाले ज्यान गुमाएका छन्।
मन्त्रालयका अनुसार आज देशभर कोरोनाका ५६ हजार ४५७ जना सक्रिय संक्रमित छन्।



















प्रतिक्रिया